Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

सहकारीमा पैसा निकाल्न नपाएपछि तोडफोड


सहकारीमा पैसा निकाल्न नपाएपछि तोडफोड

रुपन्देही । दिउँसाे साढे १२ बजेको समय । बुटवलको राजमार्ग चौराहा नजिक रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा नागरिक र प्रहरीहरुको खचाखच भीड थियो । बाहिरै प्रष्ट सुनिने कोलाहल पनि । भित्र पस्दा गेटको सिसा तोडिएको थियो । मान्छेहरुको भीडभाड बाक्लो थियो । कारण अधिकांशले दशैं, तिहारका बेलामासमेत पैसा निकाल्न नपाएको भन्दै आक्रोशित सदस्यहरुले बुधबार सहकारीको सिसा तोडफोड गर्न भ्याए ।

सोही भीडमा बुटवल उपमहानगरपालिका वडा न–९ का मनोज गुरुङ हातमा चेक लिएर बसेका थिए । होटल व्यवसायी रहेको बताउने गुरुङले दैनिक रुपमा बचत गरेको रकम १ लाख २६ हजार भएको बताए । बुटवल– ११ की रितिका थापाले पनि आफूले पैसा निकाल्न नपाएको बताइन् ।

दुर्घटनामा परी अस्पतालमा भर्ना गरिएको बिरामीका लागि उपचार गर्न १ लाख रुपैयाँ निकाल्न आएका तिलोत्तमाका यम पौडेल निराश अनुहारमा सहकारीका कर्मचारीसँग समस्या बताउँदै अनुनय गर्दै थिए । तर उनको अनुनय सुन्न कर्मचारीहरुले कुनै चासो दिएका थिएनन् ।

पौडेलले ३ वर्षअघिदेखि जम्मा गरेको बताउँदै बचतमा केही रकम र मुद्दती खातामा ५ लाख रुपैयाँ भएको जनाउँदै अप्ठ्यारोमा चाहिएला भनेर जम्मा गरेको रकम निकाल्न नपाउँदा उनी कसरी उपचार गर्ने चिन्तामा थिए । ईट्टाभट्टीका होटल व्यवसायी हरि थापाले करिब १ लाख २० हजार रुपैयाँ भए पनि सिमित पैसा निकाल्न नपाउँदा सहकारीको कार्यप्रति क्रोध पोखे ।

२०५७ सालमा स्थापना भएको सुप्रिम सहकारीको प्रधान कार्यालय बुटवल–९ चौराहामा छ । रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुमा कारोबार गरेको सहकारीले दाङमासमेत शाखा विस्तार गरेको उक्त सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङले बताए । २ हजार ५ सय शेयर सदस्य रहेको सहकारीमा १ अर्ब ३० करोड निक्षेप रहेको सहकारीका व्यवस्थापक सागर केसीले जनाए ।

सहकारी यस्तो अवस्थामा आउनुको कारण के हो ? भन्ने जिज्ञासामा व्यवस्थापक केसीले भने पछिल्लो समय नेपाली बजारको तरलताले यस्तो भएको प्रतिक्रिया दिँदै ग्राहकहरुको समस्यालाई समाधान गर्नका लागि सहकारीले सहजता अपनाउने बताए ।

सहकारीले तोडफोडपछि एक सूचना जारी गर्दै कार्तिक २३ गतेदेखि लागू हुनेगरी संस्थाको अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रत्येक खाताबाट हप्ताको २ दिन भुक्तानी हुने गरी निम्न अनुसारको रकमको चेक सटही गरिने उल्लेख गरेको छ । आईतबार– बुधबार ५ हजारदेखि १० लाख, सोमबार– बिहीबार १० हजार १० लाख, मंगलबार– शुक्रबार २० हजार २५ हजार र प्रत्येक दिन ५० वटा चेक सटही गरिने जनाइएको छ ।

सो सहकारीले मेगा बैंक, सिटिजन बैंक, ग्लोवल आईएमई बैंक, प्राइम बैंक, गरिमा विकास बैंक र राष्ट्रिय सहकारी बैंक लगायतमा गरी २ करोड रुपैयाँ रहेको र बैंकले प्रतिदिन ९ लाख ९० हजार मात्रै दिने भएकाले पनि समस्या भएको हो । त्यसैले शेयर सदस्य र बचतकर्ताहरुलाई सहज प्रदान गर्न सहकारीको सञ्चालक समूह र व्यवस्थापक टिम लागि परेकाले सदस्यहरुलाई स्पष्ट पार्नका लागि मंसिर महिनाभित्रै साधारण सभा गर्ने तयारी गरेको व्यवस्थापक केसीले बताए ।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएकाले समस्या भएको भनी प्रतिक्रिया दिएका व्यवस्थापक र सहकारीमा आएका सदस्यहरुको भनाइ भने बाझिन पुग्यो । सदस्यहरुले भने सुप्रिम सहकारीका सञ्चालकहरुले जग्गा खरिदमा धेरै लगानी गरेको र पछिल्लो समय जग्गा कारोबार ठप्प भएकाले समस्या आएको जनाएका थिए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

हत्या मुद्दा खेपिरहेका उपेन्द्रलाई भोट नदिने सप्तरीबासीको उदघोष

स्वतन्त्र उमेदवार  सुरेश कार्की समाजमा स्थापित हुँदै

स्वतन्त्र उमेदवार सुरेश कार्की समाजमा स्थापित हुँदै

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d