Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना


निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

गलकोट। बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ।

गत वर्षको तिहारमा देउसीभैलो खेलेर एक करोड रुपैयाँको कोषको शुभारम्भ गरिएकोमा कोष हस्तान्तरणको तयारीमा पुगेको छ। अहिले कोषमा ७५ लाख रुपैयाँ संलकन गरिएको छ।

धौलागिरीको एक मात्र आङ्गिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु एक करोडको छात्रवृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो।

उक्त कोषलाई छिट्टै एक करोड रुपैयाँ पुर्‍याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिलेसम्म ७५ लाख रुपैयाँ सङ्कलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुदिप सागर कँडेलले जानकारी दिए। कोष निर्माणका लागि धौलागिरी बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन्।

कोषको ब्याज रकमबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष १०० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापति कँडेलले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठन–पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियनले एक करोड रुपैयाँ ‘धौलागिरी बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो।

कोष निर्माणका लागि देउसीभैलोमार्फत् ४५ लाख रुपैयाँ संकलन भएको र काठेखोला गाउँपालिकाले तीन लाख तथा पर्वतको जलजला गाउँपालिकाले एक लाख प्रदान गरिसकेको कँडेलको भनाइ छ। यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको सम्झनामा समेत कोषलाई २० लाख रुपैयाँ प्राप्त भइसकेको उनले बताए।

उनका अनुसार कोष निर्माणमा पूर्व विद्यार्थीलेसमेत साथ दिइरहेका छन्। कोषमा एक करोड पुर्‍याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ। कोषमा बागलुङ नगरपालिकाले पाँच लाख, तमानखोला गाउँपालिकाले पाँच लाख र बरेङ गाउँपालिकाबाट दुई लाख गरी १२ लाख रकम दिने निर्णय भइसकेको र जम्मा हुँन बाँकी रहेको कँडेलले बताए।

‘धौलागिरी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ’, कँडेलले भने, ‘स्वतन्त्र विद्यार्थी युनियनले कोष निर्माण र सङ्कलन गरे पनि कोषको रकम एक करोड रुपैयाँ पुर्‍याएर क्याम्पसलाई दिइने छ, प्रत्येक वर्ष १०० विद्यार्थीको अध्ययन खर्च कोषको ब्याज रकमबाटै दिइनेछ।’

क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो। कोष निर्माणमा क्याम्पसका प्राध्यापकले एक महिनाको तलब सहयोग गरेका थिए। क्याम्पस र समुदायबीचको सम्बन्ध तथा सहकार्य बढाउन, उच्च शिक्षा अध्ययनतर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो।

आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने क्याम्पस प्रमुख सह–प्रध्यापक डा सुर्दशन सिलवालले जानकारी दिए। बागलुङ–३ किनारा टोल निवासी समाजसेवी भिमसेनकुमार श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस् भनी क्याम्पसमा श्रेष्ठ परिवारले दुई लाख सहयोग गरेका थिए।

कोषको ब्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने क्याम्पसका पूर्वप्रमुख प्रा डा रामप्रसाद उपाध्यायले जानकारी दिए। ‘अहिले पनि हामीले विद्यार्थीलाई केही छात्रवृत्ति उपलब्ध गराएका छौँ, तर त्यसले मात्र पुग्दैन’, उनले भने, ‘क्याम्पसमा स्थापना गरिने एक करोडको कोषले आर्थिक अभावकै कारण पढाइ छाड्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ।’ क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन्। रासस

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त

सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा, सञ्चालकमा दिपेन्द्र महतो नियुक्त

युक्रेनविरुद्ध ट्रम्पका निर्णयले युरोपमा दोस्रो विश्व युद्धयताकै उच्च सुरक्षा खतरा !

युक्रेनविरुद्ध ट्रम्पका निर्णयले युरोपमा दोस्रो विश्व युद्धयताकै उच्च सुरक्षा खतरा !

प्रीति जिन्टालाई १८ करोडमा सामाजिक सञ्जाल बेचेको आरोप लागेपछि…

प्रीति जिन्टालाई १८ करोडमा सामाजिक सञ्जाल बेचेको आरोप लागेपछि...

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d