Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

चीनको ‘ट्रायल’ मा प्रधानमन्त्री प्रचण्ड


चीनको ‘ट्रायल’ मा प्रधानमन्त्री प्रचण्ड

नेपालले विकासका लागि सहयोग भित्र्याउन ‘बहुसंलग्नता’ र सैनिक गठबन्धनका सन्दर्भमा ‘असंलग्नता’ को नीति लिनुपर्छ । भूराजनीतिक अवस्थिति महत्त्वपूर्ण हुन्छ तर विकास घरेलु नेतृत्वले गर्ने हो । यसमा नेपाल धेरै पछि परिसक्यो ।
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक साता लामो चीन भ्रमण सकेर काठमाडौं फर्कर्को छन् । बेइजिङबाट छोङछिङ हुँदै ह्लासा लाग्दा नै भ्रमण अपेक्षित सफल भएको बताएका प्रधानमन्त्रीले शनिबार काठमाडौं उत्रिँदा भने, ‘भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्यो ।’

आइतबार संसद्मा बोल्दा प्रधानमन्त्रीले भ्रमण सफल भएको र सम्बन्ध नयाँ उचाइमा पुगेको दोहोर्‍याए । त्यो नयाँ उचाइ कहाँ–कसरी नेपाली जनताले देख्छन् वा कहिले–कसरी व्यवहारमा देखिन्छ, समयले बताउला ।

यति बेला बेइजिङको एकमात्र प्राथमिकता हो— चिनियाँ प्रभाव विश्वव्यापी रूपमा विस्तार गर्नु, चीनको जबर्जस्त उदयलाई नियन्त्रण गर्न भइरहेका प्रयासहरूलाई असफल पार्नु र अमेरिकालाई उछिनेर महाशक्ति बन्नु । बेइजिङको कोणबाट हेर्दा, प्रधानमन्त्रीको भ्रमणलाई चिनियाँ मिसनसँग जोडेर हेर्न सकिन्छ रु सकिन्छ । किनकि, चीन नियन्त्रण नीतिको कार्यान्वयनका लागि नेपाल रणनीतिक भूमिका रूपमा प्रयोग हुने जोखिम छ ।

प्रचण्ड भारत, इटाली र अमेरिकाको चक्कर लगाएर हान्जाओ पुगेभन्दा सरल छ यो ‘घेराउ नीति’ । त्यसका लागि प्रचण्ड र चिनियाँ समकक्षी लीबीच ग्रेट हल अफ द पिपलमा भएको द्विपक्षीय वार्ता र भएका १२ सम्झौता अनि एउटा समझदारीलाई पृष्ठभूमिमा राख्नुपर्छ । किनकि ती सहमति अफ्रिकाको कुनै देशका कार्यकारी प्रमुख चीन भ्रमणमा जाँदा पनि हुन सक्ने स्तरका हुन्, भूगोलसँग सम्बन्धितबाहेक । भूगोल फेर्न सकिँदैन ।

विश्वको दोस्रो ठूलो शक्ति चीनका शक्तिशाली राष्ट्रपतिको रणनीतिक लक्ष्य र त्यो हासिल गर्ने कार्यनीतिक बाटाको केही छनक १३ बुँदे संयुक्त वक्तव्यमा देखिन्छ । बीआरआई कार्यान्वयन गर्छु भन्न नसकेका प्रचण्डले नेपाल ‘ताइवानको स्वतन्त्रता’ विरुद्ध छ भन्ने भाषामा सहमति जनाएका छन्, जबकि एक–चीन नीतिप्रतिको प्रतिबद्धताभित्रै यो विषय समेटिएको थियो । विश्वको शान्तिभूमिका तर ‘कमजोर’ प्रधानमन्त्रीको सामर्थ्यलाई बुझेर उनले थेग्न सक्ने केही सन्दर्भ चिनियाँ नेताले स्मरण गराइदिएको देखिन्छ । चिनियाँ नेताहरूलाई थाहा छ— प्रचण्ड चाहेर पनि चीनको रणनीतिक मिसनको अंग बन्न सक्दैनन् किनकि नेपालको संवेदनशील अवस्थितिले त्यसो गर्ने अनुमति दिँदैन ।

चीनले संयुक्त वक्तव्यमार्फत प्रचण्डलाई दिएको सन्देश हो— वैश्विक राजनीति र कूटनीतिमा नेपालले चीनको पक्ष लिनुपर्दैन तर अरूको पनि लिनु हुँदैन । नेपालको असंलग्नताको नीति स्मरण गराउँदै राष्ट्रपति सी र प्रधानमन्त्री लीले प्रचण्डलाई त्यसमा अडिग रहन र चीनविरोधी गतिविधिमा नेपाललाई प्रयोग हुन नदिन आग्रह गरेका हुन् । संयुक्त वक्तव्यका केही बुँदामा त्यसको संकेत छ ।

संयुक्त वक्तव्यको बुँदा २ प्रचण्ड र चिनियाँ तीन उच्च नेताको भेटवार्ताका क्रममा समान चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा दृष्टिकोण आदानप्रदान भएको उल्लेख छ । त्यस्ता मुद्दा के हुन् भन्ने पहिचान भएको छैन । प्रचण्डले भारत, दक्षिण एसियादेखि अमेरिकासम्मका वा विश्वराजनीतिमा देखिएका नवीनतम प्रवृत्तिका बारेमा के दृष्टिकोण राखे र चिनियाँ नेताले के भने, सार्वजनिक भएको छैन ।

अर्को, बुँदा ५ मा द्विपक्षीय सम्बन्धका आधारहरूको स्मरण गरिएको छ । त्यसमा सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अन्तर्राष्ट्रिय परिस्थितिमा आएका परिवर्तनका बावजुद पारस्परिक सम्मान, समानता, ऐक्यबद्धता, पारस्परिक सहयोग र ‘विन–विन’ सहयोगका आधारमा सम्बन्ध अघि बढाउँदै आएको स्मरण गराइएको छ । र, द्विपक्षीय सम्बन्ध अघि बढाउने आधारका रूपमा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्त, असल छिमेकीपनाको सिद्धान्तलाई उल्लेख गरिएको छ । त्यस्तै, रणनीतिक सञ्चारलाई बलियो बनाउने, उच्च गुणस्तरीय बीआरआईलाई अघि बढाउने र धेरै क्षेत्रमा गहिरो र पारस्परिक सहयोग विस्तार गर्नेमा दुवै पक्ष सहमत भएको उल्लेख छ ।

बीआरआईबाहेक द्विपक्षीय सम्बन्धका यी आधारबाट नेपाल सिद्धान्ततः विचलित भएको छैन । सिद्धान्त वा नीति नभएर नेपालका केही प्रधानमन्त्री र केही नेता कहिले उत्तर, कहिले दक्षिण र कहिले पश्चिम ढल्कने होइनन्, ती ‘मालिक’ रिझाएर सत्ता टिकाउने सोचीविचारी प्रयास हुन् । यसलाई थप अर्थ्याइरहनु पर्दैन । असल छिमेकीपनाको चिनियाँ सिद्धान्तको विषयले नेपाल र चीनलाई चाहेर पनि अर्को कुनै पश्चिमा शक्तिसँग तुलना गर्न दिँदैन । छिमेकी त परिवर्तन गर्न सकिँदैन ।

त्यस्तै, बुँदा ६ मा अप्ठ्यारा समयमा पारस्परिक सहयोगको इतिहास स्मरण गरिएको छ । यसभित्र नेपाली पक्षले एक–चीन सिद्धान्तको प्रतिबद्धतामा जोड दिएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, ‘सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र वैधानिक सरकार जनगणतन्त्र चीनको सरकारलाई मान्दै चीनको अभिन्न अंगका रूपमा रहेको ‘ताइवानको स्वतन्त्रता’ विरुद्ध नेपाली पक्ष रहेको छ ।’

त्यस्तै, तिब्बत चीनको आन्तरिक मामिला भएकामा नेपालले जोड दिँदै नेपाली भूमिबाट चीनलाई अलग गर्ने चीनविरोधी क्रियाकलाप हुन नदिने जनाएको छ । चीनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्ने बताउँदै नेपालले राष्ट्रिय अवस्थालाई हेर्दै स्वतन्त्र रूपमा छनोट गर्ने सामाजिक प्रणाली, व्यवस्था र विकासको बाटोलाई चीनले सम्मान र सहयोग गर्ने पनि उल्लेख छ ।

चीनका राष्ट्रपतिदेखि प्रधानमन्त्री वा उच्चस्तरका अन्य नेतासम्मले यिनै दुई विषयमा प्रतिबद्धता जनाउने हुन् । पहिलापहिला नेपालको सार्वभौमिकता, स्वाधीनता र अखण्डताप्रति कसैले आक्रमण गरेमा चीनले सहँदैन भन्ने विषय उठाउँथे । अक्टोबर २०१९ मा नेपाल भ्रमणमा आएका बेला राष्ट्रपति सीले यो मुद्दामा चीनको धारणा राखेका थिए ।

त्यसबाहेक, पछिल्ला केही वर्षमा नेपालले आफ्नो आवश्यकता हेरेर जस्तो आर्थिक–राजनीतिक मोडल अपनाउँछ, त्यसमा समर्थन रहने बताउने गरेका छन् । पहिलो मुद्दा चिनियाँ कम्युनिस्ट पार्टीले शासन सम्हालेदेखि नै हो । दोस्रो मुद्दा भने चीनले तीव्र आर्थिक विकास गरेपछि र चिनियाँ विकासको मोडलमाथि बहस हुन थालेपछिको हो ।

चिनियाँ सपना वा चिनियाँ विशेषतामा आधारित समाजवादको ढाँचा भनेको अमेरिकी नेतृत्वको पश्चिमा पुँजीवादी ढाँचाको विकल्पमा अघि सारिएको भन्ने बहस आरम्भ भएपछिको हो । नेपालले कुनै पनि विकास र व्यवस्थाको ढाँचा कतैबाट कपी गर्दैन । नेपालले सबैका सकारात्मक नीति र गतिविधिबाट सिक्ने र आफ्नो अवस्था सुहाउँदो ढाँचामा विकास गर्ने हो । दुर्भाग्य, यो गर्न नेपाल चुकिरहेको छ ।

भूराजनीतिक जटिलतामा हुँदाहुँदै पनि माल्दिभ्स दक्षिण एसियाको सबैभन्दा धनी देश भएको छ, जसको प्रतिव्यक्ति आय करिब १२ हजार अमेरिकी डलर छ । गृहयुद्ध र पछिल्लो समयको आर्थिक संकटपछि पनि श्रीलंकाको प्रतिव्यक्ति आय करिब ३४ सय डलर छ । भूराजनीतिक तानातानमा पनि सन्तुलन मिलाउँदै बंगलादेशले गरेको विकास अविश्वसनीय छ, उसको प्रतिव्यक्ति आय करिब २७ सय डलर छ । त्यसैले भूराजनीतिक अवस्थिति महत्त्वपूर्ण हुन्छ तर विकास घरेलु नेतृत्वले गर्ने हो । यसमा नेपाल धेरै पछि परिसक्यो ।

बुँदा १२ मा दुवै पक्षले वास्तविक बहुपक्षीयवाद, अन्तर्राष्ट्रिय सम्बन्धमा प्रजातन्त्रको प्रवर्द्धन र विश्व प्रशासनलाई न्यायिक र समान बनाउनेमा जोड दिएका छन् । चीनले आफूलाई

विकासोन्मुख देशका रूपमा प्रस्तुत गर्दै विकासोन्मुख देशका साझा चासोलाई पूरा गर्न संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय संयन्त्रलाई बलियो बनाउन पनि सहमत भएको उल्लेख छ । दुवै पक्ष बहुपक्षीय व्यापार प्रणालीलाई सहयोग गर्छन् र संरक्षणवादको विरोध गर्छन् भन्ने पनि उल्लेख छ ।

चीनमा प्रजातन्त्र नरहेको भन्ने पश्चिमा प्रचारप्रति चीन असन्तुष्ट मात्र छैन, प्रजातन्त्रलाई सारमा हेर्नुपर्ने र बहुपक्षीयवादलाई पनि व्यवहारमा हेर्नुपर्ने उसको धारणा देखिन्छ । अमेरिकाले सकेसम्म आफूअनुकूलका सत्ता निर्माणको प्रयास गरेको देखिन्छ भने चीनले त्यो तहको हस्तक्षेप गरेको देखिँदैन । व्यवस्था कस्तोभन्दा पनि अभ्यास के भइरहेको छ भनेर बहस हुनुपर्छ भन्ने चीन ठान्छ । चीनमा सन् १९४९ देखि चिनियाँ कम्युनिस्ट पार्टीकै सरकार छ तर १९४९ को चीनभन्दा १९९० को चीन फरक भयो भने २०२३ को चीन झन् फरक । अर्थात्, चमत्कारी विकास गरिरहेको चीन ।

अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रमा गतिविधि केन्द्रित गरी सामरिक र सैन्य गठबन्धन गरिरहँदा चीन भने विश्वव्यापी पहल घोषणा र कार्यान्वयन गरिरहेको छ । अक्टोबर २०१३ मा घोषणा गरेको बीआरआईमा १५५ राष्ट्र जोडिएका छन् । राष्ट्रपति सीले २१ सेप्टेम्बर २०२१ मा संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा विश्व विकास पहल ९ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ— जीडीआई०, २१ फेब्रुअरी २०२३ मा विश्व सुरक्षा पहल ९ग्लोबल सेक्युरेटिभ इनिसिएटिभ— जीएसआई० र १५ मार्च २०२३ मा विश्व सभ्यता पहल ९ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ— जीसीआई० को घोषणा गरिसकेका छन् । छिट्टै चीनले विश्व पर्यावरणीय पहल ९ग्लोबल इकोलोजिकल इनिसिएटिभ— जीईई० को घोषणा गर्दै छ । अर्थात्, उसकै भाषामा अमेरिकी ‘ब्लक’ राजनीतिविरुद्ध चीनले ‘साझा भाग्य र साझा विकास’ को विश्वव्यापी पहल लिइरहेको छ ।

नेपाल जसरी अमेरिकी हिन्द–प्रशान्त रणनीति ९आईपीएस० र राज्य साझेदारी कार्यक्रम ९एसपीपी० को अंग बन्न सक्दैन, त्यसरी नै जीएसआईको अंग पनि बन्न सक्दैन । नेपाल महाशक्तिहरूको एकअर्कालाई निषेध गर्ने कुनै सामरिक संरचनामा प्रवेश गर्दैन किनकि नेपाली सामर्थ्यले यो थेग्न सक्दैन । वक्तव्यमा उल्लेख भएअनुसार, नेपाली पक्षले चीनले लिएको जीडीआईलाई सहयोग गर्ने र जीडीआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी हुनेबारे विचार गर्नेछ, जुन सकारात्मक छ ।

प्रचण्डले भ्रमण सफल भयो भनिरहँदा चिनियाँ नेतृत्वलाई एमसीसी, आईपीएस वा ऊर्जा व्यापारका प्रसंगमा नेपालको हित हेरिएको र ती चीनविरुद्ध नभएको विश्वास दिलाएका हुन सक्छन्, तर मूलतः त्यो अब व्यवहारमा देखिनुपर्छ । बीआरआई कार्यान्वयन गर्न नसक्नुमा सहयोग मोडालिटीमाथिको अनिर्णय हो वा अन्य शक्तिको दबाब रु यो पनि प्रधानमन्त्रीले अब लिने निर्णयमा भर पर्छ ।

नेपालले विकासका लागि सहयोग भित्र्याउन ‘बहुसंलग्नता’ र सैनिक गठबन्धनका सन्दर्भमा ‘असंलग्नता’ को नीति लिनुपर्छ । नेपालको विकासका लागि भारत, चीन, अमेरिका लगायत सबैको सहयोग चाहिन्छ । त्यसका लागि ती कुनै पनि शक्तिको सैन्य गठबन्धनमा नेपाल सहभागी हुँदैन । यदि सहयोगसँगै तिनका सामरिक र सैन्य गठबन्धनमा सहभागी हुन दबाब दिन्छन् भने नेपालले भन्न सक्नुपर्छ— तिम्रो सहयोग तिमी नै राख, हामीलाई चाहिँदैन । ईकान्तिपुर

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन सरकारलाई निर्देशन

महौल बिगार्न खोज्ने लाई प्रहरीले धपायो , त्रिभुवन चोक शान्त छ

महौल बिगार्न खोज्ने लाई प्रहरीले धपायो , त्रिभुवन चोक शान्त छ

काेशीमा हिक्मत कार्कीले पनि विश्वासको मत नपाउने सम्भावना, पाँचौँ मुख्यमन्त्री काे ?

काेशीमा हिक्मत कार्कीले पनि विश्वासको मत नपाउने सम्भावना, पाँचौँ मुख्यमन्त्री काे ?

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d