Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?


डेटिङमा डर : उमेर हद तोक्न कति जरुरी ?

वैंसालु उमेरमा प्रेम सम्बन्ध गाँस्नु आश्चर्यको कुरा भएन । प्रेम सम्बन्धमा रहेको बेला दुनियाँको नजर छल्दै भेटघाट गर्ने, माया–पिरतीका मीठा–मीठा बात गर्ने कुरा पनि दुर्लभ रहेन । किनभने प्रेम एक यस्तो संवेगात्मक मोड हो, जुन चरणबाट हरेकजसो व्यक्ति गुज्रिएका हुन्छन् ।

भन्न त प्रेमको कुनै सीमा हुन्न भनिन्छ ।

यद्यपि डेटिङका सन्दर्भमा भने विश्वका कति मुलुकले निश्चित सीमा र सर्तहरु राखेका छन् । खासगरी डेटिङ बहानामा हुनसक्ने सम्भावित यौन दुव्र्यवहार, बलात्कार वा अपराधहरुबाट जोगिन यसमा उमेरको सीमा तोकिएको पाइन्छ ।

अतः विश्वका अधिकांश मुलुकमा १८ वर्षपछि मात्र डेटिङका लागि अनुमति दिइन्छ भने कुनै मुलुकमा १६ वर्षपछि । अर्थात् तोकिएको उमेरपछि मात्र तिमी आफ्नो जीवनका लागि स्वविवेकले निर्णय लिन सक्छौं भनिएको हुन्छ ।

तर हाम्रो कानुनमा यस्तो निश्चित प्रावधान छैन ।

जबकि सन् १९८९ मा संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धि ‘सीआरसी’मा नेपाल पनि एउटा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको छ । त्यो ‘सीआरसी’मा १८ वर्ष भन्दा कम उमेरकालाई ‘बालबालिका’ भनिएको छ । अतः बालबालिकाहरु शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक रूपमा परिपक्व नभएको हुनाले अभिभावक, समाज र राज्यले पनि उनीहरुको संरक्षण गर्नुपर्छ भनिएको छ ।

उनीहरूमा कुनै पनि किसिमको हिंसा, दुव्र्यवहार र अपराध भयो भने सरकार आफैं बादी बनेर उनीहरूको तर्फबाट मुद्दा लड्छ र  न्याय दिलाउँछ  ।  यसको अर्थ सरकारले डेटिङको लागि उमेर हद तोकेको नभए पनि यो उमेर उपयुक्त छैन है भन्ने आशय व्यक्त गरेको छ ।

डेटिङमा उमेर हद कति जरुरी ?

अहिले जुन किसिमका घटनाहरु सतहमा देखिन थालेका छन् त्यसले के देखाउँछ भने नाबालिगहरु अरुको प्रभाव वा ललाइफकाइमा परेर आफूलाई दाउमा लगाइरहेका छन् । १६–१७ वर्षका किशोरीमाथि यौनजन्य कृत्य भइरहेका छन् । भावनात्मक खेलबाड भइरहेका छन् । अनिच्छित गर्भधारण, गर्भपतन, जबरजस्ती करणी, हत्या, आत्महत्या यसैका नतिजा हुन् ।

यो बहकिने उमेर हो । अरुले जे भन्छ, त्यही पत्याउने । अरुले जे गर्छ, त्यसैमा विश्वास गर्ने । अरुले जे सिकाउँछ, त्यही मान्ने । त्यसैले उनीहरु यतिबेला चाँडै अरुको प्रभावमा पर्न सक्छन् । अरुको स्वार्थमा जेलिन सक्छन् ।

यो यति कच्चा उमेर हो, जतिबेला उनीहरुमा आफैंलाई सम्हाल्न सक्ने क्षमता हुँदैन । आफूलाई के गरिरहेका छन् ? आफूमाथि के भइरहेको छ ? यो सही वा गलत ? यसलाई कसरी प्रतिवाद गर्ने ? उनीहरु टुंगो गर्न सकिरहेका हुँदैनन् । अतः प्रेमको चक्कर र डेटिङको फन्दामा परेर उनीहरु दुर्घटनामा पर्ने जोखिम हुन्छ ।

यस्ता सम्भावित जोखिमबाट बच्नका लागि डेटिङमा उमेर हद जरुरी हुन्छ । एउटा निश्चित उमेरपछि मान्छेलाई सामाजिक दायरा, कानुनी प्रावधानसँगै जीवनका मूल्य बोध हुन्छ । त्यसैले डेटिङका लागि उमेर हद तोक्न जरुरी छ । यसले डेटिङ र सम्बन्धका कारणले हुने यौनजन्य अपराधलाई निरुत्साहित गर्न सहयोग गर्छ ।

उमेर हद तोकिएपछि यस किसिमको अपराधजन्य कृत्य पूर्ण रुपमा रोकिन्छ भन्ने होइन । तर यसले एउटा जागरण ल्याउँछ, चेतना जगाउँछ । कानुनी सर्तहरु पालना गराउँछ । अतः क्रमशः सम्भावित विकृति नियन्त्रण हुन थाल्छ ।

डेटिङको डर

१८ वर्ष भन्दा कम उमेरका बालबालिका शारीरिक, सामाजिक, मानसिक र संवेगात्मक रूपमा परिपक्व नभएको हुनाले उनीहरूले कुनै पनि कुराको निर्णय गर्न सक्दैनन् । त्यसैले उनीहरू एकअर्काप्रति आकर्षित भएर शारीरिक सम्पर्क समेत हुनसक्छ । १८ वर्षभन्दा कम उमेरमा सहमतिमा नै यौन सम्बन्ध भए पनि त्यसलाई कानुनले बलात्कार मान्छ ।

साथै कम उमेरमा डेटिङ गरेर कम उमेरमै विवाह भयो भने पछि परिपक्व हुँदै गएपछि सोच नमिल्ने समस्या पनि हुनसक्छ । कम उमेरमा डेटिङ गर्दा गर्भपतनको घटना बढ्ने, हिंसा, दुव्र्यवहार र अपराधको जोखिम पनि हुन्छ ।

कसले गर्ने निगरानी ?

विश्वको अभ्यासलाई हेर्ने हो भने यसमा प्रहरी प्रशासनले पनि एउटा संयन्त्र बनाएर निगरानी गर्छन् । तर त्यो भन्दा पनि मूल कुरा कानुनी जागरण जरुरी हुन्छ । किशोर पुस्तालाई ज्ञान हुनुपर्छ कि डेटिङ यो उमेरमा निषेध छ ।

घरपरिवारबाट, विद्यालयबाट उनीहरुले यस किसिमको कुरा जान्न सक्छन् । डेटिङको बहानामा हुनसक्ने जोखिम, त्यसले निम्त्याउने दुर्घटनाबारे उनीहरुलाई जानकारी दिनुपर्छ ।

झट्ट सुन्दा धेरैका लागि यो हाँसोको विषय हुनसक्छ, कतिका लागि मामुली पनि । तर डेटिङकै बहानामा भइरहेका कतिपय यौनजन्य कृत्यले समाजलाई अहिले नराम्ररी बिथोल्दैछ । त्यसैले यसमा सर्तकता जरुरी छ ।

(अधिवक्ता थापासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित) onlinekhabar

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

चीनियाँ नेताको भ्रमणप्रति अभियानले उठायो प्रश्न, गोप्य भेटघाट नगर्न चेतावनी

विद्यार्थी परिषद्का अध्यक्ष कुशवाहाको नेतृत्वमा  अभियानका अध्यक्ष यादवको रिहाइको माग गर्दै प्रदर्शन

विद्यार्थी परिषद्का अध्यक्ष कुशवाहाको नेतृत्वमा अभियानका अध्यक्ष यादवको रिहाइको माग गर्दै प्रदर्शन

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d