Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै


डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

नेपालमा विद्युतीय भुक्तानीको अभ्यास सुरु भएको धेरै भएको छैन । छोटै समयमा पनि विद्युतीय माध्यमको कारोबारले भने ठूलै फड्को मारेको छ ।

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको अभ्यास सुरु भएको धेरै भएको छैन । छोटै समयमा पनि विद्युतीय माध्यमको कारोबारले ठूलै फड्को मारेको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागको २०७९ असारको तथ्यांकले एकै महिनामा २ करोड ५ लाख ६४ हजार ३०८ पटक मोबाइल बैंकिङ कारोबार भएको देखाएको छ । त्यसबाट १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।

२०७७ साउनमा मोबाइल बैंकिङको माध्यमबाट ५९ लाख २३ हजार ४११ वटा कारोबारमार्फत १८ करोड ३९ लाख ३० हजार रुपैयाँको कारोबार भएको थियो । मोबाइल बैंकिङ मात्र नभई कनेक्ट आईपीएस र वालेटबाट हुने आर्थिक कारोबार पनि उल्लेख्य रुपमा बढेको देखिन्छ ।

२०७९ साउनमा वालेटको माध्यमबाट हुने कारोबार संख्या डेढ करोडभन्दा माथि पुगेको छ । साउनमा वालेटको माध्यमबाट १ करोड ६२ लाख ६ हजार ३५६ कारोबारमार्फत १७ अर्ब ७५ करोड २० लाखको कारोबार भएको छ ।

२०७७ साउनमा १ करोड १ लाख ७७ हजार ८८९ कारोबार मार्फत ७ अर्ब ७५ करोड ९० लाखको कारोबार भएको थियो ।

२०७७ साउनमा कनेक्ट आईपीएसबाट ६ लाख ३३ हजार १३४ वटा कारोबारबाट ४७ अर्ब ३६ करोड ७० लाखको कारोबार भएकोमा २०७९ असारमा ४२ लाख ७० हजार ९९ कारोबारबाट ३ खर्ब ६९ अर्ब २२ करोड ३ लाखको कारोबार भएको छ ।

ठूला र व्यावसायिक कारोबार हुने रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) सञ्चालनामा आएको धेरै समय भएको छैन । तर, २०७९ असारको एक महिनामै आरटीजीएसबाट ४३ खर्ब ४९ अर्बको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

राष्ट्र बैंकका अनुसार कुल ८१ हजार ८१७ वटा कारोबारमार्फत उक्त रकमको कारोबार भएको हो । आरटीजीएसबाट २०७७ साउनमा ३४ हजार ६१६ वटा कारोबारमार्फत १२ खर्ब २४ अर्बको कारोबार भएको छ ।

राष्ट्र बैंकले ठूलो कारोबार आरटीजीए प्रणालीमार्फत अनिवार्य गराएपनि इलेक्ट्रोलीक चेक क्लियरिङ र आईपीएसमार्फत पनि संस्थागत र ठूलो रकमको कारोबार हुने गरेको देखिन्छ ।

नेपाल क्लियरिङ हाउसले उपलब्ध गराउने इलेक्ट्रोलीक चेक क्लियरिङको माध्यमबाट २०७९ को असारमा मात्र १४ लाख ८६ हजार ५५१ वटा कारोबार मार्फत ८ खर्ब ५१ अर्बको कारोबार भएको छ । जबकी, २०७८ असारमा १४ लाख ४० हजार ४७२ वटा कारोबारमार्फत ९ खर्ब ८८ अर्ब र २०७७ साउनमा १० लाख ३९ हजार ३३० वटा कारोबार मार्फत ६ खर्ब ५७ अर्बको कारोबार भएको थियो ।

पछिल्लो समय हरेक डेढ घण्टामा चेक क्लियरिङको काम गर्ने गरेको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान बताउँछन् ।

यस्तै आईपीएसको माध्यमबाट २०७७ साउनमा ३ लाख ४७ हजार ८५४ वटा कारोबार मार्फत १ खर्ब ५६ अर्बको कारोबार भएको थियो । यस्तै २०७८ असारमा ११ लाख ६४ हजार ४८१ वटा कारोबार मार्फत २ खर्ब ९९ अर्बको कारोबार भएको थियो । तर, २०७९ असार मसान्तमा कारोबार संख्या बढेर १३ लाख २२ १७४ पुगेपनि कारोबार रकम भने २ खर्ब ७६ अर्बमा झरेको छ ।

राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्ने नीति लिएको छ । गभर्नर महाप्रसाद अधिकारीले क्यूआर बेस पेमेन्टलाई अभियानकै रुपमा अगाडि बढाउने घोषणा गरेका छन् ।

सानिमा बैंकले नक्सालको तरकारी बजारबाट सुरु गरेको अभियान अहिले ठेला गाढाबाट हुने व्यापारसम्म फैलिसकेको छ ।

नेपालमा विद्युतीय कारोबार बढ्दै जाँदा बैंकहरुको काउन्टरमा ग्राहकको भीडसँग नगद ‘सर्कुलेसन’ पनि घटेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । नेपालमा कोरोना महामारी विद्युतीय आर्थिक कारोबारका लागि ‘टर्निङ प्वाइन्ट’ साबित भएको उनले बताए ।

हुन पनि, २०७८ असारमा करिब ६ खर्ब ७० अर्ब बराबरको नोट चल्तीमा रहेकोमा २०७९ असारमा ६ खर्ब १६ अर्बमा झरेको छ ।

विद्युतीय भुक्तानी पूर्वाधार विकास, यसका लागि भएको प्रोत्साहन र विद्युतीय भुक्तानी उपकरण प्रयोगमा सर्वसाधारणको बढ्दो अभ्यासका कारण यस्तो कारोबार बढेको हो ।

चालु मौद्रिक नीतिमा आर्थिक वर्ष ०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षको रुपमा मनाउन संस्थागत समन्वय गर्ने उल्लेख छ ।

बजेटमा उल्लेख भएअनुसार पूर्ण डिजिटल बैंक स्थापना गर्न राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा संशोधन गर्ने, भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थामा वैदेशिक लगानी भित्र्याउने निजीगत व्यवस्थामा पुनरावोलकन गर्ने मौद्रिक नीतिमा उल्लेख छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष समेत रहेका एनएमबि बैंकका (सीईओ) सुनिल केसी बैंकहरुले कोभिड अगाडि नै डिजिटल बैंकिङमा लगानी सुरु गरेको बताउँछन् ।

‘राष्ट्र बैंकले पनि सोही किसिमको नीति लिएकोमा कोभिड-१९ विरुद्वको बन्दाबन्दीले डिजिटल बैंकिङ अभ्यास बढाउन मद्धत गर्‍यो,’ उनले भने, ‘मालपोत लगायतका सरकारी कार्यालयहरु भने अझै डिजिटल भएका छैनन् । डिजिटल कारोबारलाई आवश्यक ‘इको सिस्टम’ तयार हुन बाँकी छ ।’

यसमा सरकार र नियमक निकायहरुले थप मेहनेत गर्नुपर्ने सीईओ केसीको सुझाव छ ।

बढ्दो डिजिटल बैंकिङ प्रयोगकर्ता

डिजिटल बैंकिङ प्रयोगकर्ताको संख्या वृद्धिसँगै कारोबारमा पनि सुधार भएको हो । कोभिड-१९ ले नागरिकमा फैलिएको त्रासले गर्दा डिजिटल बैंकिङ प्रयोगकर्ता बढेको र त्यो नै विद्युतीय कारोबारका लागि कोसेढुंगा सावित भएको पूर्वबैंकर दाहाल बताउँछन् ।

राष्ट्र बैंकका अनुसार, २०७७ साउनमा वालेट युजरको संख्या ६२ लाख ७४ हजार १२९ रहेकोमा २०७९ असारमा १ करोड ३६ लाख ७५ हजार ९९३ पुगेको छ । त्यस्तै, मोबाइल बैंकिङ युजर पनि २०७७ साउनमा १ करोड १४ लाख ६४ हजार ८६७ रहेकोमा २०७९ साउनमा बढेर १ करोड ८३ लाख ७ हजार २५५ पुगेको छ ।

सोही अवधिमा इन्टरनेट बैंकिङ युजर १० लाख ४५ हजार ५५८ बाट बढेर १६ लाख ८४ हजार ३१० पुगेको छ । त्यस्तै, कनेक्ट आईपीएस युजर ५ लाख ३५ हजार ६१५ बाट बढेर ८ लाख ९६ हजार ३३४ पुगेको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post

अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर

जनकपुरधाममा मधेशका मुख्यमन्त्रीको पुत्ला दहन, डेढसय व्यक्ति पक्राउ

जनकपुरधाममा मधेशका मुख्यमन्त्रीको पुत्ला दहन, डेढसय व्यक्ति पक्राउ

जनकपुरधामको पिडारी चौक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिकरण गरेका ३१ जना विरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधामको पिडारी चौक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिकरण गरेका ३१ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Leave a ReplyCancel reply

लोकप्रिय

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d