Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

बटेश्वर गापामा प्रावि तहका ९ शिक्षक दरबन्दी रिक्त, स्थायी दिन खोज्दा बेवास्ता

बटेश्वर गापामा प्रावि तहका ९ शिक्षक दरबन्दी रिक्त, स्थायी दिन खोज्दा बेवास्ता

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकाका पाँच विद्यालयमा प्राथमिक तहका ९ जना स्थायी शिक्षकको दरबन्दी रिक्त रहेको छ । शिवशक्ति माविमा ४, जनशक्ति माविमा २, बौद्ध प्रावि, लक्ष्मी निमावि र शान्तिपुर निमाविमा १–१ जना प्राथमिक शिक्षकको पद खाली छ । दरबन्दी रिक्त हुँदा हाल करारका शिक्षक नियुक्त गरेर पठनपाठन सञ्चालन भइरहेको छ ।

पालिका प्रमुख रामअशिष महतोसहितका जनप्रतिनिधि तथा विद्यालयका प्रधानाध्यापकहरूले विभिन्न सार्वजनिक मञ्चहरूमा शिक्षक दरबन्दीको अभावबारे गुनासो गर्दै आएका छन् । उनीहरूले संघीय सरकारले आवश्यक दरबन्दी अनुसार स्थायी शिक्षक उपलब्ध नगराएको आरोप लगाउँदै आएका छन् ।

शिक्षक सेवा आयोगबाट भर्खरै छनोट भएका प्राथमिक तहका शिक्षकहरूको स्थायी नियुक्तिका लागि शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले फागुन तेस्रो साता सूचना जारी गरेको थियो । तर, ९ शिक्षकको दरबन्दी खाली रहेको बटेश्वर गाउँपालिका कार्यालयले निर्धारित समयसीमाभित्र कुनै चासो देखाएन।

बटेश्वर गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामलाल महतोले ९ जना शिक्षक दरबन्दी रिक्त रहेको स्वीकार गरे । तर, उनले कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रेवती पौडेल काम विशेषले बाहिर रहेकाले चैत ४ गतेसम्म माग फारम बुझाउन नसकेको जिकिर गरे । एकदिन ढिलो चैत ५ गते मात्र माग फारम इकाइमा पठाएको उनले बताए ।
स्थायी शिक्षक पदपुर्तिका लागि चाँसो नरख्नुको कारण करारका शिक्षकलाई निरन्तरता दिन खोजिएको हो भन्ने टुडेपातटीको जिज्ञासामा उनले भने, ‘त्यस्तो होइन । हामीले ९ शिक्षकको माग गरिसकेका छौं । मौखिक र लिखित रूपमा समन्वय इकाइसँग समन्वय गरिरहेका छौं ।’

पालिका अध्यक्ष महतोले भने आफूले चैत ५ गते मात्र यसबारे जानकारी पाएको दाबी गरे। ‘शिक्षक स्थायी पदपूर्ति गर्ने विषयमा म मंगलबार मात्र जानकार भएँ। त्यसपछि तत्कालै निर्णय गरेर शिक्षा शाखालाई समन्वय इकाइमा माग पठाउन निर्देशन दिएको छु,’ उनले भने ।

करारका शिक्षक पदपुर्ति गर्दा हुने रकम चेलखेल तथा आफ्ना नतागोतालाई भर्ना गरेको कारण उनीहरुलाई नै कायम राख्न स्थायी शिक्षक मागमा बेवास्ता गरेको स्थानीयको आशंका छ । भर्खरै शिक्षक सेवा आयोगको परीक्षाबाट बटेश्वर गाउँपालिका भरिका ७ जना युवाहरु नाम निकालेर सिफारिसको चरणमा छन् ।

समन्वय इकाइ धनुषाका प्रमुख चेतकुमार पोखरेलका अनुसार चार पटकसम्म शिक्षक माग फारम पठाउन आग्रह गर्दा पनि बटेश्वरसहित ६ वटा पालिकाले समयमै अनुरोध पठाएनन् ।
त्यस कारण माग गरेको १२ वटा पालिकामा १०७ शिक्षकलाई स्थायी नियुक्तिका लागि चैत ५ गते पालिका छनौट सम्बन्धि ७ दिने सूचना प्रकाशन गरेको उनको भनाइ छ ।

प्रत्येक पालिकामा कम्तीमा प्राथमिक तहमा कम्तीमा सातजना शिक्षक दरबन्दी रिक्त भएपनि स्थायी पदपुर्ति गर्न चाहँदा केही पालिकाले वास्ता नगरेको उनले बताए ‘प्रत्ययेक पालिकामका कम्तिमा ७ जना प्राथमिक तहमा शिक्षक दरबन्दी रिक्त छ । समन्वय इकाइले चारपटकसम्म पालिकाहरुलाई शिक्षक माग फारम पठाइदिन आग्रह गरेको छ । तर केही पालिकाले वास्ता गरेन । के नियत हो उनीहरुलाई नै थाहा होला’ समन्वय इकाइ प्रमुख पोखरेलले भने ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

जातीय भेदभाव मुद्दामा गुगल २८ मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत

जातीय भेदभाव मुद्दामा गुगल २८ मिलियन डलर क्षतिपूर्ति तिर्न सहमत

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

तालिवानको नयाँ आदेशः अब रेडियोबाट महिला आवाज सुनाउन पाइन्न

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

Loading Comments...
 
    %d