Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

वामपन्थी झुकाव राख्ने अनुरा कुमारा दिशानायक श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित


वामपन्थी झुकाव राख्ने अनुरा कुमारा दिशानायक श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित

आयशा परेरा र जोल गीन्टो

बीबीसी न्यूज

वामपन्थी झुकाव राखेका अनुरा कुमारा दिशानायक ऐतिहासिक दोस्रो चरणको मतगणनाबाट श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि राष्ट्रपति चुनाव देशको इतिहासमा नै पहिलो पटक दोस्रो चरणको मतगणनामा पुगेको थियो।

श्रीलङ्कामा राष्ट्रपति चुनिनका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

पहिलो चरणमा वामपन्थी नेता अनुरा कुमारा दिशानायकले ४२.३१ प्रतिशत र विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत ल्याएका थिए।

सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीति लिने वाचा गरेका दिशानायक दोस्रो चरणको मतगणनाबाट निर्वाचित भएका हुन्।

मतदाताहरूलाई आफ्नो रोजाइको क्रम अनुसार तीन जना उम्मेदवार छान्न दिइएको थियो। दोस्रो चरणमा निर्वाचन आयोगले मतदाताहरूले दोस्रो र तेस्रो रोजाइमा राखेका उम्मेदवारहरूले पाएको मतको गणना गरेको थियो।

दोस्रो चरणमा दिशानायक र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारहरूलाई प्रतिस्पर्धाबाट हटाइएको थियो।

त्यसरी दौडबाट हटेका उम्मेदवारहरूको मतपत्रमा दोस्रो र तेस्रो प्राथमिकता क्रममा परेका उम्मेदवारहरूको मत दोस्रो चरणमा गणना गरिएको थियो।

वर्तमान राष्ट्रपति पराजित

श्रीलङ्का निर्वाचनमा प्रमुख उम्मेदवारहरू

तस्बिर स्रोत,Getty Images

सन् २०२२ मा हालसम्मकै खराब आर्थिक सङ्कट उत्पन्न भएपछि श्रीलङ्कामा भएको जनआन्दोलनले देशका नेता गोटाबय राजक्षलाई पदबाट बर्खास्त गरेपछि शनिवार पहिलो चुनाव भएको हो।

अहिलेको निर्वाचनलाई हालसम्मकै कडा प्रतिस्पर्धाको चुनावका रूपमा लिइएको थियो।

आइतवार बिहानसम्मको प्रारम्भिक नतिजाले दिशानायक जीततर्फ अग्रसर रहेको देखाएको थियो तर पछिको गणनामा विपक्षी नेता सजिथ प्रेमदासाले मत बढाएपछि गणना अर्को चरणमा प्रवेश गर्यो।

मतगणना भइरहँदा दिशनायकलाई हालका राष्ट्रपति रनिल विक्रमसिङ्घ र विपक्षी नेता सजिथ प्रेमदासाका समर्थकहरूले बधाई दिइसकेका थिए।

विदेशमन्त्री अली साबरीले सामाजिक सञ्जाल एक्समा प्रारम्भिक परिणामले दिशानायकको प्रस्ट जीतको सङ्केत दिएको बताएका थिए।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि गए राति कर्फ्यु लगाइएको थियो र त्यसलाई आइतवार अपरान्ह त्यसलाई हटाइएको छ।

उक्त निर्वाचनलाई अर्थतन्त्रलाई सञ्चालन गर्ने सरकारको तरिकामाथिको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो।

चुनावमा करिब ७० प्रतिशत मत खसेको थियो र कीर्तिमानी ३८ जना उम्मेदवारहरूले मुलुकको सर्वोच्च पदका लागि दाबी गरेका थिए।

श्रीलङ्कामा उम्मेदवारहरू

तस्बिर स्रोत,Getty Images

श्रीलङ्कामा सन् १९८२ यता भएका आठवटै राष्ट्रपतीय चुनावमा पहिलो चरणकै गणनाबाट विजेता छानिएका थिए।

शनिवारको निर्वाचनमा मत खसाल्न झन्डै एक करोड ७० लाख मतदाता योग्य रहेका थिए।

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुने प्रयास गरिरहेका रनिल विक्रमसिङ्घले १७ प्रतिशत मत ल्याएका छन्।

हाल ७५ वर्षका विक्रमसिङ्घलाई पूर्व राष्ट्रपति गोटाबय राजपक्ष अपदस्थ भएको एक सातापछि संसद्‌ले राष्ट्रपतिमा नियुक्त गरेको थियो। यस पटक उनले तेस्रो स्थानमा मत पाए।

अनुरा को हुन्?

हाल ५५ वर्षका अनुरा श्रीलङ्काकाका एक जना वामपन्थी नेता हुन् र सन् २००० बाट उनी निरन्तर सांसद रहँदै आएका छन्।

उनी श्रीलङ्काको न्याश्नल पिपुल्स पावर गठबन्धनका नेता हुन् जसमा मार्क्सवादप्रति झुकाव राख्ने उनको दल जीभीपी आबद्ध छ।

उनको दलले परम्परागत रूपमा नै राज्यले बलियो हस्तक्षेपहरू गर्नुपर्ने, करको दायरा घटाउनुपर्ने र बजार र अर्थतन्त्रसम्बन्धी नीतिहरूमा केही कडा व्यवस्थाहरू ल्याउनुपर्ने नीतिको समर्थन गर्ने गर्छ।

दिशानायकले मतदाताहरूलाई भ्रष्टाचार विरोधी कदमहरू चाल्ने र सुशासन दिने वाचा गरेका थिए। सन् २०२२ को सङ्कटपछि निरन्तर परिवर्तनको पक्षमा पैरवी गरिरहेका मतादाताहरूको भावनासँग उनले सम्प्रेषण गरेका ती सन्देशहरू मेल खाने गरेको जस्तो देखिन्थ्यो।

जीभीपीको संसद्‌मा जम्मा तीन सिट रहेको थियो तर गरिब पक्षधर नीति र भ्रष्टाचारविरुद्ध उभिने प्रतिबद्धताले उनलाई लोकप्रिय बनायो।

उनले आफूलाई परिवर्तनको संवाहक नेताका रूपमा प्रस्तुत गर्ने क्रममा सत्तामा आएको ४५ दिनभित्र संसद्लाई भङ्ग गरिदिने र आफ्नो नीति कार्यान्वयनका लागि ताजा जनमत लिने उल्लेख गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

आर्थिक सङ्कटसँग जुझ्ने चुनौती

श्रीलङ्काको एक किराना पसल

तस्बिर स्रोत,EPA

श्रीलङ्काका नयाँ राष्ट्रपतिलाई अर्थतन्त्र उकास्ने र दशौँ लाख मानिसहरूलाई गरिबीबाट पार लगाउने चुनौती हुनेछ।

श्रीलङ्काको आर्थिक सङ्कटले सन् २०२२ मा राजपक्ष परिवारलाई सत्ताबाट बाहिर पुर्‍याएको थियो।

त्यो बेला श्रीलङ्काको विदेशी मुद्रा सञ्चिति कमजोर भएको थियो भने उक्त देशले इन्धन लगायत अत्यावश्यक वस्तुहरू आयात गर्न सकेको थिएन। सार्वजनिक ऋण वृद्धि भएर ८३ अर्ब डलर पुगेको थियो भने मुद्रास्फीति ७० प्रतिशतले बढेको थियो।

सर्वसाधारणहरूलाई खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकता पुरा गर्न कठिन भएको थियो।

कैयौँ नीतिगत कमजोरी, कमजोर निर्यात र वर्षौँदेखि कर प्रणालीमा रहेका समस्या लगायतलाई त्यस्तो अवस्था आउनुको कारण मानिएको छ।

त्यसबाहेक कोभिड-१९ महामारीका कारणले पर्यटन क्षेत्र ओरालो लागेपछि अवस्था थप खस्किएको थियो।

तर धेरै जनाले भ्रष्टाचार र अस्तव्यस्तताले त्यस्तो परिस्थिति जन्माएको र त्यसका कारण १० वर्षसम्म सामूहिक शासन गरेका राजपक्ष र उनको परिवारमाथि रोष बढाएको टिप्पणी गर्छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
राहतको राजनीति: चीनको सहयोगले नेपाली राजनीतिक दलहरूको स्वाधीनतामा आँच

राहतको राजनीति: चीनको सहयोगले नेपाली राजनीतिक दलहरूको स्वाधीनतामा आँच

बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d