Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

माओवादीको आम्दानीभन्दा खर्च धेरै

माओवादीको आम्दानीभन्दा खर्च धेरै

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को आम्दानी भन्दा खर्च धेरै देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार सो अवधिमा १ करोड ८६ लाख ५२ हजार आम्दानी भएको छ भने सो अवधिको खर्च २ करोड २० लाख ७९ हजार रहेको छ।

माओवादीले समीक्षा अवधिमा सदस्यता शुल्कबापत १ करोड ८३ लाख रुपैयाँ संकलन गरेको देखिएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा करिब आधा हो । अघिल्लो वर्ष पार्टीले ३ करोड ४३ लाख ८५ हजार रुपैयाँ सदस्यता शुल्क संकलन गरेको थियो।

सदस्यता शुल्क बाहेक यो अवधिमा माओवादी केन्द्रले चन्दा सहयोग प्रकाशन बिक्री, सम्पत्ति बिक्री तथा बैंक ब्याजबापत ३ लाख ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यही शीर्षकमा गत वर्ष ४ लाख ४९ हजार रुपैयाँ प्राप्त गरेको थियो। माओवादी केन्द्रले यो वर्ष चन्दाबापत कुनै पनि सहयोग प्राप्त गरेन। अघिल्लो वर्ष यसबापत १० हजार रुपैयाँ प्राप्त गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ।

समीक्षा वर्षमा विधान अधिवेशन गरेको माओवादीले उक्त अधिवेशनका लागि १८ लाख ६५ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यो शीर्षकमा खर्च भएको थिएन। यद्यपि अघिल्लो वर्ष माओवादीले निर्वाचनमा २ करोड ६० लाख ६६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ।

त्यस्तै, आव २०८०-८१ प्रशिक्षण तथा कार्यक्रम खर्च बापत २० लाख ५२ हजार रुपैयाँ खर्च गरिएको छ। अघिल्लो वर्ष यो शीर्षकमा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको थियो। कार्यालय सञ्चालन खर्चबापत यो वर्ष माओवादीले १ करोड ३० लाख ३३ हजार रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष ९० लाख १५ हजार रुपैयाँ खर्च भएको थियो।

यो वर्ष माओवादीले सामाजिक विकास शीर्षकमा ५० लाख रुपैयाँ खर्च गरेको छ। यो शीर्षकमा अघिल्लो वर्ष कुनै पनि खर्च भएको थिएन। त्यस्तै, अघिल्लो वर्ष ११ लाख रुपैयाँ बराबरको कार्यालय उपकरण खरिद गरेको समितिले यो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ।

गत असार मसान्तमा माओवादी केन्द्रको नाममा रहेको बैंक खातामा १४ लाख ७६ हजार रुपैयाँ नगद मौज्दात रहेको देखिएको छ। आर्थिक वर्षको सुरुमा यो रकम १६ लाख ९६ हजार रुपैयाँ रहेको थियो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

ईलाका प्रशासन कार्यालय लहानबाट  अनलाइननागरिकता सेवा सुरु

ईलाका प्रशासन कार्यालय लहानबाट अनलाइननागरिकता सेवा सुरु

महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

Leave a ReplyCancel reply

लोकप्रिय

Prime Minister Sushila Karki Assures Elections Will Be Held in Two Phases If Weather Impedes Himalayan Districts

Prime Minister Sushila Karki Assures Elections Will Be Held in Two Phases If Weather Impedes Himalayan Districts

Ravi Lamichhane Ready for ‘Revolution’ to Change Nepal’s Future

Ravi Lamichhane Ready for ‘Revolution’ to Change Nepal’s Future

Dalai Lama Wins First Grammy Award for Best Audiobook at 68th Grammy Awards

Dalai Lama Wins First Grammy Award for Best Audiobook at 68th Grammy Awards

Trump Demands $1 Billion in Compensation from Harvard Amid Ongoing Dispute

Trump Demands $1 Billion in Compensation from Harvard Amid Ongoing Dispute

Norwegian Prince’s Son, Marius Borg Hoiby, Arrested on New Charges Days Before Rape Trial

Norwegian Prince’s Son, Marius Borg Hoiby, Arrested on New Charges Days Before Rape Trial

UK MP Tulip Siddiq Sentenced to 4 Years in Jail in Bangladesh Corruption Case

UK MP Tulip Siddiq Sentenced to 4 Years in Jail in Bangladesh Corruption Case

Former Bangladesh Prime Minister Sheikh Hasina Sentenced to 10 Years in Jail Over Land Scam

Former Bangladesh Prime Minister Sheikh Hasina Sentenced to 10 Years in Jail Over Land Scam

World Bank Approves $95 Million Project to Promote Sustainable and Inclusive Financial System in Nepal

World Bank Approves $95 Million Project to Promote Sustainable and Inclusive Financial System in Nepal

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

Loading Comments...
 
    %d