Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

काठमाडौँमा गरियो आम्बेडकरको स्मरण, सामाजिक सद्भाव बढ़ाउन उनको योगदान अतुलनीय : अध्यक्ष यादव


काठमाडौँमा गरियो आम्बेडकरको स्मरण, सामाजिक सद्भाव बढ़ाउन उनको योगदान अतुलनीय : अध्यक्ष यादव

२० मङ्सिर २०७९ काठमाडौँ । जबसम्म तिमीले समान अवसर, स्वतन्त्रता र सामाजिक न्याय हासिल गर्न सक्दैनौं, कथित ‘लोकतन्त्र’ले जुनसुकै हकअधिकार दिएपनि त्यो तिम्रो लागि कुनै कामको हुँदैन ।” यो भनाइ हो भारतका प्रसिद्ध विद्वान, संविधान निर्माता डा. भिमराव अम्बेडकर को । भारतीय समाजमा हरेक जाति, वर्ग र समुदायमा प्रिय रहेका डा. अम्बेडकर विश्वकै सबैभन्दा ठूलो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश भारतका संविधान निर्माता हुन् । अहिले भारत जुन विकास, उन्नति र समृद्धिको सपनासहित माहाशक्ति राष्ट्रको रुपमा उदय हुँदैछ, त्यो डा. अम्बेडकरद्वारा लिखित संविधानको जग र बलमा मात्र सम्भव छ ।

आफ्ना क्रान्तिकारी सुधारवादी विचारका आधारमा विश्वभर परिचित डा आम्बेडकर नव भारतकाे निर्माणमा भुमिका खेल्ने एक एतिहासिक एवम सम्मानित राजनेता थिए । उनलाई कुशल अर्थशास्त्री, राजनीतिज्ञ र समाजसुधारकको रूपमा भारत बाहिर पनि स्मरण गर्ने गरिएको छ ।

आज ६ डिसेम्बर २०२२ का दिन डा आम्बेडकर ले देहत्याग गरेको ६५ बर्ष बितेको छ । सन १९५६ मा आजै का दिन उनको परिनिर्बाण भएको थियो । यहि सन्दर्भमा राजधानि काठमाडौंमा आज राष्ट्रिय एकता अभियानले, डा आम्बेडकर को स्मरणमा एक कार्यक्रमको आयोजना गरेको छ ।

आम्बेडकरको विचार र सिधान्तको गलत व्याख्यान भइरहेको भन्दै उनको स्वतन्त्रता, समानता र समावेशी सिधान्त को आधारमै सामाजिक सद्‌भाव कायम हुन सक्ने कथन कार्यक्रमका वक्ताहरूको थियो ।

सनातन धर्म भित्रको विकृति र विसङ्गति बिरुद्ध अभियान चलाएर धर्म र संस्कृतिको स्वच्छतामा योगदान दिएका डा आम्बेडकर लाई एक श्रेष्ठ मानवतावादी नेताको रुपमा स्मरण गर्दै आभियान का अध्यक्ष विनय यादवले सनातन धर्मको सबलता का लागि जातीय छुवाछूत लाई गम्भिर समस्याको रुपमा इगिंत गरेका छन् ।
छुवाछुत र भेदभाव सनातन धर्मको हिस्सा नरहेको यादवको भनाई थियो । र सामाजिक न्यायका लागि लड़ेका डा अम्बेडकर हाम्रा लागि प्रेरणा स्रोत रहेको उनको कथन थियो । आम्बेडकर को विचारलाई अपव्याख्यान गरेर केही समाज बिरोधी तत्वहरूले सनातन हिन्दू धर्म बिरुद्ध षड्यन्त्र गरिरहेको भनि त्यस्ताको प्रतिकार गर्नु नै अभियानको मुल उद्देश्य रहेको अध्यक्ष यादवले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका मधेशी आयोग की माननीय सदस्य श्रीमती रेणु साहले राष्ट्रिय एकता अभियानको खुलेर प्रशंसा गरेकी छन् । राष्ट्रियता र मौलिक पहिचानका लागि लडिरहेका अभियान लाई नैतिक समर्थन र सहयोग रहने बताएकी छिन् ।

कार्यक्रममा अभियान का केंद्रीय सदस्य चन्द्र यदुवंशी,मिना देवी साह, युवा अभियंता राजीव देव, अभियान निकट विधार्थी परिषद का पप्पू यादव लगायत ले मनतव्य राखेका थिए, कार्यक्रम संचालन सूरज रेगमी ले गरेका थिए ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
तटबन्ध निर्माण गर्दा पानीको बहाव नेपालतर्फ नआओस् भनेर सचेत गराइए

तटबन्ध निर्माण गर्दा पानीको बहाव नेपालतर्फ नआओस् भनेर सचेत गराइए

सिटिइभिटीको कार्यक्रमहरू मधेश प्रदेश प्रमुख साहले दुरुपयोग गरेको आरोप

सिटिइभिटीको कार्यक्रमहरू मधेश प्रदेश प्रमुख साहले दुरुपयोग गरेको आरोप

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

Leave a ReplyCancel reply

लोकप्रिय

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

Upendra Yadav expresses gratitude to voters after defeat

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Oli said – Congratulations, Balen Babu!

Oli said – Congratulations, Balen Babu!

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Middle East war: Tensions escalate further

Khamenei’s body to be laid to rest in Tehran’s Grand Mosque

Middle East war: Tensions escalate further

Middle East war: Tensions escalate further

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d