Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ


दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ

आफूलाई सामाजिक अभियन्ता समेत बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाण्डू जिल्ला अदालतले आदेश दिएको छ।

अदालतले प्रसाईँलाई तीन दिन थुनामा राख्न आदेश दिएको काठमाण्डू जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईँलाई आइतवार अपराह्न भक्तपुरबाट पक्राउ गरेको थियो। उनको रक्तचाप उच्च देखिएका कारण उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए।

अवस्थीले एक महिलाको उजुरीको अनुसन्धानका क्रममा प्रसाईँलाई पक्राउ गरिएको बताएका छन्।

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईँ आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने गरेका छन्। प्रसाईँलाई विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

एक साताअघि परेको उजुरीपछि उनलाई पक्राउ गर्न प्रहरीले केही दिनअघि नै काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। आफूलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएपछि प्रसाईँ घरबाहिर ननिस्किएको विवरण आएका थिए।

प्रहरीले उनलाई मध्यपुर थिमीमा रहेको उनको घरभित्रै प्रवेश गरेर आइतवार अपराह्न नियन्त्रणमा लिएको थियो।

के सजाय हुन सक्छ

दुर्गा प्रसाईँ

प्रहरीले उनीमाथि अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म कैद हुन सक्ने कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।

“विद्युतीय कारोबार ऐन २०६३को दफा ४७को कसुर गरेको एक जना महिलाको उजुरीपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो,” ब्यूरोका प्रवक्ता अवस्थीले भने।

ऐनको उक्त दफामा विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई अधिकतम एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ।

“कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ,” उक्त दफामा भनिएको छ।

तर प्रसाईँविरुद्ध मुद्दा चलाउने वा नचलाउने निर्णय अनुसन्धानपछि मात्रै गरिने प्रहरीले जनाएको छ। प्रसाईँलाई अनुसन्धानका लागि म्याद थप गर्न आइतवार नै जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराउने तयारी भइरहेको छ।

को हुन् दुर्गा प्रसाईँ

दुर्गा प्रसाईँ

एमाले र माओवादी मिलेर गठित तात्कालिक नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड एवं केपी ओलीलाई आफ्नो घरमा मार्सी चामलको भात खुवाएको एउटा तस्बिर सार्वजनिक भएपछि प्रसाईँ एकाएक चर्चामा आएका थिए।

नेकपा फुटेपछि प्रसाईँ एमालेका केन्द्रीय सदस्य बने।

एमालेको केन्द्रीय सदस्य रहेकै बेला गत वर्ष झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहभागी गराएर एउटा कार्यक्रम गरेपछि उनलाई एमालेले दलबाट निष्कासन गरेको थियो।

त्यसपछि उनी एमालेविरुद्ध उग्र रूपमा प्रस्तुत हुँदै आएका छन्।

केपी ओलीसँग पारिवारिक नाता भएको देखाउन रुचाउने प्रसाईँले केही समयअघि पूर्वप्रधानमन्त्री ओलीको ‘विदेशको एउटा कम्पनीमा लगानी रहेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।

राजधानीमै भएको प्रसाईँको एउटा कार्यक्रमपछि केही व्यक्तिले उनलाई कालोमोसो पनि दलेका थिए। उनले एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ र एमाले नेता महेश बस्नेतको अगुवाईमा आफूमाथि कालोमोसो दलिएको दाबी गरेका थिए।

दुर्गा प्रसाईँ र युवा सङ्घको कार्यक्रमलाई लक्ष्य गरी ‘गस्तीदेखि नाकामा कडाइसम्म’

दुर्गा प्रसाईँ

गत वर्ष उनको अगुवाइमा राजधानी काठमाण्डूमा प्रदर्शनको आयोजना गरिएपछि उनी थप चर्चामा छन्।

देशमा राजतन्त्र र हिन्दूराष्ट्र ब्युँताउने अभियान चलाइरहेका प्रसाईँको अभियानको उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह सहित उनको परिवारका सदस्यहरू डेढ वर्षअघि झापा पुगेका थिए।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
वामपन्थी झुकाव राख्ने अनुरा कुमारा दिशानायक श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित

वामपन्थी झुकाव राख्ने अनुरा कुमारा दिशानायक श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित

राहतको राजनीति: चीनको सहयोगले नेपाली राजनीतिक दलहरूको स्वाधीनतामा आँच

राहतको राजनीति: चीनको सहयोगले नेपाली राजनीतिक दलहरूको स्वाधीनतामा आँच

बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

बालेनको टिप्पणी-देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d