Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

ओलिको मुख्य सेना प्रतिनिधि सभामा बस्न नपाउने भए पछि

ओलिको मुख्य सेना प्रतिनिधि सभामा बस्न नपाउने भए पछि

काठमाडौं । संघीय संसदको निर्वाचनको सकिए लगत्तै नयाँ सरकार गठन हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट रहेका सबै पदाधिकारीहरु पराजित भएका छन् । कोरोना संक्रमणको बेला यति र ओम्नी समूहसँगै विवादमा परेका एमालेका दोस्रो वरियतामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि भावी नेतृत्वको सम्भावित व्यक्तिको रुपमा देखिएका सबै नेताहरु पराजित भएका छन् ।

यो पराजयसँगै एमालेको भावी नेतृत्वको दाबी गर्ने महासचिव शंकर पोखरेलको राजनीतिक जीवनमा धक्का लागेको छ । अर्कोतर्फ भावी नेतृत्वकै दाबी गरिरहेका उपाध्यक्ष विष्णु पौडेललाई पार्टीभित्रको आन्तरिक राजनीतिमा फाइदा पुगेको छ ।

उनले रुपेन्देहीको चार क्षेत्रमध्ये एमालेलाई तीन वटामा र एमालेले समर्थन गरेको एउटा गरी चार वटैमा जिताएर आफूलाई केन्द्रीय राजनीतिमा अब्बल सावित गरेका छन् ।

४ पदाधिकारी बाहेक १९ सदस्यीय सचिवालयका नेताहरु संघीय संसदमा प्रतिस्पर्धा गरेका थिए । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा बादल तथा उपमहासचिव विष्णु रिमालले निर्वाचनमा भाग लिएनन् ।

उम्मेदवार बनेकामध्ये वरिष्ठ नेता ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव लेखराज भट्ट पराजित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं ५ बाट पराजित भए । २०७४ सालको चुनावमा ठूलो मतान्तरले जितेको काठमाडौं ५ वरिष्ठ नेता पोखरेलले विरासत जोगाउन सकेनन् । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार भन्दा बढी मतान्तरले पराजित भए ।

६८ वर्ष भैसकेका पोखरेल अब पार्टी विधानको कारण नयाँ कार्यकालमा कार्यकारी जिम्मेवारी पाउने छैनन् । एमालेको विधान अनुसार पोखरेलको सक्रिय राजनीतिमा बिराम लाग्ने देखिन्छ । अर्का उपाध्यक्ष पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भए ।

त्यसैगरी दाङ २ मा महासचिव पोखरेल नेकपा माओवादीकी नेतृ रेखा शर्मासँग झिनो मतान्तरले पराजित भए । एमाले महासचिव पोखरेल र शर्माबीचको अन्तर १ सय ९६ मतको थियो ।

पोखरेल गत वर्ष भएको पार्टीको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा छनोट गरेको नेता हुन् । गत मंसिरमा भएको एमाले महाधिवेशनबाट हालका उपाध्यक्ष विष्णु पौडेलले महासचिवको दाबी गरिरहेको भए पनि पोखरेललाई टिका लगाइएको थियो ।

दाङमा उनकै कारण प्रदेश राजधानी बनाएर पौडेललाई राजनीतिक रुपमा पछि पारिएको थियो । अहिले महाससचव पोखरेल आफैँ मात्र हारेनन् दाङमा एमालेको विरासत कमजोर बनाए ।

त्यसैगरी एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि गुल्मी १ बाट पराजित भए । उनलाई कांग्रेसका चन्द्र भण्डारीले २ हजार बढी मतले पराजित गरे । २०७४ सालको चुनावमा ज्ञवालीले भण्डारीलाई नै पराजित गरेका थिए ।

ओलीको ‘कोर’ टिममा बसेर काम गरेका महासचिव पोखरेल र ज्ञवाली दुवै पराजित भएका छन् । नेकपा विभाजनपछि माओवादी केन्द्रबाट एमालेमै रहेका सचिव लेखराज भट्ट कैलाली ४ बाट पराजित भए ।

सत्तारुढ गठबन्धनको भागमा नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बलायरलाई कैलाली ४ बाट उम्मेदवार बनाइएको थियो ।

त्यसैगरी सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना शुरु हुन सकेको छैन । अर्याल पनि अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भूमि व्यवस्था मन्त्री भएकी थिइन् । अहिले त्यहाँको मत गणना हुन बाँकी छ । अर्याल कमजोर भएकै कारण मतगणना गर्न नदिइएको चर्चासमेत चल्न थालेको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
साताको आडमा नवराजपुर गाउँ पालिकाको अध्यक्षको  छोरा सरकारी गाडीको दुरुपयोग गर्दै

साताको आडमा नवराजपुर गाउँ पालिकाको अध्यक्षको छोरा सरकारी गाडीको दुरुपयोग गर्दै

धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

बिरगंज महानगरको ठूलो लापरवाही बीपी उधान बनाउन दिएको जग्गामा बसपार्क बनाइ चर्को रकम असुलदै

बिरगंज महानगरको ठूलो लापरवाही बीपी उधान बनाउन दिएको जग्गामा बसपार्क बनाइ चर्को रकम असुलदै

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d