Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

रुसविरुद्ध लामा दूरीका क्षेप्यास्त्र प्रयोग नगर्न पुटिनको चेतावनी


रुसविरुद्ध लामा दूरीका क्षेप्यास्त्र प्रयोग नगर्न पुटिनको चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशहरूलाई चेतावनी दिएका छन्। ती देशले युक्रेनलाई क्षेप्यास्त्र उपलब्ध गराएका छन्।

पुटिनका अनुसार रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने छ र नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने छ।

रुसी सरकारी टेलिभिजनले उनको धारणा प्रसारण गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे शुक्रवार ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरसँग ह्वाइटहाउसमा छलफल गर्ने अपेक्षा गरिएको छ। स्टार्मर अहिले अमेरिका भ्रमणमा छन्।

युक्रेनी नेता भोलोदोमिर जेलेन्स्कीले पश्चिमा साझेदारहरूलाई सीमापारि रहेका निसानाहरूमा हमला गर्न उनीहरूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन्।

पुटिनले कस्तो चेतावनी दिए?

राष्ट्रपति पुटिन

तस्बिर स्रोत,Reuters

पुटिनका अनुसार पश्चिमा देशमा निर्मित लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू – संयुक्त राज्य अमेरिका र युरोपेली देशहरू – सहभागी भएको अर्थ लाग्ने छ।

“त्यसो गर्दा उनीहरूको प्रत्यक्ष सहभागिता हुन्छ। अनि वास्तवमै त्यसले यो द्वन्द्वको चरित्र र आधारभूत पक्षमा उल्लेखनीय परिवर्तन निम्त्याउँछ।”

“त्यस्तो परिस्थितिमा आफूसामु सिर्जित जोखिमलाई ध्यान दिएर हामी तदनुरूप निर्णय लिने छौँ।”

पुटिनले युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामर्थ्य नरहेको दाबी पनि गरे।

“त्यो युक्रेनसँग नभएका भूउपग्रहहरूबाट प्राप्त हुने निगरानीका डेटाबाट मात्रै सम्भव हुन्छ। युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका र नेटोका भूउपग्रहबाट मात्रै ती उपलब्ध हुन्छन्।”

पुटिनले नेटोका सदस्यराष्ट्रका सुरक्षा निकायहरू मात्रै ती क्षेप्यास्त्र प्रणालीको ‘फ्लाइट मिशन’सम्बन्धी निर्णय लिन सक्षम रहेको र यो विषय रुसमाथि क्षेप्यास्त्र प्रहार गर्ने अनुमतिमा मात्र सीमित नभएको दाबी गरे।

“यो नेटो देशहरू सैन्य द्वन्द्वमा प्रत्यक्ष ढङ्गले सहभागी हुने निर्णय लिन्छन् कि लिँदैनन् भन्ने विषय पनि हो।”

ब्रिटेनका प्रधानमन्त्री के भन्छन्?

स्टार्मर

तस्बिर स्रोत,PA Media

ब्रिटेनका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीच भेट हुनुअघि पुटिनले क्षेप्यास्त्रको विषयमा बोलेका हुन्।

किअर स्टार्मरले भने, “रुसले यो लडाइँ सुरु गरेको हो। रुसले गैरकानुनी ढङ्गले युक्रेनमाथि आक्रमण गर्‍यो। रुसले तत्कालै यसलाई अन्त्य गर्न सक्छ।” उनले रुसले द्वन्द्व निम्त्याएको र अहिले पनि गैरकानुनी काम गरेको उनले बताए।

रुसलाई सहयोग गर्न इरान अघि सरेपछि प्रधानमन्त्री स्टार्मर र विदेशमन्त्री डेभिड ल्यामीसहित युक्रेनका साझेदारहरू कस्तो प्रतिक्रिया जनाउने भन्नेबारे कूटनीतिक छलफलमा छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँग किएभको भ्रमण गरेका ल्यामीले उक्त कदमले “बहसलाई स्पष्ट ढङ्गले फेरिदिएको” बताए।

वाशिङ्टनबाट आइतवार फर्किएपछि ब्रिटेनका प्रधानमन्त्री इटलीकी प्रधानमन्त्री जोर्जा मेलोनीसँग भेटवार्ता गर्न रोम जाने छन्। हाल इटलीले औद्योगिक राष्ट्रहरूको समूह जी-सेभनको अध्यक्षता गरिरहेको छ।

त्यसको एक सातापछि संयुक्त राष्ट्रसङ्घको वार्षिक महासभामा भाग लिन विश्वनेताहरू न्यूयोर्कमा भेला हुने छन्।

युक्रेनलाई पश्चिमा देशमा निर्मित क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्ने अनुमति दिने विषयमा लामो समयदेखि सङ्कोच देखिँदै आएको थियो। त्यस्तो निर्णयबाट रुस उत्तेजित हुन सक्ने र अमेरिका र युरोपेली देशहरू पनि सोझै लडाइँमा तानिन सक्ने भयो थियो।

तर जाडोयाम सुरु हुन लाग्दा र रुसले इरानबाट थप सहयोग लिन खोजेपछि उक्त विचारमा परिवर्तन आउन लागेको जस्तो देखिन्छ।

प्रधानमन्त्री स्टार्मरलाई ‘स्टोर्म श्याडो’ नामक क्रूज क्षेप्यास्त्र प्रयोग गर्न दिने सम्भावनाबारे पनि प्रश्न गरिएको थियो।

उक्त कुरा छलफलको विषयवस्तु भएको अस्वीकार नगरेका उनले भने, “आगामी केही साता र महिनाहरूमा युक्रेन र मध्यपूर्व दुवैतर्फ कैयौँ महत्त्वपूर्ण घटना हुन सक्ने सम्भावना छ। त्यही भएर विभिन्न रणनीतिक निर्णयहरू लिनुपर्ने हुन्छ।”

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
मलेसियाका धेरै आश्रय गृहमा यौन शोषणको आरोप, प्रहरीद्वारा ४०२ नाबालिगको उद्धार

मलेसियाका धेरै आश्रय गृहमा यौन शोषणको आरोप, प्रहरीद्वारा ४०२ नाबालिगको उद्धार

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो

आज संविधान दिवस : कतै कालो,कतै उज्यालो दिन

आज संविधान दिवस : कतै कालो,कतै उज्यालो दिन

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d