Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

एकला छोरा आनन्द इजरायलमा ढलेको खबरले विक्षिप्त परिवार


एकला छोरा आनन्द इजरायलमा ढलेको खबरले विक्षिप्त परिवार

जनकपुरधाम, असोज २२ गते ।

इजरायलमा हमास लडाकूको आक्रमणमा छोरा आनन्द मारिएको खबर सुनेदेखि सोमन साहको परिवार मुर्छित छन् । अलि होस् आउँदा उनी छाती ठोक्दकै बिलाप गर्छन् ‘हौ वौवा आब केना हमर दुःखके दिन दुर हेतै हौ, केकरा देखक धिरज धरव रे बाबु !’ बेला बेला दाँती लाग्दा छरछिमेकले छुट्टाउँथे, टाउकोमा पानी हाल्थे । सहानभूति दिँदै सम्झाउने र सुताउने प्रयास गर्थे । छेउमै ७० वर्षीया हजुर आमा बसमतिया देवी, आमा शुभकली र माहिली बहिनी सरस्वती अचेत थिइन् । सरस्वतीको उपचार चल्दै थियो । रुदाँरुदैँ जेठी बहिनी सुनिता र कान्छी आरतीको आँसु सुकिसकेको छ ।

आज बिहानै ७ बजे यो दृश्य धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ४ सपहीका २५ वर्षीय आनन्द साहको घरपरिवारको । पढ्न गएका सोमनका क्एक्कला छोरा आनन्द शनिबार हमास लडाकूको आक्रमणमा ढले । उनको आइतबार साँझ अनन्दको मृत्युको खबरले उनको परिवारजन मुर्छित भइ ढलेका छन् ।

कोही बोल्ने अवस्थामा छैनन् । रातिदेखि नै उनको आएर सान्त्वना दिन आउने र जाने छरछिमेक गाउँसमाज आफन्तको ताँती लागेको छ ।
चार सन्तान मध्ये सोमनका एकला छोरा थिए आनन्द । आनन्दलाई पढाउन सोमन १० वर्ष खाडीमूलुकमा पसिना बगाए । अब इजरायलबाट पढाइ सकेर फर्केपछि बिहेवारी गरेर घरको जिम्मेबारी आनन्दलाई सुम्पने योजनामा थिए बुबा सोमन ।

टाँसिएरै घर रहेका छिमेक काका पर्ने मिथिलेश साहका अनुसार आनन्द जनकपुरकै एन्जल्स बोर्डिंग स्कुलबाट एसएलसी पास गरेका थिए । जनकपुरकै मिट कलेजमा विज्ञान विषय लिएर प्लसटु पास गरी सुदुर पश्चिम विश्वविद्यालय अन्तर्गत टिकापुरको टिकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढे । टिकापुरमा बसेर अन्तिवर्ष पढाई सकाएका उनलाई अभ्यासका लागि कलेजले नै पठाएको थियो ।
बहिनीहरुसंग रक्षबन्धन पर्व हाँसी खुसी मनाएका आनन्द सबै अरआफन्त, छिमेक, इष्टमित्रलाई भेटेर भदौ २७ गते आफूभन्दा जेष्ठबाट आशिर्वाद थाप्दै घरबाट हाथ हल्लाउँदै इजरायलका लागि प्रस्थान गरेका थिए ।

दैनिक कुराकानी गर्ने गरेका थिए । शुक्रबार राति ८ बजेतिर घरपरिवारको अन्तिम कुराकानी भएको थियो । आनन्दले भिडियो कल गर्दा बुबा सोमन बाहिर थिए । आमा र बहिनीहरुसंग लामै कुराकानी भएको थियो । माहिली बहिनी सरस्वतीले आफ्नो खुट्टा अलि सुन्निएको भनेकी थिइन् । उनलाई राम्रो डाक्टरसित देखाएर राम्ररी उपचार गराइदिन आमालाई आनन्दले आग्रह गरेको र पछि बुबासित कुरा गर्ने भनी फोन राखेको काका मिथलेसले सुनाए ।

शनिबार इजरायलमा आक्रमण भएको र केही नेपाली पनि मारिएको खबरले घरपरिवार बेचैन बनेको थियो । आनन्दलाई दिनभर घरपरिवार आफन्तले फोन गरिरहे । ‘मोबाइलमा रिंग जान्थ्यो तर । फोन उठेन । हिजोसम्म फोन गइनै रहेको थियो’ आनन्दको दाई पर्ने रामइश्वर साहले सुनाए । यसले घरपरिवारमा थप बेचैन बनेको थियो । आनन्द पढ्ने कलेजमै उनको बहिनी पर्ने रिमा साह पनि पढ्छिन् । उनीसित घरपरिवारको कुरा हुन्थ्यो । तर आनन्दको फोन नउठ्दा घरपरिवारसंगै छिमेक डराएका थिए ।

दाई रामईश्वरका अनुसार बहिनी पर्ने रिमाले आइतबार बिहान ५ बजे आनन्दको मृत्यु भइसकेको आशयको फोन परिवारजनलाई गरेकी थिइन् । तर परिवारमाथि आघात पुग्न सक्छ भनेर उनले आनन्दको परिवारलाई घाइते भएको रउपचार हुँदै छ भनेर मात्र भन्न आग्रह गरेकी थिइन् । दिनभरि आनन्द जिउँदो छ, बाँच्न सक्छ भन्ने झिनो आशा थियो । तर साँझ ६ बजे परराष्ट्र मन्त्रालयले मतृक र घाइतेको विवरण सार्वजनिक गरेपछि आनन्दको परिवारको धैर्यताको बाँध टुटेको छ ।

इजरायल जानु अघि हजुर आमा बसमतियाले घर बनाउ, बिहे गरेर बुहारी भित्र्याउ, हेर्ने मेरो ठूलो धोको छ भनेकी थिइन् आनन्दलाई । ‘म पढाई सकेर चाँडै घर फर्केपछि ठूलो घर बनाउँछु । अनि विहे गरेर बुहारी भित्र्याउँछु । चिन्ता नलिनुस् । तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए’ हजुर आमा र नातिको आफ्नै अगाडी भएको विगतको सम्वाद काका मिथिलेशले सुनाए ।

आनन्दको मृत्युले परिवारमा ठूलो बज्रपात भएको छ । गाउँसमाज शोकमा डुबेका छन् । अब घरपरिवार र समाजलाई अब आनन्दको प्रार्थिव शरीर हेर्न बेग्र प्रतिक्षामा छन् । समाजसेवी भावना बोका आनन्द भविष्यमा अक्सिजन फैक्ट्री, सुविधासम्पन्न हस्पिटल खोलेर समाजको सेवा गर्ने सपना बोकेका थिए । काका मिथिलेका अनुसार रमदैयाको जानकी मेडिकल कलेज नजिक बुबा सोमनले पाँच कठ्ठा जति जग्गा जोडेका छन् । त्यहाँ अझै जग्गा जोडर भविष्यमा सुविधासम्पन्न हस्पिटल खोल्ने सोँच उनले घरपरिवारसहित शुभचिन्तकलाई सुनाउथे ।

जुन कुरा उनले आफ्नो सामाजिक संजाल फेसबुकको कभर फोटोमा हस्तिलिखित पानामा लेखेर दुईवर्ष अघि राखेका थिए । त्यसमा उनले आफ्नो जीवनमा एक करोड विरुवा रोप्ने संकल्पसहित अक्सिजन फैक्ट्री र सुविधासम्पन्न हस्पिटल खोल्ने संकल्प गरेका छन् । यो संकल्प मातृभाष मैथिलीमा र अंग्रेजीमा कागजको पानामा लेखेर २ चैत २०७८ मा वुद्धजयन्तीको दिन गरेका थिए । जुन आफ्नो फेसबुकको कभर पेजमा राखेका छन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सिरहाका एसपी लिम्बु र रुपन्देहीका एसपी बिकलाई हटाउने तयारी

सिरहाका एसपी लिम्बु र रुपन्देहीका एसपी बिकलाई हटाउने तयारी

नेपालीको शव ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

नेपालीको शव ल्याउन आज राति नेपाल एयरलाइन्सको विमान इजरायल जाँदै

संयुक्त राष्ट्र संघका सिन्धी, बलोच र पश्तुन कार्यकर्ताहरूले पाकिस्तानले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन्

संयुक्त राष्ट्र संघका सिन्धी, बलोच र पश्तुन कार्यकर्ताहरूले पाकिस्तानले मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन्

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d