Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग


चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग

काठमाडौँ – राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राजसंस्थाको पुनःस्थापनाको मागको मूल उद्देश्य नेपालमा चिनियाँ विस्तारवादलाई संस्थागत रहेको बताएका छ्न ।

राष्ट्रिय एकता अभियान, काठमाडौँद्वारा आयोजित “राजसंस्थामा चिनियाँ विस्तारवाद” विषयक विशेष छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी विश्लेषक, राजनीतिकर्मी, प्राध्यापक, अभियन्ता र कलाकारहरूले नेपालका राजाहरूले लिएका नीतिगत निर्णयहरू चीनको रणनीतिक हितमा कसरी उपयोग भएका छन् भन्ने विषयमा छलफल गरे।

कार्यक्रममा मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले मुख्य कार्यपत्र प्रस्तुत गरे। उनले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका निर्णयहरूले नेपालमा चिनियाँ प्रभावलाई कसरी संस्थागत बनाएको छ भन्ने विषयमा ऐतिहासिक दृष्टान्तहरू र कूटनीतिक सन्दर्भहरू प्रस्तुत गरे। उनले बहादुर शाहको तिब्बत हस्तक्षेप, महेन्द्र शाहको सीमा सन्धि, र ज्ञानेन्द्र शाहको सार्कमा चीनको स्थायी सदस्यताका प्रयासजस्ता विषयहरूलाई प्रमाणका आधारमा विश्लेषण गरे।

अध्यक्ष यादवले कार्यपत्रमा उठाइएका बुँदाहरूलाई थप पुष्टि गर्दै भने, “राजसंस्थाले कहिल्यै जनताको हितमा निर्णय गरेन, उसले सदैव विदेशी शक्तिसँग साँठगाँठ गरेर आफ्नो सत्तालाई जोगाउन खोज्यो। आज फेरि राजसंस्थाको नाममा चीनलाई नेपालमा गहिरो रणनीतिक प्रभाव जमाउन सजिलो बनाउने प्रयास भइरहेको छ।” उनले चिनियाँ लगानी, पूर्वाधार, शिक्षा, पर्यटन र सञ्चारका माध्यमबाट भइरहेको प्रभाव विस्तारप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वीनारायण शाहले तिब्बतसँग व्यापारिक सम्बन्ध विस्तार गरेर चीनसँगको प्रारम्भिक सम्पर्क सुरु गरेको, बहादुर शाहले चिङ चीनसँग अपमानजनक सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको, र त्रिभुवन शाहले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेपछि नेपालको विदेश नीतिमा असन्तुलन सुरु भएको ठहर गरे। महेन्द्र शाहको चीनसँगको सीमा सन्धिले नेपालको रणनीतिक स्वतन्त्रता गुमाएको र वीरेन्द्र शाहको शान्ति क्षेत्र प्रस्तावले चीनको समर्थन त पाए पनि नेपालको सार्वभौम निर्णय क्षमतामा निर्भरता बढाएको विश्लेषण कार्यक्रममा गरियो।

ज्ञानेन्द्र शाहको पालामा चीनलाई सार्कमा स्थायी सदस्य बनाउन गरिएको पहलले नेपाललाई भारत–चीन रणनीतिक द्वन्द्वको संवेदनशील घेराभित्र पुर्‍याएको वक्ताहरूले बताए। उनीहरूले यस्ता निर्णयहरूलाई चिनियाँ हितअनुकूल भन्दै राजसंस्थाले कहिल्यै राष्ट्रको दीर्घकालीन हितमा काम नगरेको आरोप लगाए।

कार्यक्रमको सञ्चालन अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशीले प्रभावशाली ढंगमा गरे। कार्यक्रममा नेपाल शंकराचार्य पीठका अध्यक्ष दयाराम पाण्डेय, दलित अभियन्ता नरेन्द्र पासवान, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, अभियानका उपाध्यक्ष भूपेन्द्र चौधरी, महिला उद्यमी लक्ष्मी ज्ञवाली, प्राध्यापक शम्भू देव, र लोकगायक रविराज साहलगायत विविध क्षेत्रका व्यक्तित्वहरूको सक्रिय उपस्थिति थियो।

छलफलको निष्कर्षमा सहभागीहरूले भने, नेपालले विगतका ऐतिहासिक भूलहरूबाट स्पष्ट पाठ सिक्नुपर्छ। राजसंस्थाको पुनःस्थापना देशको सार्वभौमसत्ता, राजनीतिक स्थायित्व र कूटनीतिक सन्तुलनका लागि गम्भीर चुनौती बन्न सक्छ। त्यसैले नेपालको दीर्घकालीन हितको लागि स्वतन्त्र, सन्तुलित र आत्मनिर्भर परराष्ट्र नीति निर्माण गर्नु अत्यावश्यक छ—यो धारणा कार्यक्रममा सर्वसम्मत रूपमा प्रस्तुत भयो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

तीनकुनेको आगजनीमा जलेर पत्रकारको मृत्यु

तीनकुनेको आगजनीमा जलेर पत्रकारको मृत्यु

शनिबार बिहान सात बजेसम्म लम्बियो कर्फ्यु

शनिबार बिहान सात बजेसम्म लम्बियो कर्फ्यु

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d