बिरेन्द्र प्रसाद नेपाल
लहान, असोज ३० गते । लहानका मेयर महेश प्रसाद चौधरले बस दिने प्रतिबद्धता पूरा गरेकोछ । लहान नगर प्रमुख चौधरीले एक कार्यक्रम बिच जे .एस. मुरारका बहुमुखी क्याम्पसलाई २ वाटा बस दिने घोषणा गरेका थिए । २०७९ भदौ २३ गते कार्यपालिकाको निर्णय बमोजिम यस लहान नगरपालिमा संचालनमा रहेको प्र. २– ०१ –००१ ख ०३३० ना ८ ख ८५३६ र प्र.२–०१–००१ ख ०३३१ ना ८ ख ८५३४ नम्बरको भाडा बस आजको मिति देखि त्यस क्याम्पसलाई संचालन गर्न हुनका साथै बस संचालन गर्न कर, इन्स्योरेन्स, सम्पुर्ण खर्च समेत ताँहाबाट नै व्यहोर्ने गरि संचालन गर्न दिईएको मेयर चौधरीले बताए । घोषणा अनुसारको नगर बसको बल्लुबुक सहित नगरपालिका र क्याम्पस बिच दुई पक्षको हस्ताक्षर मा बस हस्तान्तरण गरिएको बिरेन्द्र बिरुले जनकरि गरएको छ । लहान नपाको दुर्गाम गाउँ गोबिन्द्पुरको रुटमा एउटा बस अनिवार्य गर्न क्याम्पसलाई सुझाब समेत दिए मेयर चौधरीले । यो क्याम्पसलाई दुईवटा बस भए पनि ग्रामीण भेगको विधार्थीहरुलाई आवतजावतका लागि भ्याईनभ्याएको अवस्था हेरेर मेयर चौधरीले नगर बसलाई शिक्षाको हवमा गासिँएको छ । शिक्षासँग खेडवाड नहोस भाावना बोक्दै मधेश प्रदेशको लहानमा शिक्षाको गुणस्तरका लागि बस मात्रम होईन शिक्षक अपुग रहेका शिक्षणसंस्थहरुमा शिक्षक नियुक्ति जस्ता प्रतिवद्धता केही महिनामै पूरा गर्ने मेयर महेश चौधरीको शोकीय सचिव शंकर बानियाले जानकारी गराएको छ । पत्रकार एम महतोले क्याम्पस संचालकलाई प्रश्न सोधे कि आज यो वस क्याम्पसलाई दिए तर आबश्यक अनुसार ज्येष्ठ नागरीकले बृद्धभाताका लागि बैंकको कामले कदाकदाची कहिले काहि दुर्गम गाउँमा पठाउनु पर्दा बस दिन्छौ कि दिन्न ? यसको जवाफमा संचालकले भने आवश्यकता परे जतिवेला बस समाजसेवाका लागि दिन्छु भने ।












