सिरहा,८ श्रावण। सिरहाको गोलबजार नगरपालिकामा एमालेको संगठित सदस्य संख्या ५३ प्रतिशतले घट्यो भनी गरिएको समाचार सम्प्रेषण प्रती एमाले पार्टीको ध्यान आकर्षण भएको छ ।
आज नेकपा एमाले पार्टीका नगर कमिटीले गरिएको पत्रकार सम्मेलनमा मार्फत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको हो । ।

एमालेको संगठित सदस्य संख्यामा गिरावट भनी गरिएको समाचार सम्प्रेषण प्रती नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मन्डलले भने , के अधारमा समाचार लेखिएको हो? उनले पार्टीका कुन सद्स्य सङ प्रतिकृया लिएर समाचार सम्प्रेषण गरिएको छ ? यस्तो भ्रामक समाचार प्रती कुनै सत्यता नरहेको जनाएको छ ।उनले भने, गोलबजार नगरमा ८४६ जम्मा पार्टी सद्स्य रहेकोमा हाल २०८० अषाढ सम्मा १५११ पार्टी सद्स्य वृद्धि भएको जानकारी दिए ।

यता,नेकपा एमालेका नगर कमिटी गोलबजारले सम्प्रेषण गरिएको समाचार प्रती असन्तुष्टि जनाउदै प्रेस बिज्ञप्ती जारी गरिएको पत्रमा ,पछिलो केही दिन देखि दवानल अनलाइनका सम्पादक अर्जुन थपलियाले नेकपा एमाले र नेकपा एमाले बाट निर्वाचित जन्प्रतिनिधीहरुको बारेमा नेकपा एमाले लाई कम्जोर पार्ने किसिमका तथ्यहिन कुराहरु सम्प्रेषण गरि जन्तालाइ भ्रमित पार्ने प्रयास समाचार प्रती हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षण भएको उल्लेख छ ।
तसर्थ बारमवार नेकपा एमाले द्वारा निर्वाचित जन्प्रतिनिधीहरुको शाख गिराउने गरि झुठा कपोकल्पिक दिग भर्मित गर्ने गरि समाचारहरु सम्प्रेषण गर्ने कार्य गरेको हुदा यस्तो नगर्न नेकपा एमाले सचेत गाराइन्छ भन्ने समेत जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।












