Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

युक्रेनविरुद्ध ट्रम्पका निर्णयले युरोपमा दोस्रो विश्व युद्धयताकै उच्च सुरक्षा खतरा !


युक्रेनविरुद्ध ट्रम्पका निर्णयले युरोपमा दोस्रो विश्व युद्धयताकै उच्च सुरक्षा खतरा !

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको तीन वर्ष पूरा भयो । युद्धका तीन वर्ष नाघ्दा विश्वको प्रमुख शक्तिराष्ट्र अमेरिकाको नीति भने फेरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका पछिल्ला गतिविधिबाट युक्रेन त सशंकित बनेको छ नै पूरै युरोपमा चिन्ता बढ्न थालेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू शान्तिवार्ताका लागि क्रेमलिनसँग लागिपरेको बताएका छन् । उता युक्रेन र यसका युरोपेली सहयोगीहरू युक्रेनका माग पूरा गर्न नसके मस्को थप उत्साहित हुने चिन्तामा छन् । त्यसो भएमा केही वर्षमै मस्कोले फेरि युरोपेली भूमिमा थप युद्ध निम्त्याउन सक्ने चिन्ता उनीहरूको छ । ह्वाइट हाउसबाट आइरहेका पछिल्ला निर्णय उनीहरूका लागि निराशाजनक छन् ।

ट्रम्पले यसअघि भ्लादिमिर पुटिनसँगको फोन कुराकानीमा युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई ‘तानाशाह’ भनिसकेका छन् । ट्रम्प प्रशासनले विगतको अमेरिकी सैन्य सहयोगको बदलामा सयौँ अर्ब डलरको प्राकृतिक स्रोतसाधनमा पहुँच दिने सम्झौता गराउन खोजिरहेको छ ।

पूर्वराष्ट्रपति जो बाइडेन प्रशासनले रुसविरुद्ध लड्न युक्रेनलाई ठूलो सहयोग गरेको थियो । तर, ट्रम्प प्रशासनले शान्तिर्वातालाई केन्द्रमा राखेको छ ।

संयुक्त राष्ट्रसंघले सोमबार युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता हुन समर्थन गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । अमेरिकाले युद्धयता पहिलोपटक यस्तो प्रस्तावमा युक्रेनको विपक्षमा मतदान गरेको छ ।

फेब्रुअरी १२ मा बेल्जियमको राजधानी ब्रसेल्समा नेटोको मुख्यालयमा युक्रेनलाई सहायता प्रदान गर्नेबारे करिब ५० देशका मन्त्री एवं प्रतिनिधिबीच बैठक भएको थियो । बैठकमा अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले भनेका थिए, “म आज यहाँ प्रत्यक्ष र स्पष्टरूपमा के पनि भन्न आएको छु भने कठोर रणनीतिक वास्तविकताहरूले संयुक्त राज्य अमेरिकालाई युरोपमा सुरक्षाको पम्रखु ग्यारेन्टर हुनबाट रोकेको छ ।”

अमेरिकी रक्षामन्त्री हेग्सेथले यो भनाइबाहेक अमेरिकाले रुसले कब्जा गरेको भूमि युक्रेनले फिर्ता पाउने, सुरक्षा सम्झौताका लागि नेटोको सदस्यता दिनेदेखि भविष्यमा रुसी आक्रमण रोक्न युक्रेनमा अमेरिकी सेना राख्ने जस्ता कुरामा अमेरिकी नीति उल्टिएको छ ।

ट्रम्प नेतृत्वमा अमेरिकाले नेटो ट्रान्सएट्लान्टिक गठबन्धनलाई अमेरिकी र युरोपेली सुरक्षाको आधार मान्दैन भन्ने युरोपेली मुलुक र क्यानडाको ठूलो डरलाई नेटोको बैठकमा रक्षामन्त्रीको भनाइले पुष्टिको संकेत गरेको छ ।

युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा समेत अमेरिकी रक्षामन्त्री हेग्सेथले ‘अमेरिकाको प्रमुख ध्यान वा प्राथमिकता युरोपको सुरक्षा नहुने’ टिप्पणी गरेका थिए । समूहको बैठक अमेरिकी पूर्वरक्षामन्त्री लोयड अस्टिनले नेतृत्व गर्ने भनिएपछि नयाँ रक्षामन्त्री हेग्सेथ भएसँगै पहिलोपटक बेलायती रक्षामन्त्री जोन हेलीले गरेका थिए ।

अमेरिका र रुसबीच र अमेरिका र युरोपबीचको सम्बन्धमा आएको बदलाब जर्मनीको म्युनिखमा फेब्रुअरी १४ देखि १६ सम्म भएको वार्षिक सुरक्षा सम्मेलनमा पनि झल्किएको थियो ।

त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध र सेन्सरसिपको विषय जोड्दै युरोपेली लोकतन्त्रको अवस्थाको आलोचना गरे ।

अर्काे युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली साझेदारलाई आफ्नो प्रतिरक्षा बलियो बनाउन र ठूला शक्तिलाई सामना गर्न विश्वसनीय युरोपेली सशस्त्र बल निर्माण गर्न कुरा उठाए । उनले युक्रेनको सहभागिताबिनाको शान्ति सम्झौता अघि नबढ्ने दृढता समेत व्यक्त गरे ।

ट्रम्पले युक्रेनलाई नै युद्धको दोष लगाउँदै जेलेन्स्कीलाई चार प्रतिशत मानिसले मात्रै राष्ट्रपतिका रूपमा स्वीकारिरहेको टिप्पणी गरेका छन् ।

यी विषयमा मौन जेलेन्स्कीले फेब्रुअरी २० भने ट्रम्प रुसले फैलाइरहेको भ्रममा रहेको जवाफ फर्काएका छन् ।

कूटनीति वा अमेरिकी विदेश नीतिमा देखिएको यस परिवर्तनले युक्रेन र युरोपलाई स्तब्ध बनाएको छ । अर्कातिर रुसले भने सहज महसुस गरिरहेको हुन सक्छ ।

त्यसैले किभ अब युरोपेली सहयोगीहरूको बढी भर पर्नुपर्ने स्थितिमा पुगेको छ । यस्तोमा सोमबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको अमेरिका भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो ।

ट्रम्पसँगको भेटपछि उनले आफूहरूले शान्ति चाहेको तर सम्झौता कमजोर हुन नहुने टिप्पणी गरे । रुसले यस्ता सम्झौता उल्लंघन गर्न सक्ने उनको संकेत थियो ।

“यो सम्झौताबाट युक्रेनको आत्मसमर्पण हुनुहुँदैन,” म्याक्रोनले ट्रम्पसँगको भेटपछि उनकै छेउबाट भने ।

ट्रम्पले भने आफूले शान्ति सम्झौता गराउने बताए पनि सुरक्षा ग्यारेन्टीको विषय भने निकालेका छैनन् । यसबीच बेलायती प्रधानमन्त्री केयर स्टारमरले बिहीबार गर्ने तय भएको अमेरिकाको भ्रमणलाई पनि महत्त्वका साथ हेरिएको छ ।

युरोपेली सहयोगीहरूले ट्रम्पलाई रिझाउन सक्ने निश्चित देखिन्न । यसरी फेरिएको अमेरिकी र खासगरी ट्रम्पको नीतिले युक्रेनको लागि नयाँ संकट सिर्जना भएको छ भने समग्र युरोप महादेश दोस्रो विश्व युद्धयताकै सबैभन्दा ठूलो खतरामा परेको छ ।

स्काई न्युजबाट ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
प्रीति जिन्टालाई १८ करोडमा सामाजिक सञ्जाल बेचेको आरोप लागेपछि…

प्रीति जिन्टालाई १८ करोडमा सामाजिक सञ्जाल बेचेको आरोप लागेपछि...

नेपाललाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

नेपाललाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d