Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्

सुध्रिएन नेपालसँग ओलीको सम्बन्ध, समाजवादीको महाधिवेशनमा सहभागी भएनन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।
प्रज्ञा भवनमा उद्घाटन समारोह चलिरहँदा अन्य सबै दलका नेता सहभागी भएका छन् । तर, हालको सत्ता साझेदार समाजवादीको महाधिवेशनमा ओली अतिथिका रुपमा सहभागी नभएका हुन् ।
महाधिवेशनको विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन् । महासचिव घनश्याम भुसालका अनुसार महाधिवेशनमा सबै दलका नेताहरूलाई निम्तो गएको थियो ।
महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जसपा अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत सहभागी छन् । महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत ९सीके० पनि सहभाी छन् ।
एकीकृत समाजवादी तत्कालीन अवस्थामा २०७८ भदौ ९ मा एमालेबाटै फुटेर बनेको हो । त्यसबेला एमाले विभाजन गराउन शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले राजनीतिक दलसम्बन्धी कानुननमा दल विभाजनसम्बन्धी नियम खुकुलो बनाइदिएको थियो ।
पार्टी विभाजनपछिको तिक्तता तोड्दै २०८० फागुन २१ गते प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा जोडिएका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच अझै सम्बन्ध नसुध्रिएको हो ।
सचिवालयका एकजना सदस्यका अनुसार ओलीले समाजवादीको महाधिवशेनमा भाग लिने कुनै तालिका छैन । ‘उहाँ समाजवादीको महाधिवेशनमा जाने कुनै तालिका छैन’, एक सदस्यले भने, ‘अहिले उहाँ प्रधानमन्त्रीसँग संवाद सकेपछि बालकोट फर्किसक्नु भएको छ।’
कांग्रेस नेतृत्वको गठबन्धन भत्काउँदै नयाँ सत्ता समीकरण बनाउने क्रममा ओली आफैं नेपालको निवास कोटेश्वर पुगेका थिए । त्यसबेला ओलीकै आग्रममा नेपालले नयाँ सत्ता समीकरणमा जोडिने निर्णय गरेका थिए ।
तर नेपालले यो गठबन्धन भत्काउँदै कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्न खोजेको भन्दै नेपालसँग ओली रूस्ट थिए। त्यसपछि दुई नेताबीच सम्बन्धमा सुधार नआएको हो ।
गत वैशाख १० गते एमालेले पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सव आयोजना गर्दा नेपालले बहिष्कार गरिदिएका थिए ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित महोत्सवमा प्रायस् सबै दलका शीर्ष नेताहरु जाँदा नेपाल भने धुलिखलेतिर गएर बसेका थिए ।
एमालेले हीरक महोत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेसका सभापति देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको थियो । अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको थियो ।
तर समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपाल एमालेले आयोजना गरेको पार्टी हीरक महोत्सव बहिष्कार गरिदिएपछि ओलीसँगको सम्बन्ध चिसिएको छ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीका हैसियतमा नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी भएका थिए ।–खबरहब

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

चोर आएको हल्लाबारे ध्यान केन्द्रीत छ : डीआइजी पोखरेल

सप्तकोशीकाे सबै ५६ ढोका खोलियो

सप्तकोशीकाे सबै ५६ ढोका खोलियो

पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

पहिरो पीडितहरू प्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d