सिरहा । सिरहाको बिष्णुपुरमा प्रहरिद्वारा अबैध घरेलु मदिरा नस्ट गरेका छन ।
बिष्णुपुर बजारमै रहेको मदिरा पसलबाट करिब १०० लिटर मदिरा नियन्त्रणमा लिएर नस्ट गरेको इलाका प्रहरि कार्यालय बिष्णुपुरका इन्चार्ज राजाराम यादबले बताए ।
बिष्णुपुर ईलाका श्रेत्रमा रहेको करिब आधि दर्जन मदिरा उत्पादन गर्ने भट्टि र करिब दुइ दर्जन मदिरा पसल रहेका छन । मदिरा पसलबाट मदिरा जफ्त गरेपनि मदिरा उत्पादन गर्ने भट्टि सन्चालनमै रहेको एक स्थानीय बासिन्दाले बताए ।
यता, ईलाका प्रहरि कार्यालयका इन्चार्ज यादबले आफु रहेको यस श्रेत्र भित्र अझै पनि अबैध घरेलु मदिरा उत्पादन र बिक्री बितरण गरेको थाहा पाए अझै कठोर कदम चाल्ने बताए । मदिरा नियन्त्र सङ्गै उनिहरुलाइ चेतावनी पनि दिएको बताए ।











