Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने


गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने

Israel Palestinians Gaza

देइर अल–बलाह। इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन्।

मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा शहीद अस्पतालका कर्मचारीहरूले बताए।

अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए। यसले विगत २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या ५६ पुर्‍याएको छ। इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडाकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ। बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो।

शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए। एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे। उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो।

शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए। इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो।

तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन। यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो। इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ। आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मोसाद गुप्तचर एजेन्सी, सिन बेट आन्तरिक सुरक्षा एजेन्सी र सेनाको प्रतिनिधिमण्डललाई कतारमा वार्ता जारी राख्न अधिकार दिएको बताएको छ। प्रतिनिधिमण्डल शुक्रबार कतारका लागि प्रस्थान गर्दैछ।

अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू १५ महिने युद्धको अवधिमा पटक–पटक रोकिएका छन्। हमास नेतृत्वका लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो।

लडाकूहरूले अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय जनाको हत्या गरेका थिए र करिब २५० जनालाई अपहरण गरेका थिए। गाजामा अझै करिब १०० बन्धक छन्। तीमध्ये कम्तीमा एक तिहाइ मृत भएको विश्वास गरिएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ४५ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ। यसमा आधाभन्दा बढी महिला र बालबालिका छन्। मन्त्रालयले आफ्नो तथ्यांकमा नागरिक र लडाकूबीच भिन्नता देखाउँदैन।

हमासका लडाकूहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ। सेनाले प्रमाण नदिई १७ हजार लडाकू मारेको दाबी गरेको छ।

युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसङ्ख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ। तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
शपथ ग्रहणभन्दा पहिल्दै ट्रम्पलाई पोर्नस्टारलाई पैसा दिएको मुद्दामा सजाय सुनाइने

शपथ ग्रहणभन्दा पहिल्दै ट्रम्पलाई पोर्नस्टारलाई पैसा दिएको मुद्दामा सजाय सुनाइने

गुजरातमा कोस्ट गार्डको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

गुजरातमा कोस्ट गार्डको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

भगवान् श्रीराम जी को सम्मानमा नेजपा द्वारा बीरगंजमा विशाल शोभा यात्रा कार्यक्रम सम्पन्

भगवान् श्रीराम जी को सम्मानमा नेजपा द्वारा बीरगंजमा विशाल शोभा यात्रा कार्यक्रम सम्पन्

Leave a ReplyCancel reply

लोकप्रिय

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

Military bases and weapons storage centers targeted

Military bases and weapons storage centers targeted

Middle East war affects flights at Indian airports

Middle East war affects flights at Indian airports

The American and Israeli sides issued official responses

The American and Israeli sides issued official responses

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Five people, including two Malaysians, were on board, three were injured.

Five people, including two Malaysians, were on board, three were injured.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d