- बिरेन्द्र प्रसाद नेपाल
लहान, भदौ १६ गते । लायन्स क्लव अफ लहान फुलवारीलेद्धारा बिभिन्न प्रजातिका एकहजार भन्दा बढी बिरुवा रोप्न एक हप्तापछि वृक्षारोप्न कार्यक्रम शूरु गर्ने कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । लायन्स क्लव अफ ईन्टरनेश्नल बिश्वका २१२ वटा देशमा ननपोर्टिकल गैर संस्था हो । जसमा १४ लाख सदस्यहरुले रहेका छन् । स्वच्छ बतावरण बनाउने उदेश्यले सन २०१७ मा यसको स्थापना भएको थियो । यो संस्थाले डायविटिज, आँखा उपचार, भोकमरी, क्यान्सर, शिक्षा र बतावरणको क्षेत्रमा यू सेभ को भावना बोकी काम गरिरहेको कुरा जारी बिज्ञाप्ती मार्फत क्लवका अध्यक्ष राकेश झाले जानकारी गराएको हो ।
लायन्स क्लव अफ लहान फुलवारीले बहुवार्षिक योजना अनुरुप लहान नगरपालिकाको २४ वटै वडा स्थित रहेका सामुदायिक÷संस्थागत बिद्यालय र सडकको पेटिकामा बतावरण संरक्षणका लागि एकहजार भन्दा बढी बिभिन्न प्रजातिका बिरुवा रोप्ने कार्यलाई शूरु गर्ने छ ।
बिभन्न प्रजातिका बिरुवाहरुमा देवबृक्ष, पिप्ल, बर, अमला, निम र रुद्राक्ष लगायतका बिरुवा रोप्न वास र फलामे जालीको गोलो घेरा बनाउने कार्य शूरु गरेको छ । बिरुवा संरक्षणका लागि बिद्यालयले स्यम रेखदेख गर्ने र सडक पेटिकामा रहेको बिरुवाहरुलाई लहान नगरपालिका, नगरवासी, युवाहरु लगायत सवैले हातोमैलो गरी बृक्षा संरक्षण गनु पर्ने प्रेस विज्ञाप्ती मार्फत जानकारी गराएको छ । लायन्स क्लव अफ लहान फुलवारीका प्रथम उपाध्यक्ष राजाबाबु साह, शंकर गुप्ता, कासीन्द्र प्रसाद यादव, सचिवः श्याम सुन्दर साह, कोषाध्यक्षः मनिष शारडा, डाईरेक्टरः रामप्रमोद यादव, डा. रितेश गिरी, शुशान्त कुमार स्वतन्त्र, विजय कुमार यादव, उपेन्द्र यादव र सह–सचिवमा गंगा प्रसाद यादव रहेका छन् ।












