काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। दुई दिने भ्रमणमा उनी चीन पुगेका हुन्। उनी बेल्ट एण्ड रोड फोरममा सहभागी हुन पुटिन बेइजिङ आइपुगेको चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।
अफ्रिकी र दक्षिणपूर्वी एसियाली १३० देशको सहभागितामा आज सुरु हुने भेलामा ३० अन्तर्राष्ट्रिय संस्थाका पनि उपस्थित हुनेछन्। फोरमको राष्ट्रपति सीले उद्घाटन गर्ने छन्।
कार्यक्रममा सहभागी हुन चीन पुगेका विदेश मन्त्री सर्गेई लाभरोले सोमबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गरिसकेका छन्। कोभिड–१९ महामारीका कारण सन् २०१९ देखि रोकिएको फोरमको तेस्रो संस्करणले चीनको विश्वव्यापी पूर्वाधार निर्माण योजना, बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सव मनाएको छ।
पुटिन २०१७ र २०१९ मा यसअघिका दुईवटा फोरमहरूमा भाग लिएका थिए। बेइजिङले जुलाईमा पुटिनलाई निमन्त्रणा दिएको र गत महिना सेन्ट पिटर्सबर्गमा वाङलाई भेट्दा आफूले भ्रमण गर्ने पुष्टिनले बाचा गरेका थिए। युक्रेन युद्धपछि पुटिनको यो पहिलो विदेश भ्रमण हो।
चिनियाँ राष्ट्रपति सी जिनपिङ गत मार्चमा तीनदिने राजकीय भ्रमणका लागि मस्को गएका थिए। त्यहाँ उनीहरुले युक्रेन युद्धलगायतका विषयमा औपचारिक वार्ता गरेका थिए।
दक्षिणपूर्वी एसिया र अफ्रिकाका चीनका रणनीतिक साझेदारहरू इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले पनि फोरममा सहभागी हुनेछन्।












