Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स


चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपालका लागि ऋणको बोझबाहेक अरु केही नभएको टिप्पणी गरिएको छ । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले नेपाल र नेपालीको आँखा खोल्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनका लागि कूटनीतिक विजय भए पनि नेपालका लागि भने ऋणको बोझमात्र भएको टिप्पणी गरेको हो ।

न्यूयोर्क टाइम्सले यस विषयमा खोजमूलक समाचार प्रकाशित गर्दै चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पछिसम्म पनि नेपाललाई पीर दिइराख्ने ठहर गरेको हो ।

भद्र शर्मा, दाइसुके वाकाबायाशी र क्लेरी फुको बाइलाइनमा प्रकाशित उक्त समाचारमा चिनियाँ कम्पनीले निर्माण गरेको विमानस्थल निकै नै महँगो भएकोसमेत स्पष्ट पारिएको छ ।

समाचारमा यस विमानस्थललाई चिनियाँ पक्षको जित र नेपालका लागि ऋणको बोझ भएको उल्लेख गरिएको छ । विमानस्थल निर्माणमा संलग्न ६ जना सरोकारवाला र सयौँ पृष्ठका दस्तावेजको अध्ययनपछि प्रकाशित गरेको समाचार सामग्रीमा चिनियाँ कम्पनीले विमानस्थल निर्माण गर्ने बेला मुनाफाको संरक्षण र आफ्नो स्वार्थ पूरा गर्न नेपाली पक्षको नियमनलाईसमेत बेवास्ता गर्दै आफ्नै व्यावसायिक शर्तमात्रै लाद्न खोजेको पनि उल्लेख गरिएको छ ।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोचेअनुसार यात्रुको संख्या नहुँदा पनि नेपालका लागि केवल ऋणको पासो बाहेक केही नहुने उल्लेख गरिएको छ ।

यसबाट नेपालले महँगो लागतमा विमानस्थल बनाउनु परेको र चिनियाँ ऋण तिर्नका लागि आवश्यक यात्रुहरु पनि विमानस्थल नआएको जनाइएको छ ।

यही ऋणको पासोलाई पटक पटक नेपालका लागि चिनियाँ राजदूत छोन सङले विमानस्थल बेल्ड एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत भएकोसमेत भन्दै आएका छन् । जबकि अहिलेसम्म नेपालमा बीआरआई लागू नै नभइसकेको भनेर सरकारले भन्दै आएको छ । सङले नेपालको हितमा चीनमात्र भएको र भारत नरहेको भन्दै कूटनीतिक मर्यादा नाघेर बोल्दै आएका छन् ।

उनको भनाइमा नेपाललाई चीनले जस्तो चाह्यो त्यस्तै बनाउन सक्छ भन्ने किसिमको आशय झल्कन्छ ।

अहिले त्यही बीआरआई परियोजना शुरू भएको दश वर्षको अवसरमा चीनमा तेस्रो बेल्ट एन्ड रोड फोरम इन्टरनेशनल कोअपरेसन ९बीआरएफ० को सम्मेलन चलिरहेको छ ।

चीनले सन् २०१७ मा पहिलो र सन् २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बीआरआई कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न यो सम्मेलन आयोजना गरिएको हो ।

बीआरएफमा भाग लिन सरकारको नेतृत्व गर्दै नारायणकाजी गए, झलनाथदेखि सुजातासम्म पुगे चीन
न्यूयोर्क टाइम्सले आँखा खोलिदिए पनि सरकारको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको टिम चीनमा छ । त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालदेखि लिएर कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालासम्म चीनमै छन् ।

सम्मेलनमा नेपालसहित विश्वका दर्जनौँ मुलुकका प्रतिनिधिहरु सहभागी भइरहेका बेला न्यूयोर्क टाइम्सले प्रकाशित गरेको समाचारमा पोखरा विमानस्थलजस्तो ‘कुनै पनि हालतमा पूर्वाधार बनाउने’ चिनियाँ विकास मोडेललाई लिएर आलोचना चर्किँदै गएको छ ।

चीनले दिने ऋणबाट पूर्वाधार निर्माण गर्दा महँगो लागत हुने र गुणस्तर नै कमजोर हुने भएकाले एकातर्फ गरिब र विकाशशील मुलुकमाथि ऋणको भार थपिँदै जाने र अर्कोतर्फ चिनियाँ कम्पनीले मोटो रकम प्राप्त गर्ने न्यूयोर्क टाइम्सले दाबी गर्दै लेखेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको गत जनवरी १ तारिखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । शुरूआतमा विमानस्थल निर्माणका लागि चिनियाँ सीएमएसी कम्पनीले सस्तोमा सहमत भएको भए पनि पछि भने निकै महँगो रकममा सहमति गर्नुपरेकोसमेत उल्लेख गरेको छ ।

एक तिहाइ रकम निर्व्याजी ऋण हो । तर दुर्भाग्य उद्घाटन गरेको लामो समय भइसक्दासमेत नियमित रूपले अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि भने यो घाटाको जंजालमा नेपाल फसेको अनुमान भइरहेको छ ।

सन् २०१४ मा भएको एक अध्ययनअनुसार विमानस्थलको आफ्नै आयबाट ऋण तिर्न सकिने उल्लेख गरिएको थियो । त्यसका लागि विमानस्थलमा सन् २०२५ भित्र करिब दुई लाख ८० हजार यात्रु आउनुपर्छ । दुर्भाग्य हालसम्म विमानस्थलबाट कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

विमानस्थल निर्माण प्रक्रियामासमेत त्रुटि रहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । चिनियाँ कम्पनीलाई ठेक्का दिएपछि मात्रै सन् २०१६ मा विमानस्थल निर्माणका लागि नेपाल र चीनबीच २० वर्षे सम्झौता भएको थियो । हाम्राकुरा

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला

धार्मिक र जातीय द्वन्द्वसँगै मुलुक अत्यन्त गम्भीर बाटोमा : शेखर कोइराला

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d