Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस

लिस्बन (पोर्चुगल)। स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फिलिप छैटौँसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित विशेष समारोहकाबीच राजदूत नेपालले राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत नेपालले राजासँग केहीसमय शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्तामा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोसहित सहयोग अभिवृद्धिका बारेमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूत नेपालले राजा फिलिपसँगको भेटमा नेपालको परराष्ट्र नीतिको प्राथमिकता, विकासका योजना र कार्यक्रम तथा जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासका बारेमा राजालाई अवगत गराए। यसैगरी जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा देखापरेका समस्या र वातावरणीय चुनौतीका सामना गर्न अन्तर्राष्ट्रियस्तरमा सहयोग र सहकार्यमा आवश्यक रहेको उनले जानकारी दिए।

भेटका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाउँदै राजदूत नेपालले राजा फिलिपलाई नेपाल भ्रमणका लागि आग्रह गरेकामा राजा फिलीपले आफूले धेरै अगाडि नेपाल भ्रमण गरेको स्मरण गर्दै पुनः नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको राजदूत नेपालले जानकारी दिए।

नेपालप्रति राजाले विशेष सद्भावका साथ चासो व्यक्त गरेको र नेपालको विषयमा खुलेर कुरा गरेको उनले जानकारी दिए। सो अवसरमा राजदूत नेपाललाई बधाई ज्ञापन गर्दै राजा फिलीपले सफल कार्यकालको शुभकामनासमेत दिएका थिए।

त्यसैगरी राजदूत नेपालले स्पेनस्थित विदेश मन्त्रालयका दक्षिण तथा पूर्व एसिया हेर्ने उपमहानिर्देशकसँगसमेत भेटवार्ता गरेका थिए। उक्त समारोहमा राजदरबारका प्रोटोकल प्रमुख, विदेश मन्त्रालयका अधिकारी, नेपाली दूतावासका कर्मचारी र स्पेनिस सञ्चारमाध्यमका प्रतिनिधिको उपस्थिति रहेको दूतावासले जनाएको छ।

नेपालले गत महिना म्याड्रिड पुगेर राजदूतको जिम्मेवारी सम्हालेका हुन्। कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माणलगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आएका नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए। नेपाल र स्पेनबीचमा सन् १९६८ मा दौत्य सम्बन्ध स्थापना भएको थियो।

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
माओवादीको आम्दानीभन्दा खर्च धेरै

माओवादीको आम्दानीभन्दा खर्च धेरै

भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

ईलाका प्रशासन कार्यालय लहानबाट  अनलाइननागरिकता सेवा सुरु

ईलाका प्रशासन कार्यालय लहानबाट अनलाइननागरिकता सेवा सुरु

Leave a ReplyCancel reply

लोकप्रिय

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d