Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

सिद्धान्तविहीन भएर गन्तव्यविहीन यात्रामा कांग्रेस


सिद्धान्तविहीन भएर गन्तव्यविहीन यात्रामा कांग्रेस

नेपाली कांग्रेसको वर्तमान अवस्थालाई गहिरो गरी नियालेर हेर्दा यसका विचार, सिद्धान्त, गन्तव्य बोरामा पोको पारेर कतै थन्क्याएको हो कि जस्तो देखिन्छ। बीपीको समाजवादको सिद्धान्त पुस्तकमा मात्र सीमित हुन पुगेको देखिन्छ। कांग्रेस यतिबेला सिद्धान्तविहीन भएर गन्तव्यहीन यात्रामा हिंडेको देखिन्छ। यो आफू सिङ्गो रूपमा उभिन नसकेर सहारा खोजेर उभिएको छ। वैचारिक र सांगठनिक दृष्टिकोणले पार्टी अत्यन्तै कमजोर हुँदै गएको देखिन्छ।

कुनै बेला नेपालमा एकछत्र राज गरेको पार्टी जति पुरानो हुँदै गयो उति बलियो होला भनेको झन् कमजोर हुँदै गएको छ। कुनैबेला बीपीको प्रजातान्त्रिक समाजवादलाई सेकेन्ड–सेकेन्डमा जप्दै हिंड्ने कांग्रेसले अहिले उनको नाम समेत उच्चारण गर्न वर्षको दुईपटक जन्म र मृत्युको तिथिमिति कुर्नुपर्ने अवस्था छ।

आजको कांग्रेसले बीपीको नाम र उनको समाजवादको सपना पूरै बिर्सेको देखिन्छ। समाजवादको यात्राको लागि त जनताको गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन आदि जनसरोकारका सवालमा कांग्रेस चिन्तित हुनुपर्नेमा ऊ यस मामिलामा चुप्पै लागेको देखिन्छ।

यतिबेला कांग्रेस असाध्यै कमजोर भएर पदको लागि कतै गठबन्धन टाउको र कतै पुच्छर बनेको अवस्था पनि देखिन्छ। कांग्रेसलाई आफ्नो संगठन बलियो र जीवन्त बनाउनुभन्दा पनि सत्ताको लागि गठबन्धन बलियो बनाउन लागेको छ। नेपाली कांग्रेसले देश, जनता, बीपी र समाजवादभन्दा पनि सत्ता, शक्ति र पद, परिवार र गठबन्धनको भजन एकोहोरो रूपमा गाइरहेको सुनिन्छ।

कुनैबेला संविधान नै अप्ठ्यारोमा पर्दा गठबन्धन स्वाभाविकै भए पनि बीपीको समाजवादलाई नै बिर्सेर गठबन्धन गरिरहनुपर्ने कुनै औचित्य देखिंदैन। राजनीतिक दलहरू एउटा निश्चित दर्शन, सिद्धान्त र कार्यक्रमका आधारमा हिंडे मात्र तिनीहरूको राजनीतिक अस्तित्व र महत्त्व हुन्छ। पूर्व र पश्चिम फर्केका दलहरू सत्ताका लागि एकापसमा मिलेको नाटक गर्दा अत्यन्तै अशोभनीय देखिएको छ। यी दलहरूका सिद्धान्त र कार्यक्रम भनेका हात्तीका देखाउने दाँत जस्ता मात्र छन्।

२०७४ को निर्वाचनमा एमाले र माओवादीले पार्टी एकताको नाटक गरेर संसदीय चुनावमा कांग्रेसलाई नराम्ररी पछारेपछि कांग्रेस तङ्ग्रिन र उठ्न नसकेको अवस्थामा पाँच गठबन्धनको सहारामा गत स्थानीय निर्वाचनमा बल्लतल्ल उठ्न खोजेको देखिएको छ तर पनि ऊ अझै एक्लै आफ्नै खुट्टाले टेक्ने हैसियतमा पुगेको देखिंदैन।

ओली शासनकालमा पनि कांग्रेस संगठन निर्माणमा नलागेर पूरै निद्रामै पर्‍यो। ओली कार्यकाल पनि पार्टी अध्यक्ष शेरबहादुर देउवा दह्रो र बलियो प्रतिपक्ष बन्न नसकी सत्ताको गुलियो रसमा पल्केको हुनाले पनि तत्कालीन प्रधानमन्त्री ओलीको घमण्ड, अहंकार र दम्भ अलि बढेको थियो। ओलीले कमजोर प्रतिपक्षको फाइदा उठाई संविधान विपरीत दुई–दुई पटकसम्म संसद विघटन गरेका पनि थिए। त्यही ओलीले संसद विघटनले गर्दा उनका विरुद्ध बनेको गठबन्धनले अहिलेसम्म निरन्तरता पाएको छ।

नेपाली कांग्रेस पाँचदलीय गठबन्धनको वाम-लोकतान्त्रिक सरकारको रसास्वादनमा अल्झिएको छ। कम्युनिष्टहरू पुनः मिलिहाल्ने हुन् कि भन्ने डरले कांग्रेसले गठबन्धन तोड्न नसकेको देखिन्छ। यतिबेला कम्युनिष्टलाई सकभर मिल्न नदिई जतिसक्यो धेरै सिट जित्ने ध्येय कांग्रेसले बनाएको देखिन्छ।

राजनीतिक दलहरूले जतिसक्यो धेरै सिट जित्न खोज्नु, सरकार बनाउनु अन्यथा नभए पनि आफ्नै इतिहास र अस्तित्व नै नामेट हुने गरी जे पनि गर्न तयार हुनु पक्कै राम्रो होइन। अहिले नेपाली कांग्रेस पनि आफ्नो इतिहास र अस्तित्वलाई बिर्सेर सत्ताको लागि जे पनि गर्न तयार भएको देखिन्छ।

आज कांग्रेस बलियो भएर आफ्नै खुट्टामा उभिएर हिंड्नुपर्नेमा विचार र कार्यक्रम नमिल्ने दलसित टाउको जोडेर हिंडेको छ। नेपाली राजनीतिक इतिहासमा नेपाली कांग्रेसको एउटा छुट्टै ऐतिहासिक विरासत थियो तर त्यो विरासतलाई अहिले देउवा कांग्रेसले जोगाउन सकेको देखिएन।

कांग्रेसको सात दशकको इतिहासमा यसले प्रजातन्त्रको प्राप्ति र रक्षाका लागि थुप्रै मिहिनेत गरेको त थियो। एउटा जिउँदो पार्टीमा आन्तरिक कलह, गुटबन्दी, आलोचना हुनु स्वाभाविकै भए पनि पार्टीभित्र लोकतान्त्रिक अभ्यास, सांगठनिक क्रियाकलाप र विचारको खडेरी देखिनु अत्यन्तै दुर्भाग्य हो।

आज कांग्रेस पाँचदलीय गठबन्धनको मायाजाल, गुट र उपगुटको अन्तरद्वन्द्व र साठी/चालीसको भागबन्डाभित्र कता हराएको छ र जनतासँग र आफ्ना कार्यकर्तासँग पनि टाढा भएको देखिन्छ। कम्युनिष्टहरू क्षत–विक्षत भएको बेलामा संगठन बलियो बनाउनुपर्नेमा आपसी अन्तरद्वन्द्व, गुट–उपगुट र परिवारवादमा हराएको देखिन्छ ।

कुनै बेला बीपीको प्रजातान्त्रिक समाजवादलाई सेकेन्ड–सेकेन्डमा जप्दै हिंड्ने कांग्रेसले अहिले उनको नाम समेत उच्चारण गर्न वर्षको दुईपटक जन्म र मृत्युको तिथिमिति कुर्नुपर्ने अवस्था छ।

नेपाली कांग्रेसको विगतको इतिहासलाई नियाल्दा यो पार्टी जहानियाँ राणाशासनको समाप्ति र प्रजातन्त्रको स्थापनाका लागि स्थापना भएका दुई पार्टी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको देखिन्छ।

यो पार्टी स्थापनाको लक्ष्य, उद्देश्य र ध्येय भनेको राणाशासनको समाप्ति, प्रजातन्त्रको स्थापना, समुन्नत नेपाल र समृद्ध नेपाली बनाउने भन्ने देखिन्छ। परिणामस्वरूप यसको स्थापनाकालको लक्ष्य र उद्देश्य २००७ साल फागुन ७ गते प्राप्त भयो।

प्रजातन्त्रको स्थापनापछि प्रजातन्त्रका लागि गरिएको गौरवपूर्ण क्रान्तिलाई बिर्सिएर तत्कालीन राजाले राणाको स्थान लिन प्रयत्न गरेपछि २००७ देखि २०१५ सालसम्म राजा र कांग्रेसका बीचमा अन्तरविरोध र संघर्ष सुरु भएको देखिन्छ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइको सरकार गठन गरेपश्चात् कांग्रेसको राजनैतिक उचाइ र छवि राम्रो देखिन्छ। सायद कांग्रेसको यो छवि देखेर र नेपालको पहिचान र उपस्थिति, देश विकासले लिएको अग्रताबाट डराएर मोजमस्तीमा पल्किएका राजाले आफूबाहेक अरुलाई देश दुनियाँले राम्रो भनेको देख्न नचाहने राज परम्पराका कारण राजा महेन्द्रले १ पुस २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरी राज्यसत्ता आफ्नो हातमा लिएको देखिन्छ।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालगायत कांग्रेसका नाम चलेका सबै नेतालाई थुनामा हालेर पञ्चायत व्यवस्थाको प्रादुर्भाव गरे तर कांग्रेस निरन्तर रूपमा पञ्चायतका विरुद्ध आन्दोलन गरिरह्यो। ३० वर्षको अनवरत आन्दोलन गरेपछि कांग्रेस र कम्युनिष्ट मिलेर ऐतिहासिक आन्दोलनपछि नेपालमा २०४६ सालमा बहुदलीय प्रजातन्त्र आएको थियो।

२०४६ सालको बहुदलीय प्रजातन्त्र आएपछि अधिकांश समय नेपालको शासनसत्ता नेपाली कांग्रेसले सम्हाल्यो। २०४६ पछिको शासनसत्तामा बाँचुञ्जेल अधिकांश समय गिरिजाप्रसाद कोइरालाको एकछत्र नै चल्यो। यही समयमा कांग्रेस सत्तालिप्सा र कुर्सी मोहले निकृष्ट र घृणित राजनीतिक चक्रव्यूहमा नराम्ररी पर्यो फलस्वरूप सांसद किनबेच जस्तो क्रियाकलाप कांग्रेसमा देखापर्यो।

पार्टीका संस्थापक र निष्ठावान नेताहरू पार्टीमा बस्ने अवस्था नदेखी राजनीतिबाट संन्यास लिनुपरेको थियो। सत्तालिप्साको फोहोरी र दुर्गन्धित खेलले ३६/७२ हुँदै पार्टी फुट्नेसम्मको अवस्था पुगी पार्टी फुट्यो। नेपाली कांग्रेसमा नाम कहलिएका उच्च पदस्थ नेताहरू नै भ्रष्टाचारको आरोपमा परेर जेल सजाय समेत भोगे।

तत्कालीन नेपाली कांग्रेसका केही प्रतिष्ठित नेताले कांग्रेसमा मात्र नभएर नेपाली राजनीतिमा कलङ्कको टीका लगाए जसले गर्दा कांग्रेसको जुन छवि र विरासत थियो, त्यसमा नपुछिने गरी दाग लाग्यो।

नेपाली कांग्रेस १२औं महाधिवेशनपछि मात्र गिरिजाप्रसादपछिको नेतृत्व सुशील कोइरालामा आयो। सादगी जीवन पद्धति अँगाल्ने सुशील कोइराला अध्यक्ष र प्रधानमन्त्री भएकै कार्यकालमा २०७२ मा नेपालको संघीय गणतन्त्रात्मक संविधान बनेको थियो।

नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनबाट शेरबहादुर देउवा लगातार दुईपटक अध्यक्ष निर्वाचित भए। प्रजातन्त्रको प्राप्तिको लागि महत्त्वपूर्ण योगदान दिएका देउवा पार्टी विभाजन, गुटबन्दी र सत्तालिप्साको फोहोरी खेलमा रमाउन खोजेको देखिन्छ। उनले कुनै बेला नेपाली कांग्रेस नै फुटाले। कहिले सक्षम र कहिले अक्षम बनी राजाको सत्ता पनि चलाए।

इतिहासमा भागबन्डाको राजनीति गर्दा जम्बो मन्त्रिमण्डल बनाएर शासन सत्ताको चरम दुरुपयोग पनि गरे। गुटबन्दी र सत्तालिप्साको फोहोरी खेल खेल्न माहिर देखिएका देउवा नेपालको इतिहासमा सबैभन्दा धेरै प्रधानमन्त्री हुने भाग्यमानी व्यक्तिका रूपमा अहिले पाँचौंपटक प्रधानमन्त्री भएका छन्। उनको अबको सपना र उद्देश्य भनेको जसरी हुन्छ नेपाली कांग्रेस र सरकारको नेतृत्वमा समेत आफ्नी पत्नी आरजु राणालाई स्थापित गर्ने कसरत हुँदै गरेको देखिन्छ।

अहिलेको कांग्रेस भनेको देउवा गुटको कांग्रेस जस्तो देखिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा नै अध्यक्षमा निर्वाचित भए तर देउवाले नेपाली कांग्रेसलाई आफ्ना सबै कार्यकर्ताको कांग्रेस बनाउन सकेका छैनन्। देउवा निर्वाचित भएको ६ महिना बितिसक्दा पनि विभाग गठन हुनसकेका छैनन्। उता पार्टीकै महामन्त्री गगन थापा प्रायः छुट्टै गुटबन्दीमा सक्रिय भएको देखिन्छन्। सिङ्गो कांग्रेस बलियो बनाउने भन्दा पनि आआफ्नै तरिकाले अध्यक्षको गुट र महामन्त्रीको गुट बलियो बनाउन नै केन्द्रीय पङ्ति नै उद्यत देखिन्छ।

२१औं शताब्दीको युग अनुकूल र लोकतन्त्रलाई मलिलो र बलियो बनाएर देश हाँक्ने एउटा सक्षम नेपाली कांग्रेस जनताले खोजिरहेको अवस्थामा नेपाली कांग्रेस गठबन्धनको मायाजाल र परिवारवादमा नराम्ररी रुमल्लिएर हराइरहेको छ।

नेपाली कांग्रेसका योग्य, इमानदार र निष्ठावान कार्यकर्ताहरू सहाराविहीन भएर केन्द्रको चपेटामा परेर बोल्न नसकिने गरी निस्सासिएका छन्। देशमा राजनीति स्थायित्व र समृद्धिको लागि कांग्रेस जस्तो पुरानो पार्टी बलियो हुनुपर्नेमा कमजोर हुँदै जाँदा आज देशमा राजनीतिक अस्थिरता बढ्दै गएको छ।

यस्तो अवस्थामा कांग्रेस गुट र उपगुट, सत्तालिप्सा, तालमेल वा गठबन्धनमा मात्र नलागेर बलियो पार्टी निर्माणमा लाग्नुपर्ने देखिन्छ। कांग्रेसले बीपीको समाजवादको त्यो सपनालाई नबिर्सी पूरा गर्नुपर्छ र सैद्धान्तिक विचारमा अडिग भएर हिंड्नुपर्छ। नत्र नेपाली कांग्रेस इतिहासका पानामा मात्र सीमित नहोला भन्न सकिन्न।

भर्जिनिया, अमेरिका

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सोसल मिडियामा कसरी फैलिंदैछ महिलाका नग्न तस्वीरको व्यापार ?

सोसल मिडियामा कसरी फैलिंदैछ महिलाका नग्न तस्वीरको व्यापार ?

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

मधेस प्रदेशमा एकैदिन तीन वटा प्रहरी कार्यालय भवन उद्घाटन

ऋणको उपलब्ध गराईदिने प्रलोभन देखाएर जग्गा पास गराए

ऋणको उपलब्ध गराईदिने प्रलोभन देखाएर जग्गा पास गराए

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d