बिरेन्द्र प्रसाद नेपाल
लहान, भदौ १४ गते । आज लहान नगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा सुबिसु केवल नेटवर्क लिमिटेड शाखाको टिमले भेटघाटकोक्रममा दोसाला ओढाएर मेयर महेश प्रसाद चौधरीलाई सम्मान गर्नुका साथै बधाई तथा शुभकामना ज्ञापन गरेको छ । सिबुसु लहान ब्रान्चका म्यानेजर संजय पाठकले भने अहिले सिबुसीले गाउँ–गाउँमा ईन्टरनेट सेवा दिदै आएकोले नगरपालिकालाई पनि सक्ने जति सहयोग गर्ने छु र नगरपालिकावाट पनि पाउँने सहयोगको अपेक्षा लिएर आज मेयार साहेवसँग भेटघाट तथा सम्मानका साथ प्रमाण–पत्र प्रदान गरेको कुरा पाठकले सुनाए । स्थानीय तह निर्वाचन २०७९ मा अत्याधिक बहुमत प्राप्त गरि लहान नगरपालिकाको प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित हुनुको साथै समाजसेवा गर्नु पनि एक समाजिक बिकास नै रहेको अनभव गर्दै नगर प्रमुखको कार्यकक्षमै बधाई तथा सफल कार्यकालको शुभकामना बुझाएको मेयरका स्वकीय सचिव शंकर बाँनियाले जानकारी गराएका छन् ।
कार्यक्रममा लहान – ७ का वडा अध्यक्ष रामऔतार शर्मा , लिमिटेडका ब्रान्च म्यानेजर संजिव पाठक लगायत लि. पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।












