Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध

युक्रेन र बेलायतबीच ऋण सम्झौता, युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति स्टारमर प्रतिबद्ध

काठमाडौं। अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन्।

यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए। सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहोर्‍याएका थिए । दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको थियो।

बैठकमा दुई नेताहरूले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, अन्तर्राष्ट्रिय सहयोग र बलियो सुरक्षा ग्यारेन्टीसहितको न्यायपूर्ण शान्ति प्राप्त गर्ने प्रयासहरूबारे छलफल गरेको बिबिसीले उल्लेख गरेको छ।

भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे- ‘प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो। हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं।’

बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यो सम्झुता अनुआर बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ। हाल बेलायतले युक्रेनलाई बार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ । यी ऋणको रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिको आम्दानीबाट भुक्तानी गर्ने भएको छ।

‘आज युक्रेन र संयुक्त अधिराज्यले ऋण सम्झौतामा हस्ताक्षर गरे,’ जेलेन्स्कीले एक्समा एक पोस्टमा भने। यो ऋणले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउनेछ र रूसी सम्पत्तिबाट प्राप्त हुने राजस्वबाट भुक्तानी गरिनेछ। यो साँचो न्याय हो- ‘युद्ध सुरु गर्नेले मूल्य चुकाउनै पर्छ।’

जेलेन्स्कीले बेलायत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘युद्धको सुरुवातदेखि नै बेलायतका जनता र सरकारलाई सहयोग गरेकोमा म धन्यवाद दिन्छु।’ सुरक्षित भविष्यको लागि उही दृष्टिकोण साझा गर्न पाउँदा हामी खुसी छौं।

जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए। ‘जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो,’ स्टारमरले लेखेका छन्।

स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि सेयर गरेका छन्। स्टारमरले लेखेका छन- ‘बेलायत आज र सधैं युक्रेनको साथमा उभिन्छ। म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनको भविष्यको सार्वभौमसत्ता र सुरक्षा सुरक्षित गर्ने न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने बाटो खोज्न कटिबद्ध छु।’

स्टारमर र जेलेन्स्कीसँगको भेटघाट युरोपेली नेताहरूको शिखर सम्मेलन अगाडि भएको हो, जहाँ युक्रेनमा ‘न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्न’ समर्थन बढाउने कुरामा छलफल केन्द्रित हुनेछ। अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नेटोलाई निरन्तरता दिने भन्ने चिन्ता बढ्दै जाँदा शिखर सम्मेलनले युरोपको रक्षा सहयोग बढाउने आवश्यकतामाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
जनकपुरको बजारमा छयापछयप्ती नक्कली सुर्या र  खुकुरी चुरोट

जनकपुरको बजारमा छयापछयप्ती नक्कली सुर्या र खुकुरी चुरोट

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा

धनुषामा चार दिनदेखि बेपत्ता युवकको शव इनारमा

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d