Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल: प्रधानमन्त्री ओली

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल: प्रधानमन्त्री ओली

बैंकक प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताएका छन्।

थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि आज प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो भ्रमण सफल रहेको बताए।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले थाइल्याण्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औँल्याए।

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवाराज अतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गरेका थिए।

भ्रमण दललाई स्वागत गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराएका थिए।

आज साँझ दूतावासले प्रधानमन्त्री ओलीको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उनीसहित भ्रमण दलका सदस्यहरू र यहाँस्थिति नेपाली समुदायका प्रतिनिधिहरू सहभागी थिए।

शिखर सम्मेलनले यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, अनुकूलन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैंकक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको थियो।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
अहिलेसम्म कोही जीवित फर्किन नसकेको टापुमा गएर एक व्यक्ति सकुशल फर्किए, उनले के देखे ?

अहिलेसम्म कोही जीवित फर्किन नसकेको टापुमा गएर एक व्यक्ति सकुशल फर्किए, उनले के देखे ?

मधेश प्रदेशसभाको गतिरोध हटाउन योजना विक्रीवितरण बारे छानबिन समिति गठन गर्ने सहमति

मधेश प्रदेशसभाको गतिरोध हटाउन योजना विक्रीवितरण बारे छानबिन समिति गठन गर्ने सहमति

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयोः प्रधानमन्त्री ओली

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d