Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

चिनियाँ नेताहरुले विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम गरेको भन्दै आलोचना


चिनियाँ नेताहरुले विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम गरेको भन्दै आलोचना

काठमाडौं- विश्‍व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरु पुगेर क्षति पुग्‍ने गतिविधिहरुमा संलग्‍न भएका छन्। ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हङकङ हुँदै काठमाडौं आइपुगेका चिनियाँ धार्मिक तथा सांस्कृतिक संस्थाका एक जना महासचिवले लुम्बिनीमा पुगेर प्रतिबन्धित गतिविधि गरेका हुन्।

चाइना रिलिजियस कल्चर कम्युनिकेसन एसोसिएसनका महासचिव हान सोङको स्वागतमा अशोक स्तम्भ राखिएको मुल परिसरमा नै भव्य कार्यक्रम गरेर त्यहाँको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइएको छ। जसले गर्दा विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै आलोचना भइरहेको छ।

उक्त क्षेत्रमा कुने हो-हल्ला हुने कार्यक्रम तथा गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्‍ने गरी गतिविधि गरिएको हो। यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ।

सोङ क्याथे प्यासिफिक एअरको उडान नम्बर सिएक्स ६०३ मा राति साढे १० बजे काठमाडौं विमानस्थलमा आइपुगेका थिए। यसअघि पनि युनेस्कोमा प्रतिबन्धित गतिविधिहरु भएको भन्दै विश्‍व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो।

विश्‍व सम्पदा सूचीबाट लुम्बिनीलाई हटाउने चेतावनीका बाबजूद पनि चिनियाँ टोली पुगेर त्यसलाई बल पुग्‍ने गरी गतिविधि गरेका हुन्। यसअघि
लुम्बिनी विकास कोषभित्र गुरुयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी दिएको थियो।

लुम्बिनीको पवित्र उद्यान क्षेत्रभित्र विकास कोषले गुरुयोजना विपरित संरचना निर्माण गरेको र त्यस क्षेत्रको शान्ति खलबलाउने गतिविधि गरेको भन्दै लुम्बिनी विश्व सम्पदा सूचिबाट हट्नसक्ने चेतावनी दिइएको थियो।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो। यूनेस्को विश्व सम्पदा केन्द्रको ४३औं सत्रको निर्णय र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोली लुम्बिनी आएर अध्ययनसमेत गरेको थियो।

   

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

होम वर्क नबनाएको निहुँमा विद्यार्थीलाई पिटाई

होम वर्क नबनाएको निहुँमा विद्यार्थीलाई पिटाई

Leave a ReplyCancel reply

लोकप्रिय

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d