Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

अहिले बालबच्चा-किशोरपुस्ता घरको खानामा भन्दा बढी जंकफुडमा लोभिएका छन् । दाल, भात, तरकारीलाई पिज्जा, बर्गर, मःम र चाउमिनले विस्थापित गर्दैछ । यसैगरी पानी, चिया, दूध जस्ता प्राकृतिक पेयको ठाउँ कोक, फ्यान्टा र मिरिन्डाले ओगट्दैछ । जिब्रोको स्वाद फेर्दै गएका यी खान्कीले कलेजोलाई भने नराम्ररी क्षति पुर्‍याइरहेका छन् ।

खासमा जंकफुड र प्रशोधित पेयले ‘फ्याटी लिभर’को जोखिम बढाइदिएको छ । सामान्य  भाषामा भन्दा फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको हो । जुन ‘ननअल्कोहलिक सेतो हेपाटाइटिस’ हुने एउटा कारण पनि हो ।

जंकफुडले शरीरलाई विषाक्त बनाउँछ

जब हामी जंकफुड खान्छौं, त्यसलाई पचाउन कलेजोले हामीले सेवन गर्ने खराब तत्त्वलाई निष्क्रिय बनाउनुका साथै शरीरमा पर्याप्त मात्रामा प्रोटिनको उत्पादन गर्दछ, जसले शरीरमा विभिन्न रोगको संक्रमण तथा रक्तस्राव हुनबाट जोगाउँछ ।

तर अत्यधिक मात्रामा जंकफुडको सेवनले कलेजोमा बोसो जम्ने गर्छ, र कलेजोले सही तरिकाले काम गर्न नसक्दा शरीरमा विषाक्तता जम्मा हुने गर्छ ।

जंकफुडमा कलेजोलाई किन हानि गर्छ ?

जंकफुडमा ट्रान्स फ्याट हुन्छ । त्यो कलेजोमा जम्मा भएर बस्छ जसको कारणले फ्याटी लिभर, नन–अल्कोहलिक सेतो हेपाटाइटिस हुने सम्भावना हुन्छ ।

कोल्ड ड्रिंक्सले गर्छ कलेजोमा असर 

कोल्ड ड्रिंक्सले हाम्रो कलेजोमा ‘फ्याटी लिभर’को समस्या निम्ताउन सक्छ । कोल्ड ड्रिंक्सको अत्यधिक सेवन गर्दा शरीरमा सुगरको लेभल बढ्ने तथा कलेजोमा बोसो जम्ने समस्या देखा पर्छ ।

कोल्ड ड्रिंक्समा अत्यधिक चिनीको प्रयोग भएको हुन्छ । चिनीमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसलाई शरीरले छिटो सोस्छ र रगतमा ग्लुकोजको मात्रा बढाउँछ । यसको अत्यधिक सेवनको मोटोपन बढ्ने र कलेजोमा बोसो जम्न थाल्छ ।

शरीरमा कलेजोको भूमिका

कलेजो शरीरको सबैभन्दा ठूलो अंग हो । कलेजोले शरीरमा रहेको विकारहरू हटाउने, पित्त बनाउने, खाना पचाउने, रगत जम्ने पदार्थहरू बनाउने, शरीरलाई चाहिने प्रोटिन, आल्बुमिन, भिटामिन जस्ता पदार्थ बनाउने र ग्लुकोज, फ्याट बनाउने र स्टोर गर्ने काम गर्छ ।

कलेजोले कसरी खानेकुरा पचाउँछ ?

हामीले खाएको खानेकुराहरूलाई कलेजोले पचाएर पित्त बनाउँछ र त्यो पित्त थैली हुँदै आन्द्रामा पुग्छ । यसरी पित्त थैली हुँदै आन्द्रामा पुगेको खानेकुरा विषाक्त पदार्थको रूपमा शरीरबाट बाहिर निस्कने गर्छ ।

जब कलेजो खराब हुन्छ

जन्डिस भयो, पेट फुल्ने, पेटमा पानी जम्ने, हात गोडा सुन्निने, खाना नरुच्ने, रगत बान्ता हुने, थकान महसुस हुने, शरीर गल्ने र शरीरको कुनै भागमा काट्यो भने रगत बगिरहन्छ भने कलेजो खराब भएको हुन सक्छ ।

कस्तो खानेकुरा कलेजो मैत्री ?

पोषिलो तथा स्वास्थ्यकर खाना जस्तै हरियो सागपात, फलफूल, रेसादार खानेकुरा, माछा मासु र गेडागुडी कलेजोमैत्री मानिन्छ ।

कलेजो शुद्धीकरण गर्ने खाना

पाचन प्रक्रियामा सघाउ पुर्‍याउनेदेखि शरीरलाई विकाररहित बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कलेजोलाई स्वस्थ राख्न शुद्ध खानेकुरामा जोड दिनुपर्छ । यसका लागि हरियो सागपात, ब्रोकाउली, एभोकार्डो, चुकन्दर र गाँजर जस्ता खानेकुरा खानुपर्छ ।

यस्ता खानेकुरामा ग्लुटाथियोन नामक प्रोटिन पाइन्छ, जसले कलेजोमा जम्मा भएका विकार बाहिर फाल्न मद्दत गर्छ । कलेजोलाई शुद्धीकरण गर्छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
भुवन केसीको निर्देशनपछि ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

भुवन केसीको निर्देशनपछि ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन

‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d