Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

सार्वजनिक जग्गा अतिक्रमण गरी संचालित आश्रममा महेन्द्रनगरका युवाले लगाए ताला

सार्वजनिक जग्गा अतिक्रमण गरी संचालित आश्रममा महेन्द्रनगरका युवाले लगाए ताला

आफूनिकटलाई जनप्रतिनिधिले संरक्षण गरेको आरोप

कञ्चनपुरको भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरस्थित केशव आश्रममा युवा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रुपमा निर्माण भएको उक्त आश्रममा युवा विद्यार्थीले शनिबार तालाबन्दी गरेका हुन्।

अवैध संरचना हटाउने अभियान चलाएको भीमदत्त नगरपालिकाले उक्त आश्रममा तालाबन्दी गरे पनि संचालक आफूनिकट व्यक्ति रहेकाले पुनः आश्रम संचालन गर्न दिएको भन्दै युवा विद्यार्थीले तालाबन्दी गरेका हुन्। कञ्चनपुरमा सरकारी जमिन अतिक्रमणविरुद्ध आन्दोलनरत नेकपा बहुमतका युवा नेता दिपेन्द्रसिंह ऐरीले नगरपालिकाले अवैध संरचनामाथि विभेद गरिएको भन्दै आफूहरुले तालाबन्दी गरेको बताए।

कांग्रेस नेतृत्वको भीमदत्त नगरपालिकाले आफूनिकट व्यक्तिले अवैध संरचना जोगाउने र अन्य दलनिकटका संरचनामा डोजर लगाउने दोहोरो विभेदकारी नीति लिएको आरोप लगाउँदै उनले त्यस्तो प्रवृत्ति विरुद्ध एक्सनमा उत्रिएको बताए। ‘नगरपालिका आफूनिकट व्यक्तिका अवैध संरचना संरक्षणमा जुटेको छ,’ उनले भने, ‘फरक दलका मान्छेका घर भत्काउनेदेखि चाबी लगाएर भवन नियन्त्रणमा लिएको छ। तर केशव आश्रमलाई चाबी दिएर संचालन गर्न खोज्दा हामीले तालाबन्दी गरेका छौँ।’

तर, नगरपालिकाले भने केशव आश्रमलाई तालाचाबी नदिएको जनाएको छ। भीमदत्त नगरपालिका– ४ का वडाध्यक्ष शुशिल भट्टले नगरपालिकाले नियन्त्रणमा लिएका संस्थागत भवनका ताला फिर्ता नदिएको भन्दै उनीहरुले पछाडीतर्फ रहेको चाबीले खोलेर आवतजावत गरेको हुनसक्ने बताए। उनले भने, ‘संस्थागत संरचना भत्काउनु नै परे पनि भत्काउँछौँ, खोकाछाप्राको हकमा अदालतमा मुद्दा परेको छ, त्यही भएर अतिक्रमण हटाउने काम रोकिएको हो। हामीले अतिक्रमण हटाउने विषयमा पार्टी, आफन्त, विभेदभन्दा सिधै अतिक्रमण हटाउने कामतर्फ मात्रै केन्द्रीत छौँ।’

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा झडप, छ घाइते

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

बिआरआई सम्झौता स्वाधीनतामा हस्तक्षेपको संकेत भएको राष्ट्रिय एकता अभियानको जिकिर

सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा

सीके राउतले गोमालाई सांसद बनाउँन ११ लाख लिएको खुलासा

Leave a ReplyCancel reply

लोकप्रिय

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

Upendra Yadav expresses gratitude to voters after defeat

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Oli said – Congratulations, Balen Babu!

Oli said – Congratulations, Balen Babu!

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Middle East war: Tensions escalate further

Khamenei’s body to be laid to rest in Tehran’s Grand Mosque

Middle East war: Tensions escalate further

Middle East war: Tensions escalate further

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d