Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

७७ वर्षपछिको हिरोसिमा र नागासाकी


७७ वर्षपछिको हिरोसिमा र नागासाकी

दोस्रो विश्वयुद्धमा अमेरिकाले परमाणु बम खसालेपछि झण्डै २ लाख १४ हजार मानिस मारिए । शक्तिशाली बम हमलाबाट ध्वस्त बनेको जापान त्यसको ७७ वर्षपछि अहिले विश्वका थुप्रै मुलुकका नागरिकका लागि श्रम तथा अध्ययनको आकर्षक गन्तव्य बनेको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै भएको जापान भ्रमणमा ७५ वर्षअघि आणविक बम खसालिएको हिरोसिमा शहरको अवलोकन गरे । हिरोसिमा शहरस्थित संग्रहालय अवलोकनपछि उनले त्यसबेला बमका कारण ध्वस्त शहरका तस्वीरहरु हेरे ।

दोस्रो विश्वयुद्धको अन्तिम वर्ष सन् १९४५ को अगस्त ६ र ९ तारिखमा अमेरिकाले जापानका दुई शहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । हिरोसिमामा जापानको एउटा ठूलो सैनिक अड्डा पनि थियो, तर ज्यान गुमाउनेमा अधिकांश सर्वसाधारण थिए ।

विश्वमा परमाणु बमको पहिलो प्रयोग नै यहीँ भएको थियो । हिरोसिमामा झण्डै १ लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिस मारिने गरी भएको विष्फोटपछि विश्व युद्ध समाप्तितिर गएको थियो ।

हिरोसिमामा खसालिएको परमाणु बममा १५ हजार टन विस्फोटक पदार्थको शक्ति रहेको मानिन्छ भने यसले १३ सय वर्गकिलोमिटर क्षेत्रलाई ध्वस्त पार्‍यो । यी दुई शहरमा विस्फोटनको प्रभाव लामो समयसम्म देखिएको थियो ।

विकिरणको असरका कारण महिनौंसम्म छालासम्बन्धी रोग र कुपोषणको समस्या देखियो । विभिन्न स्वास्थ्य समस्याका कारण यस क्षेत्रका मानिसले कम उमेरमै ज्यान गुमाइरहे ।

हिरोसिमामा परमाणु बम हमलाको भग्नावशेष ।

हिरोसिमामा बम खसाले पनि जापानले आत्मसमर्पण गरेको थिएन । हिरोसिमा आक्रमण पश्चात तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले जापानलाई युद्ध रोक्न आदेश दिँदै भनेका थिए, ‘अब पनि जापानले हाम्रो आदेश नमान्ने हो भने अन्य सहरमा हिरोसिमा जस्तै बर्बादीको वर्षा हुने छ ।’

नभन्दै अमेरिकाले पहिलो आणविक आक्रणको तीन दिनपछि नागासाकीमा अर्को शक्तिशाली विस्फोट गरायो ।

अमेरिकाको दोस्रो बम आक्रमणपछि जापानले सन् १९४५ अगस्ट १४ मा आत्मसमर्पण गरेको थियो । यसपछि दोस्रो विश्वयुद्ध समाप्तितिर मोडिएको थियो ।

अहिलेको हिरोसिमा र नागासाकी

जापानले बम विस्फोटपछि ध्वस्त भएका संरचनालाई संरक्षण गरेर राखेको छ । बम विस्फोटमा मारिएका आफ्ना नागरिकको स्मरणका लागि संग्रहालयको निर्माण गरेको छ । त्यही संग्रहालयको हालै पूर्वप्रधानमन्त्री प्रचण्डले अवलोकन गरेका हुन् ।

संग्रहालयमा त्यस समयमा विस्फोटमा मारिएका नागरिकको अवस्था, बमले जापानी नागरिकको जीवनशैलीमा पारेका प्रभाव लगायतलाई झल्काउने सामग्रीहरु राखिएका छन् । हिरोसिमा र नागासाकीको भ्रमणका लागि विश्वभरबाट मानिसहरु आउने गरेका छन् ।

नागासाकीमा दोस्रो विश्वयुद्धका बेला बनाइएको एयर बम सेल्टर, अहिले यसलाई युद्धको भग्नावशेषका रुपमा संरक्षण गरेर राखिएको छ ।

हाल संरक्षित भग्नावशेष तातेयामा एयर रेड सेल्टरमा भेटिएका एक वृद्ध कर्मचारी वातानाबे ताकुमीका अनुसार त्यसबेला ज्यान गुमाउनेको तथ्यांक केवल अनुमान मात्र हो । पछिसम्म बमको असरले धेरैको मृत्यु भयो, त्यसको लेखाजोखा नै छैन ।

‘मैले पनि परिवारका सदस्य गुमाएँ, नागासाकीमा पनि लाखौं परिवार घरबारविहीन बने’ उनले सुनाए, ‘नागासाकी बम आक्रमणबाट त्यस समयमा बचेको एउटा संरचना यही तातेयामा एयर रेड सेल्टर हो ।’

बम विस्फोटले रेलवे स्टेशन, विद्यालय, अस्पताल, उद्योगलगायतका निजी तथा सार्वजनिक क्षेत्रमा पुर्‍याएको क्षतिले यहाँका मानिसको दैनिकी निकै कष्टकर बन्यो । नागासाकीमा घाइतेको संख्या मात्र ७५ हजारभन्दा बढी थियोे । युद्धमा धेरै औद्योगिक र व्यवसायिक संरचना ध्वस्त भएका थिए ।

बम प्रहारपछि हिरोसिमा र नागासाकी सहर खरानी भएको थियो । हिरोसिमामा अमेरिकाले अगस्त ६ मा नै बम विस्फोट गरिसकेको थियो ।

बम हमलापछिको हिरोशिमा । तस्वीरः बीबीसी

संग्रहालयमा कार्यरत एक कर्मचारीका अनुसार ९ अगस्तको बिहान ११ बजे अचानक नागासाकीको आकाशमा पनि अन्धकार छायो । केही ठूलो आवाज आयो, भवनहरु ढल्न थाले ।

‘मानिसहरु बचाऊ, पानी देऊ’ भन्दै कराउन थाले । एकैछिनमा हजारौंले ज्यान गुमाए । बाँचेकाहरु आगो र धुँवामा अनगिन्ती शवहरु बीचमा चिच्याइरहेका थिए । असहाय भएर राहत र उद्धारको लागि पर्खिरहेका थिए ।

हिरोसिमामा विष्फोट हुँदा धेरैले के भयो भन्ने अनुमान नै गर्न सकेनन् । तर दोस्रो विस्फोटनमा चाहिँ अमेरिकाले बम प्रहार गरेको धेरैले अनुमान गरिसकेका थिए । संग्रहालयमा पुगेर त्यसबेलाको दृश्य हेर्ने जोकोहीको मन ७७ वर्षअघिको त्यही दर्दनाक अवस्थातिर पुग्छ ।

युद्धपछिको जापान

हिरोसिमामा आणविक बम हमलामा पनि सकुशल रहेको एक मात्र भनवनको अवलोकन गर्दै अमेरिकी पर्यटक ।

एकातर्फ युद्धको पराजय, अर्कोतर्फ कमजोर अर्थतन्त्र र बेरोजगारी जापानका लागि सबैभन्दा ठूलो चुनौती बन्यो । विस्तारै जापानले युद्धअघिको देशको आर्थिक अवस्था र विश्वबाट सिकेर अर्थतन्त्र मजबुत बनाउनतर्फ लाग्यो ।

कृषि क्षेत्रमा रोजगारीको अवसर सिर्जना गर्‍यो । युद्धअघि जापानका लागि उर्जाको मुख्य स्रोत कोइला थियो । युद्धको पराजयपछि कोइला उत्पादन घट्यो । कोइलाखानीमा काम गर्ने कोरियाली र चिनियाँ नागरिकले परिवर्तित अवस्थामा काम गर्न अस्वीकार गरे, जस कारण कोइलाखानी ठप्प भए । युद्धपछि जापानी नागरिकले नै बन्द भएका कोइलाखानी पुनः सञ्चालनमा ल्याए ।

 

त्यसबेला जापानमा मुद्रास्फीति पनि एक महत्वपूर्ण समस्या बन्यो, जसको कारणमा अस्थायी सैन्य व्यवस्थापनमा खर्च हुने ठूलो रकम थियो । त्यो खर्चको कटौती गर्दै अर्थतन्त्रमा सुधार ल्याउने नीति जापानले अघि सारेको थियो ।

युद्धअघि दुई तिहाई जापानी किसानले भाडामा जग्गा लिएर खेती गर्दै आएका थिए । जग्गामा किसानको पहुँच पुर्‍याउन जापान सरकारले जग्गा खरिद गर्‍यो । खेतीयोग्य जमिन राख्नेहरु सामान्यतया किसान थिएनन्, त्यसैले वास्तविक किसानलाई जमिनसँग जोड्न यो नीति अघि सारिएको थियो । यस प्रकारका विविध सुधारका नीति कार्यान्वयनमा आएसँगै जापानको अर्थतन्त्र पुनःर्जीवित हुँदै गयो ।

सन् १९५० को सुरुदेखि १९७० को सुरुवातसम्म जापानमा आर्थिक वृद्धिले फड्को मारेको पाइन्छ । यसलाई सरकारी नीति र जापानी नागरिकको कडा परिश्रमको फल मानिन्छ ।

हिरोशिमामा विद्यालय जाँदै बालबालिका ।

जापानले आयातित प्रविधि मर्ज गरेर कम लागतमा ठूलो उत्पादन गर्ने सक्ने प्रविधिको विकास पनि गर्‍यो । अन्य देशबाट प्राप्त ज्ञान आफ्नो प्रणालीमा फिट गर्ने जापानी नागरिकको क्षमता आर्थिक वृद्धिमा टेवा पुर्‍याउने एक कारक तत्व बन्यो ।

यसरी दोस्रो विश्व युद्ध अन्त्य भएको ४० वर्षभन्दा कम अवधिमा जापान ठूलो आर्थिक शक्तिमा परिणत हुँदै गयो । सन् १९४५ अघि जापानको सम्पूर्ण शक्ति युद्ध जित्न समर्पित थियो ।

जापानमा दोस्रो विश्वयुद्ध अघि आर्थिक विकास खासै भएको थिएन । यद्यपि ठूल्ठूला उद्योग भने थिए । जापान विकासको मुख्य आधार भनेकै गुणस्तरीय काम र कामलाई जापानी नागरिकले गर्ने सम्मान हो ।

जापान क्षेत्रफलका हिसाबले नेपालभन्दा २.५ गुणा मात्र ठूलो छ । तर कुल ग्रार्हस्थ्य उत्पादनको हिसाबमा विश्वकै तेस्रो ठूलो शक्ति हो । काम र भविष्यप्रति जापानी नागरिक आशावादी भएकै कारण कुनै समयमा ध्वस्त भएका जापानका दुई सहर हिरोसिमा र नागासाकी आज विश्वकै ठूला शहरमा गनिन्छन् ।

जापानी नागरिक इमान्दार र मिहिनेती छन् । त्यही मिहिनेत र श्रमले जापान अहिले विश्वका थुप्रै मुलुकका नागरिकका लागि श्रम गन्तव्य बनेको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

डिजिटल बैंकिङ : काउन्टरमा भीडदेखि नगद ‘सर्कुलेसन’सम्म घट्दै

अल्फाबिटाको अवैध संरचनामा चल्यो डोजर

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d