Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’


हामी त आयौं, तर ग्रिनेड फालेर बचाउने साथी बन्धक छन्’
काठमाडौं । ८ अक्टुबर २०२३, शनिबार बिहान इजरायलको आकाश धुम्म थियो । चितवनको रामपुर क्याम्पसबाट इजरायल गएकी विद्यार्थी शोभा पासवानका अनुसार धुँवाको कालो मुस्लो मात्र देखिन्थ्यो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तरगत त्यहाँ पुगेकी पासवान के भइरहेको छ भन्ने भेउ पाइरहेकी थिइनन् । किनकि इजरायलमा मिसायल प्रहार भएर साइरन बज्नु सामान्य जस्तै भइसकेको थियो । ‘तर अरुबेलाभन्दा लामो समयसम्म साइरन बजिरहँदा एकदमै डर लाग्यो’, उद्धार उडानमार्फत काठमाडौं आएपछि पासवानले अनलाइनखबरसँग सुनाइन्, ‘बाहिर साथीहरु कुदेको देखेपछि बंकरतिर गयौं । किनकि त्यस्तो बेला बंकरमा सुरक्षित भइन्छ भन्ने पहिल्यै सिकाइएको थियो ।’

पासवानका अनुसार, सुरुमा अरुबेला जस्तै सामान्य मिसाइल आक्रमण होला भन्ने उनी र साथीहरुले सोचेका थिए । ‘तर केहिवेरमा फार्मको बोस आएर इजरायल र हमासबीच द्वन्द्व सुरु भएको बताउनुभयो, त्यसपछि दिमाग पूरै ब्ल्यांक भयो’, उनले थपिन्, ‘त्यतिञ्जेल काम गर्ने ठाउँभित्रै थियौं, केहिबेरमा बोसले अर्को सुरक्षित ठाउँमा सार्नुभयो ।’

मुख्य सडकमा जोखिम हुने भएकाले भित्र रहेको स्थानमा लगेर उनीहरुलाई लुकाइएको थियो । त्यसपछिका चार दिन कसरी बिते भन्ने सम्झिंदा पासवान अहिले पनि भक्कानिन्छिन् । भन्छिन्, ‘पहिलो २४ घन्टा बंकरभित्र मात्र बसेर बितायौं, अर्को २४ घन्टामा मात्रै शौचालय जान पायौं ।’ दोस्रो दिन शौचालय जान बाहिर निस्किंदा पनि केहिबेरमै फेरि तनाव सुरु भएपछि भागेर भित्रै जानुपरेको उनी सुनाउँछिन् ।

बंकरमा बसेका बेला उनी समाचार सुनिरहेकी थिइन् । त्यहीबेला आफ्नै क्षेत्रमा रहेका साथीहरु मारिएको खबर उनले सुनिन् । नेपालबाट गएका विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको खबर सार्वजनिक भएको थियो ।
‘साथीहरु गुमाइसक्यौं भन्ने भएपछि मानसिक रुपमा एकदमै कमजोर भयौं’, उनले भनिन्, ‘साथीहरु मारिए भन्ने भएपनि हामी पनि बाँच्दैनौं होला भन्ने भयो ।’

‘हाम्रो साथी विपिनले ग्रिनेड नफालेको भए १७ जनाकै अवस्था के हुन्थ्यो कल्पना गर्न सकिन्न’, बिबुसा अधिकारी भन्छिन् , ‘ हामी आयौं, अब सरकारले उनको खोजीका लागि पहल गरिदेओस् । उनी रियल हिरो हुन् ।’

मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरु छन् । उद्धार भएर आएका विद्यार्थी नितिन भण्डरीका अनुसार, विश्वविद्यालयबाट इजरायल गएका ४९ जनामध्ये किबुज अलुमिममा १७ जना विद्यार्थी थिए ।

‘उहाँहरुमध्ये १० जना मृत्यु भयो, एक जना अझै मिसिङ हुनुहुन्छ’, उनले अनलाइनखबरसँग भने, ‘एक जना मेडिकलबाट डिस्चार्ज भएर हामीसँगै आउनुभयो, तीन जना अझै स्थानीय अस्पतालमा उपचाररत हुनुहुन्छ ।’

नितिन भण्डारीका अनुसार, प्यारासुटबाट झरेका हमासका लडाकूहरुले आक्रमण सुरु गरेपछि १७ जना विद्यार्थी बंकरमा छिरेका थिए । ‘त्यस्तो आक्रमण होला भन्ने कसैलाई थाहा थिएन । कसरी सुरक्षित हुने भनेर बाहिरको माहोल बुझ्दै थियौं’, उनले थपे, ‘त्यतिबेला दुईजनालाई बाहिर निस्किने बित्तिकै सुटआउन गर्‍यो ।’

बाहिर निस्किंदा साथीहरुले ‘वी नेपाली, वी नेपाली’ भन्दै गोली नहान्न याचना गरेको विद्यार्थी पासवान पनि बताउँछिन् । तर, दुई जनालाई त्यहीँ गोली लाग्यो ।

भण्डारीका अनुसार, दुई जनालाई गोली हानेपछि बंकरभित्र दुई वटा बम फ्याँकेका थिए ।

नितिन भण्डारी (दायाँ)

‘विपिन जोशीले एउटा टिपेर बंकरबाट बाहिर फाल्न भ्याएछन्, त्यसपछि अर्को बम उनीहरू हाने’, भण्डारीले थपे, ‘त्यो बम पड्किंदा अगाडिपट्टि बसेका साथीहरू घाइते भए ।’

जोशीले बंकरभित्र आएको बम बाहिर फ्याँक्दा धेरै साथीहरु जोगिएको विद्यार्थी बिबुशा अधिकारी बताउँछिन् । ‘हाम्रो साथी विपिनले ग्रिनेड नफालेको भए १७ जनाकै अवस्था के हुन्थ्यो कल्पना गर्न सकिन्न’, उनले भनिन्, ‘ हामी आयौं, अब सरकारले उनको खोजीका लागि पहल गरिदेओस् । उनी रियल हिरो हुन् ।’

ग्रिनेड फालेलगत्तै विपिनलाई हमासका लडाकूहरुले नियन्त्रणमा लिएको उनी बताउँछिन् । ‘उनी कस्तो अवस्थामा छन् भन्ने अहिलेसम्म थाहा छैन’, उनले भनिन्, ‘थाइल्याण्डले आफ्ना नागरिकलाई मुक्त गराउन वार्ता गरिरहेको बाहिर आएको छ, हाम्रो देशले पनि उसको समयमै उद्दार गरोस् ।’ अहिलेलाई आफूहरुको एउटामा आग्रह ‘सेभ विपिन जोशी’ भएको उनले बताइन् ।

विद्यार्थी नितिन भण्डारीका अनुसार, त्यतिबेला बंकरमा रहेकाहरु कोही हिँड्न र बोल्नसक्ने अवस्थामा थिएनन् । ‘पछाडि बसेका साथीहरू एकदमै सुरक्षित थिए, साथीहरू घाइते छन् भनेर एम्बुलेन्स उनीहरुले नै मगाएका थिए’, उनले भने, ‘केही समयपछि इजरायली पुलिस आएर घाइतेहरूलाई अस्पताल लगेको थियो ।’

बेपत्ता भएका विपिन जोशी ।

त्यसबेला सबै भागाभागको स्थितिमा थिए । ‘अरूलाई हेर्नेतिर ध्यानै गएन, त्यसपछिको आधा घण्टा माहोल पूरै शान्त जस्तो बन्यो’, उनले सुनाए, ‘त्यसपछि फेरि उनीहरू हाम्रो कोठातिर जान थाले, कतिपयलाई त्यहीँ गोली हानेछन् ।’

रामपुर क्याम्पस, चितवनका विद्यार्थी रिजवान शाहीका अनुसार, हवाई आक्रमणभन्दा बढी डर हतियार समेत प्रवेश गरेका हमासका लडाकूहरुबाट थियो । ‘तपाईंले पब्जी गेम हेर्नुभएको होला नि !’, उनले इजरायलको स्थिति वर्णन गर्दै भने, ‘तलबाट आक्रमण गर्नेहरु आइरहेका हुन्छन्, त्यही बेला प्यरासुट लिएर आउनेहरु पनि हुन्छन्, इजरायलमा ठ्याक्कै त्यस्तै भयो ।’

सीमामा काँडेतार डोजरले भत्काएर हमासका आक्रमणकारी इजरायलको भूमिमा प्रवेश गरिरहेका थिए । इजरायलको सैन्य शक्ति सीमाबाट आउनेलाई रोक्न केन्द्रित भइरहेको थियो । ‘त्यहीबेला मोबाइल गेममा जस्तो आतंकवादीहरु प्यारासुटबाट ओर्लिएर कोठा-कोठा छिर्दै आक्रमण गरे’, उनले सुनाए, ‘उनीहरुले गाउँलाई विशेष निशाना बनाए, अधिकांश कृषि फर्महरु पनि ध्वस्त पारे ।’

विद्यार्थी नितीन भण्डारीका अनुसार, गोली हानिएको एक ठाउँको तलपट्टि एकजना साथी ग्याँसको पछाडीपट्टि लुकेर बसेका थिए । ‘किचेनको र्‍याकमुनी उनी लुकेर बसेका थिए, त्यही रुमभित्र अगाडिपट्टि गोली चल्यो’, भण्डारीले सुनाए, ‘हामी बच्यौं, तर हामीले हाम्रो साथी गुमायौं । यो चाहिँ लाइफटाइम ट्रमा भयो ।’

अनलाइन खबर

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

चिनियाँ ऋणबारे नेपालको आँखा खोल्दै न्यूयोर्क टाइम्स

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

 

Loading Comments...
 

    %d