Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति


मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौसम र परिस्थितिअनुसार भाषण गर्न माहिर छन्। विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला पनि यसै गर्थे। आफू जुन ठाउँमा पुगेको छ, त्यहाँको हावापानीअनुसार नै भाषण गर्ने गर्थे। अहिले त्यसलाई प्रचण्डले निरन्तरता दिइरहेका छन्।

माओवादी यतिबेला जनतासँग तराई मधेशको जागरण अभियानमा छ। पूर्वको झापादेखि सुदूरपश्चिमको कञ्चनपुर पुगेर माओवादी अभियान सकिनेछ। अभियानमा सिंगो माओवादी जुटेको छ। उसले यसलाई पार्टी संगठन विस्तार पनि भनेको छ। माओवादी नेताहरू कोशीका तीन जिल्लामा कार्यक्रम सकेर मधेश प्रदेश पसेका छन्। उनीहरू अहिले शुक्रबार सप्तरीमा छन्।

बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा संवाद अभियानमा प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको दाबी गरे। उत्पीडित उपेक्षित समुदायको सहभागितामा भएको जनयुद्धका कारण राजनीतिक परिवर्तन सम्भव भएको र राजनीतिक परिवर्तनलाई संस्थागत गर्न बनेको संविधानले धर्म निरपेक्षतालाई स्थापित गरेकाले मुस्लिम समुदाय अधिकार सम्पन्न भएको र माओवादी रहँदासम्म मुस्लिमलगायत उत्पीडित समुदायले पाएको अधिकार कसैले खोस्न नसक्ने उनको दाबी थियो।

हरिनगर–६ को मुस्लिम बस्तीमा भएको कार्यक्रममा मुस्लिम अगुवाहरूले प्रचण्डसमक्ष ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले सीमा क्षेत्रका समस्या र मुस्लिम समुदायका आवाजप्रति गम्भीर हुन आग्रह गरेका थिए। प्रचण्डले मुस्लिम समुदायलाई भनिहाले– माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएको हो, आफ्नो अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादीलाई बलियो बनाउनोस्।’

प्रचण्डले शुक्रबार सप्तरीको राजविराजमा पनि बिहीबारकै जस्तो भाषा दोहोर्याए। उनले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताए।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयामा परेको औल्याउँदै प्रचण्डले उनीहरूबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेशवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको उनले बताए। आफूलाई मधेशवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे। प्रचण्डले मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्दै मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको दाबी पनि गरे।

हिजो संविधान बनाउने बेला पनि प्रचण्ड यस्तै स्वरुपमा प्रकट हुन्थे। संविधानसभामा रहेका विभिन्न जातजातिसँग सम्बन्धित ककस उचाल्ने र संविधान बन्न नदिने उनको रणनीति थियो। नौ वर्षसम्म निरन्तर सत्तामा बसेर अहिले सडकमा पुगेपछि प्रचण्डले मुस्लिम, मधेशी समुदायलाई प्रभावित पार्ने रणनीति अख्तियार गरेका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

संशोधनका नाममा संविधान उल्टाउने खेल भइरहेको अध्यक्ष प्रचण्डको आरोप

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

Leave a ReplyCancel reply

लोकप्रिय

US Special Forces provide intelligence and planning support to Ecuadorian military

US Special Forces provide intelligence and planning support to Ecuadorian military

Annual political debate begins in China, economy top agenda

Annual political debate begins in China, economy top agenda

Experts’ meeting decides on hereditary statehood debate in Iran

Experts’ meeting decides on hereditary statehood debate in Iran

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Security Council meeting chaired by Sushila Karki, special emphasis on election security

Election Campaigning to Halt from Midnight Ahead of House of Representatives Polls

Voters Allowed to Use Six Types of Documents for Thursday’s House of Representatives Election

Middle East tensions put pressure on China’s oil imports

Middle East tensions put pressure on China’s oil imports

School premises temporarily closed, security tightened at other educational institutions

School premises temporarily closed, security tightened at other educational institutions

Iran-Israel-US war enters fourth day

Iran-Israel-US war enters fourth day

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d