Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

अपहरकारीको अखाडा बन्दै महोत्तरी र सर्लाही, सीमा पारी भारतीय बजारमा त्रास


अपहरकारीको अखाडा बन्दै महोत्तरी र सर्लाही, सीमा पारी भारतीय बजारमा त्रास

शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, माघ २९ गते ।

अपहरणकारी : कब देरहे है तीन करोड ?

पीडित परिवार : सर हम सिर्फ ५० लाख देसकते है ।

अपहरणकारी : हम भीख मांग रहेहै । लो आपके बेटा आपसभसे अन्तिमबार बात करनेके लिए, चाहरहा है । बात किजिए । इकसेबाद आपके बेटा कभी नही मिलेंगा । मार कर कहीँ दफना देंगे ।

आमा : हमरा बेटा के ओना नकरब । हमरा जतना भेल, ओतना कोसिस कैली ।

अपहरणकारी : हम कहरहेहै तीन करोड, आपलोग कहरहे हैं, ५० लाख । हम क्या भीख मांग रहे हैं ?

आमा : हम अपन बेटाके बचाबे खातिर सभचिज बेच देलियै । साराचिज बिकागेलै कहाँ से होतै बताउन ?

अपहरणकारी : बात किजिए अपना बेटा से । बात करो लो । (अपहरनकारी छोरासित आमालाई कुरा गर्न भन्छन् ।

अपहरणमा परेका अभिशेक : मा देदिजिए न, यो लोग जो मांगरहा है सभ देदिजिए । पापाको सम्झाओ । जो मांगता है, ओ दे देनेके लिए । नही तो यो लोग मुझे मार देगा (रुँदै बिलाप गर्छन्)
आमा : ठीक छै बाबु । हम अपना जानके त बहुत कोसीस करहल छी । मुदा नहोपारहल ह बाबु । ठीक है बउवा । निमन से रह… (आमा छोरालाई सम्झाउँदै भक्कानिन्छन्)

मैथिली र हिन्दी भाषमा फोनमा भएको यो संवादको अंश हो अपहरणमा परेका अभिषेक कुमारका परिवार र अपहरणकारीको छ । गत माघ २६ गते (जनवरी ३० तारिख) साँझ अपहरणमा परेका भारतको बिहार सितामढी जिल्लाको सोनवरसा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमारका परिवार र नेपाली भूमिमा रहेका अपहरणकारीको फोन संवाद पटक पटक झण्डै १० दिनसम्म चल्यो । लामो समयसम्म संवाद चलेपनि नत नेपाल प्रहरी अपहरणकारीको स्थल पत्ता लगाउन सके, नत भारतीय प्रहरी ।
महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लका अनुसार सर्लाहीकै सीमाबाट अभिषेकलाई अहरणकारी लिएर नेपाल छिरेका थिए ।

लामो समय फिरौती नदिए छोराको ज्यान लिने खतरा देखेपछि परिवारजन अपहरणकारी समक्ष निरीह बन्न पुगे । छोराको ज्यानको भीख मागे । ६५ लाख रुपैयाँ दिए मात्र मुक्त गरिदिने अडानमा रहेका अपहरणकारी अन्ततः ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर अपहरण मुक्त गर्न समहमत भए । त्यो रकम दुई पटकमा लिएर छाड्ने वाचा गरे । प्रहरीलाई जानकारी दिएर कुनै चालाखी गरे छोरालाई मारेरै फालिदिने चेतावनी थियो परिवारलाई ।

एक सातासम्म भारतीय र नेपाल प्रहरीले केही गर्न सकेनन् । बाध्य भएर परिवारजन माघ २५ गते (फरबरी ८ तारेख)मा अपहरणकारीले भने बमोजिम पहिलो चरणमा ३० लाख भारतीय रुपैयाँ लिएर साँझ ७ बजे घरबाट निस्के । महोत्तरीको पोखरभिण्डा र सम्सी, सर्लाहीको मलंगवा र संग्रामपुर लगायतको ठाउँको लोकेसन दिएर अपहरणकारीले घुमाए । २२ किलोमिटर डुलाएपछि राति १२ बजे मात्र सर्लाहीको संग्रामपुर बोर्डर नजिक झाडीमा पैसा फाल्न लगाए । त्यहाँबाट अपहरणकारीले पैसा लगे ।

त्यसपछि अपहरणकारी माघ २६ गते (फरबरी ९ तारेख) को बिहान १० बजे फोन गरेर २० लाख लिएर सर्लाहीको बोर्डर छेउमा आउन भन्यो । साँझ पैसा लिएर हिडेका परिवार भने बमोजिम ठाउँमा पैसा पुर्याए । सोमबार बिहान २ बजे आँखामा पट्टी बाँधेर सर्लाहीको संग्रामपुर स्थित बोर्डरमा सयमिटर पर नेपाली भूमिमा अभिषेकलाई अपहरणकारीले मुक्त गरे ।

तस्वीर : अपहरणमुक्तपछि भारतीय प्रहरी समक्ष अभिषेक कुमार

अपहरणमुक्तपछि भारतीय प्रहरीलाई अभिषेकले दिएको बयान अनुसार अपहरणकारी एकघण्टा गाडी चलाएपछि सीमामा पुर्याएर छाडेको थियो । त्यसअघि नेपालकै विभिन्न स्थानमा राख्यो । जंगलमा समेत पुर्याए राखेको थियो । हिन्दी, मैथली र नेपाली भाषामा समेत बोल्ने गरेकाले उनीहरु सबै नेपाली नै थिए भन्ने अभिषेकको बयान छ । अभिषेक अपहरणमा परेदेखि २५ मिनेटसम्म लामो कुराकानी गरेपनि प्रहरी उनीहरु समक्ष पुग्न असफल रहे ।

सर्लाही प्रहरीका एसपी प्रविण धिताल नेपालमा एकएक घण्टा कुरा गरे पनि लोकेसन र कलडिटेल निकाल्न समस्या हुने बताउँछन् ।
‘नेपालमा एकघण्टा पनि कुरा गरेपनि लोकेसन, कल डिटेल्स केही आउँदैन । अदालतको प्रोसेसमा जानु पर्ने । अदालतमा माग्नु पर्ने । कानुनी प्रक्रियामा गएर ६।७ दिन लागिहाल्छ । यो कुराले तत्कालै गर्नुपर्ने अनुसन्धानमा बाधा पुगेको छ । तब सम्म अर्को घटना भइ हाल्छ’ एसपी धिताल भनछन् ।

सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी अभिषेक बुबा विजय प्रसाद सित साँझ घर फर्किरहेका बेला अपहरणमा परेका थिए । भोलि पल्ट माघ १७ गते ( जनवरी ३१ तारेख) बिहान अपहरणकारीको पीडितकै नम्बरबाट पहिलो फोन गरेको थियो । परिवारसित कुरा गर्ने बेला हातहतियार देखाउँदै, अपहरणकारीले कुटपिट समेत गर्ने गरेको बयान भारतीय प्रहरीलाई अभिषेकले दिएको श्रोतले जनाएको छ ।

अपहरणकारीलाई पत्ता लगाएर बन्धक मुक्त गराउन भारतीय प्रहरी नेपाल प्रहरीलाई समन्वय गरेको थियो । जसको लागि बिहारका आईजिपी शिवदीप बावन राउ लाण्डे र सीतामढी जिल्लाका एसपी मनोज कुमार तिवारी पटक पटक भीठामोड र मलंगवा स्थित बोर्डरमा पुगेर नेपाल प्रहरीसत समन्वय गरेका थिए ।
तर, नेपाल प्रहरीले अपहरणकारीको लोकेसन नै ट्रयाक गर्न सकेनन् । अपहरणकारीले महोत्तरीको सम्सी, पोखरभिण्डा, रघुनाथपुर र सर्लाहीको संग्रापुर लगायत स्थानलाई अखाडा बनाउँदै गएका छन् । उनीहरुले गर्ने फोनको लोकेसन पनि यी ठाउँहरु नै देखाउँने गरेको प्रहरीहरु बताउँछन् ।

यो अपहरण काण्डमा महोत्तरी र सर्लाही प्रहरीले सकेजति सहयोग नगरेको भारतीय प्रहरीको गुनासो छ । यधपी महोत्तरी र सर्लाही प्रहरीले आफूहरु यो घटनामा अपहरण मुक्त गराउन कुनै कसर बाँकी नछाडेको दावी गर्छन् । नेपाल प्रहरीकै दबाबले अपहरणकारी सकुशल मान्छे अपहरण मुक्त गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लको अनुमान छ ।
‘नेपाल प्रहरीकै प्रेसरले मान्छे सकुशल रिलिज गरेको अनुमान हामी गर्न सक्छौं । महोत्तरी र सर्लाही प्रहरीको सक्रियता देखेर अपहरणकारी हतोत्साहित भयो । ३ करोड फिरौंती माग्ने अपहरणकारी पछि हट्दै गयो’ एसपी मल्लले भन्छन् ‘पैसा दिने बेला परिवारजन हामीसित समन्वय गरेन । २–३ दिन अझै समय दिएको भए आरामले हामी मान्छे सकुलशलसंगै अपहरण ग्यांगलाई समात्न सक्थ्यौं । उहाँहरु हतार गर्नु पनि ठिकै थियो’

सर्लाही प्रहरीले अपहरण भएको जानकारी आउन साथ शंकास्पद ठाउँमा सर्च र संदिग्ध केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ‘६ जनाभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्यौं । थुप्रै स्थानमा सर्च अप्रेसन चलायौं । तर कतै फेला परेन । पक्राउ परेकाहरुको हाँगाविँगा मात्रै देखियो’ सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) धितालले भने ‘हामी कहाँ पीडित परिवार नै आएको छैन । यो घटनाको पुरै अनुसन्धान नै गर्न बाँकी छ ।’

एक महिना अघि यही अपहरणकारी समूहले सोनवर्साकै अर्का औषधि व्यवसायी कामेश्वर रायको पनि अपहरण गरेर नेपाल ल्याएको थियो । २ डिसेम्बर २०२३ मा ठीक अभिषेककै शैलीमा घरबाट व्यवसायी कामेश्वरको अपहरण गरेका थिए । ३० लाख भारतीय रुपैया फिरौती लिएर पाँचदिनपछि ७ डिसेम्बरमा महोत्तरीको सम्सीबाट उनलाई अपहरण मुक्त गरेका थिए । पहिलाको घटनामा सम्सीबाट अपहरण मुक्त भएको महोत्तरीका एसपी मल्ल पनि स्वीकार्छन् । ती व्यवसायीलाई पनि अपहरणकारीले महोत्तरीको पोखरभिण्डा, सम्सी, संग्रापुर, रघुनथपुर र सर्लाहीको संग्रामपुर लगायतको स्थानमा राखेका थिए । अभिषेक र कामेश्वरलाई अपहरण घटनामा एउटै विधि र त्यही ठाउँहरुको प्रयोग गरेकाले अपहरण समूह एउटै रहेको प्रहरीको आशंका छ ।

महोत्तरीको सम्सी, पोखरभिण्डा, रघुनाथपुर र सर्लाहीको संग्रापुर लगायतको सीमा क्षेत्रका नेपाली भूमि अपहरणकारीका लागि सुरक्षित अखाडा बन्दै गएको छ । महोत्तरी र सर्लाही प्रहरीलाई फेरि यस्तो खालको घटना दोहरिने चिन्ता छ । यो घटनाहरुमा आफूहरु गम्भीर रहेको एसपी मल्लको भनाइ छ । ‘यो घटनाको गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं । अपराधी समात्छौ’एसपी मल्लले भने ।

यही आसपासमा भारती टेलिफोनको नेटवर्क काम गर्ने भएकाले अपहरणकारी आफूलाई सुरक्षित ठान्छन् । महिनामै लगातार भएको यी दुई घटनाले सीमावर्ती भारतीय बजार भीठामोड, सुरसंड र सोनवर्साका व्यवसायी त्रसित भएका छन् । अचेल उनीहरु साँझ ७ बजेसम्मै बजार व्यवसाय बन्द गर्न थालेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सिरहामा राति विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेरका युवक पक्राउ

सिरहामा राति विद्यार्थीको डेरामा कटुवा पेस्तोलसहित पुगेरका युवक पक्राउ

सीपीईसीले पाकिस्तानी नागरिकहरु माझ त्रास पैदा गर्दै

सीपीईसीले पाकिस्तानी नागरिकहरु माझ त्रास पैदा गर्दै

नेपालकै ठूलो कमला नदीको झोलुंगे पुलको प्रधानमन्त्रीले उदघाटन गर्ने

नेपालकै ठूलो कमला नदीको झोलुंगे पुलको प्रधानमन्त्रीले उदघाटन गर्ने

Leave a ReplyCancel reply

लोकप्रिय

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

Military bases and weapons storage centers targeted

Military bases and weapons storage centers targeted

Middle East war affects flights at Indian airports

Middle East war affects flights at Indian airports

The American and Israeli sides issued official responses

The American and Israeli sides issued official responses

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Islamic Revolutionary Guard Corps-affiliated agency claims to have demolished command building

Five people, including two Malaysians, were on board, three were injured.

Five people, including two Malaysians, were on board, three were injured.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d