Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

तीजमा पशुपतिको मूल मन्दिर परिसरको तस्बिर खिचे २ हजार जरिवाना


तीजमा पशुपतिको मूल मन्दिर परिसरको तस्बिर खिचे २ हजार जरिवाना

काठमाडौँ – हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।

पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो । गर्भगृहको तस्बिर खिचेमा रु दुई हजार एकसय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु ५०० जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले गराए ।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।

तीजका वर्तालुलाई चार स्थानबाट प्रवेश गराइने

कोषले यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन नयाँ लाइनको व्यवस्था गर्ने भएको छ । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफल कार्यक्रममा कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको जानकारी दिइएको हो ।

यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ । तीजमा दर्शन गर्ने भक्तजनका लागि योसहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्न सकिने गरी व्यवस्था गरिएको छ । यहाँ पशुपति सृजनशील युवा क्लबले जुत्ता चप्पल सुरक्षित राखेर भक्तजनलाई सहयोग गर्ने जिम्मेवारी लिएको छ ।

तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिने छ । यस स्थानको जुत्ता चप्पल व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ ।

चौँथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिरअघिको खुला भागमा राखिनेछ । यहाँ भक्तजनको जुत्ता चप्पल सुरक्षित राखिदिने जिम्मेवारी नवरथ स्काउट ग्रुपले लिएको छ ।

छलफलमा केएन स्वामीले प्रकृति नै हरियो हुने भाद्र महिनामा मनाइने हरितालिका पर्व भगवान् शिवसँग जोडिएको पर्व भएको उल्लेख गर्नुहुँदै यसलाई तडकभडक भन्दा पनि शास्त्रले निर्देश गरे अनुरुप नै मनाउनुपर्नेमा जोड दिए। शिव भगवान् मत्र्यलोक कैलाश क्षेत्रमै निवास गर्नुहुने हुनाले उहाँको आराधना नै यो पर्वको मुख्य उद्देश्य रहेको उनले सुनाए । तीज महिला अधिकार मुखरित गर्ने शास्त्रीय पर्व भएको केएन स्वामीको भनाइ थियो ।

कोषका सदस्य सचिव डा मिलनकुमार थापाले यस वर्षको तीजमा मूल मन्दिर प्रवेश गर्ने ढोकामा पुष्पहार राखिने जानकारी दिनुहुँदै स्वयंसेवाको जिम्मेवारी पाएका संस्थालाई तोकिएको स्थानमा मात्र काम गर्न आग्रह गरे। तीज व्यवस्थित गर्न कोष लागिपरेको उनको भनाइ थियो । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब उपरीक्षक रवि थपलियाले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग चारै वटा सुरक्षा निकायको समन्वयमा पशुपति क्षेत्रको सुरक्षा विश्लेषण गरी तीज पर्वका अवसरमा शान्ति सुरक्षा दिने तयारी गरिएको जानकारी दिए।

सो अवसरमा काठमाडौँ महानगरपालिका वडा नं। ८ का अध्यक्ष आशामान संगतले स्थानीयवासीलाई नागरिकता प्रमाण पत्रका आधारमा हिँडडुल गर्न दिइनुपर्ने माग गरेका थिए । स्थानीयवासीले मेला व्यवस्थापनमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । छलफलमा कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, निर्देशक भरत मरासिनी, प्रवक्ता रेवतीरमण अधिकारी, संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीलगायतले तीज पर्व व्यवस्थित गर्न कोषले आवश्यक सबै तयारी गर्ने बताउनुहुँदै मूल मन्दिरभित्र मोबाइलले तस्बिर नखिच्न आग्रह गरे । मोबाइलले तस्बिर खिचेमा कारबाही गरिने घोषणासमेत कार्यक्रममा गरिएको छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
निहारिकाले करिश्माको घरमै पुगेर फिर्ता दिइन् पैसा र चश्मा

निहारिकाले करिश्माको घरमै पुगेर फिर्ता दिइन् पैसा र चश्मा

इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा

इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा

एमालेसँग एक्लै भिड्ने काँग्रेसको हिम्मत छैन : प्रदीप ज्ञवाली

एमालेसँग एक्लै भिड्ने काँग्रेसको हिम्मत छैन : प्रदीप ज्ञवाली

Leave a ReplyCancel reply

लोकप्रिय

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d