बिरेन्द्र प्रसाद नेपाल
लहान, भदौ १७ गते । सिरहाको लहान नगपालिका वार्ड नं.९, गोठटोल स्थित रहेको श्री अधारभूत विद्यालयको नवनिर्मित दुईकोठे भवन लहानका मेयर महेश प्रसाद चौधरीद्धारा समुद्धघाटन गरिएको छ । यस विद्यालयको शिक्षहरुले स्कुल व्यवस्थापन र गुणस्तरीय शिक्षाको लागी गुनासो पोख्दा लहानका मेयर चौधरीले भने यो स्कुल कक्षा ९ सम्म छ तर पाँचवटा शिक्षक मात्र छ ।
अपूग शिक्षक भएको ठाउँमा चारसय बिधार्थीलाई गुणस्तरी श्क्षिा दिन सकिदैन त्यसकारण यहाँको शिक्षालाई सवल बनाउँन जरुरी देखिएकोले ९ कलास सम्म पठनपाठन गराउन ९ वटा शिक्षक आबश्यकता भएकोले नगरपालिकाले चारवटा शिक्षक केही दिनमा दिनेछ ।
नगरपालिका भित्र रहेका दर्जनौ स्कुलहरुमा शिक्षकको आबश्यकता रहेकोले शिक्षक छनोट पदतीवाट आजकै दिन पशुपति माविमा शिक्ष छनोटको लिखित परिक्षा रहेको छ त्यसवाट छानोेट भएका शिक्षहरुवाट यो स्कुलमा पनि शिक्षकहरु नियुक्ति दिने भन्र्दै नगरपालिकाले दुईवटा थप भवन समेत वनाई दिने प्रतिवद्धता गरेको छ । पूरो जिर्ण अवस्थामा रहेका भवनमा अहिले पठनपाठन भैरहेकेले भूकम्प जस्ता दैवि प्रकोपले कुनवेलाकतिवेला भवन भत्किन सक्छ जसवाट मानवीय क्षति हुन सक्छ भने गुनासो सो स्कुल समितीका अध्यक्षले भने ।











