Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

मधेशी महिला पहिचानको समस्या


मधेशी महिला पहिचानको समस्या

हेमन्ती केवरत

मधेशी महिलाका सामाजिकअवस्था
मधेशमाबसोबास गर्ने गैर खसभाषीमहिलाहरूलाई ‘मधेशीमहिला’भन्नखोजिएको हो । यसअन्तर्गत मधेशीआदिवासीजनजाति, मधेसी, मधेशीदलित रमधेशी मुसलमानमहिलाकापहिचानकाबारेमाचर्चा गर्न खोजिएको छ ।मधेसी समाजमापितृसत्तात्मक संरचनाविद्यमान छ । यस्तो संरचनामा पुरुषहरूको सर्वेसर्वापन हुनु स्वाभाविक देखिन्छ । पितृसत्तात्मक संरचनामा घरमूली परिवारको ज्येष्ठ पुरुष सदस्य नै हुन्छ ।मधेसमा यस्तै प्रचलनविद्यमान छ । मधेसी महिलाकाविवाहपूर्व घरपरिवारबाट दिइएकाव्यक्तिवाचकनामविवाहपश्चात् आश्यर्यजनकतवरले परिवर्तन गरिन्छ । विवाहपूर्व दिइएका सीता, उमा, बुधनी, देवकी, छुन्की, दुलारी, विवाहपश्चात् हठात् परिवर्तन गरिने चलन रहेको छ । मधेसी समुदायकामहिलाहरूमा धेरैजसो परिवारमा घरपरिवारकी जेठी बुहारी भए बर्कीकनियाँ, माहिलीबुहारी भए मैझलीकनियाँ, साहिँलीबुहारी भए सैझलीकनियाँ र कान्छी बुहारी भए छोट्कीकनियाँभनीबोलाइने चलन रहेको छ । उक्तपहिचान पछिपछि गएर बधूकामाइतीगाउँका नामबाट बधूकानामकरण गरिने परम्परा रहेको छ ।
पहिचान के हो ?
पहिचानभनेको मौलिकता सहितको विशिष्ट र पृथक् चिनारी हो । परिचयमानिसको व्यक्तिगत, सांंस्कृतिक र राजनीतिकविषयवस्तुसँग सम्बन्धित हुन्छ । हरेक व्यक्तिको परिचयजातीय, लैङ्गिक, भाषिक, धार्मिक, राष्ट्रिय र सङ्घसंस्थालगायतकाअन्य धेरै परिप्रेक्ष्यहरूबाट निर्देशित हुन्छ । यो व्यक्तिगत, सामुदायिक, सामाजिक, जिल्ला स्तरीय,अञ्चल स्तरीय, प्रदेश स्तरीय, भेगीयतहदेखि राष्ट्रिय हुँदै बहुराष्ट्रिय–क्षेत्रीयपहिचानको विषयवस्तु पनिहुन सक्तछ । जस्तै व्यक्तिगत रूपमा कसैको नाम राम, श्याम, उमा, गीता, फुर्वा, आइतमाया, बुधनी जे पनिहुन सक्तछ । सामुदायिकपहिचानका सन्दर्भमाभन्नुपर्दा केवरत समुदाय, ताजपुरिया समुदाय, राजवंशी समुदाय, गन्गाई समुदाय, उराँव समुदाय, सन्थाल समुदाय, लिम्बू समुदाय, राई समुदाय, दुसाध समुदाय, मुसहर समुदाय, डुम समुदायआदिका नामबाट पनि एक खालको पहिचानकायमभएको हुुुुुन्छ । त्यसैगरी भाषातथा संस्कृतिएवम् भेग विशेषसँगजोडिएर मैथिल समाज, भोजपुरिया समाज, अवधी समाजका नामबाट पनि छुट्टै चिनारी कायमभएको हुन्छ । जिल्ला स्तरीय पहिचानका सन्दर्भमामोरङ्गेली, झापाली, पाँचथरे, धनकुटे, दैलेखी, कालीकोटे, अछामी आदिनामले एक खालको पहिचानको निर्मितिभएको पाइन्छ । प्रादेशिकस्तरमाकोशीप्रदेशकालागिकोशीय,मधेस प्रदेशकालागिमधेसी, वागमतीप्रदेशकालागिवागमतीयआदिनामले पनिपहिचानबनेको हुन्छ । नेपालको सन्दर्भमा भेगीयहिसाबले हिमाली, पहाडी, मधेसी पहिचानका सन्दर्भहरूलाई उल्लेख गर्न सकिन्छ । जातीयहिसाबले कुनै जातिविशेषलाई जनाउने नामपनिहुन सक्तछ । नेपालमाबसोबास गर्ने सबै नागरिककालागि नेपाली राष्ट्रियताको पहिचान महत्त्वपूर्ण अनि स्वाभिमानको विषयहुन जान्छ । वस्तुतःपहिचानका फरक फरक सन्दर्भहरू हुने स्पष्ट छ ।
विवाहपूर्व मधेसी महिलाका नाम
हरेककिशोर किशोरीकानामकरण तिनकाआमाबाबुले गरेका हुन्छन् । कतिपयजातजातिमा वैदिकविधानअनुसार नामकरण गर्ने चलन छ भने कतिपयकुनै विधिविधानविना नै नाम राख्ने चलनपनि छ । फेरि कतिपयआदिवासीजनजाति, मधेसी र मधेसी दलित समुदायमाशिशु जन्मेको बारकाआधारमानाम राख्ने परम्परागतप्रचलनपनि पाइन्छ । आइतबार जन्मेकीनानीको नामआइतमाया, सोमबार जन्मेकीको शिशुको नाम सोमिया, मङ्गलबार जन्मेकीशिशुको नाम मङ्गली÷मङ्ली, बुधबार जन्मेकीशिशुको नामबुधनी÷बुध्नी राखिने चलनपनि रहेको छ । रेखा, सोभा, गोमा, जानकी, गीता, उषा, सुलोचनाआदिमधेसी किशोरीकाव्यक्तिवाचकनामहरू विवाहपश्चात् हठात् परिवर्तन गरिन्छ ।यसो हुनुमा पुरुषप्रधानपितृसत्तात्मक सोच नै प्रमुखकारकतत्त्व देखिन्छ । विवाहपश्चात् महिलाहरूलाई जुराइदिएको नामको तिनले विरोध र प्रतिकार गर्न समेत सक्तैनन् । त्यसो गरेको खण्डमा त्यस्तीबधूलाई मधेसी समुदायका घरपरिवार, नाताकुटुम्ब एवम् समाजमा राम्रो बुहारी मानिँदैन । उसलाई वाचालबधूको संज्ञा दिइन्छ ।
विवाह पश्चात्माइती गाउँका नामका पछाडि ‘वाली’प्रत्यय थपेर बुहारीका नामकरण
मधेसी समुदायमाकिशोरीकाविवाहपश्चात् तिनकानाममाइतीगाउँको नामका पछाडि ‘वाली’प्रत्ययका रूपमाथपेर बोलाइने चलन छ जस्तै नरसिंह गाउँकी बधू भए नरसिंहवाली, नकटा गाउँकी बधू भए नकटावाली, भेरुवागाउँकीबुहारी भए भेरुवाबाली, डाइनियाँ गाउँकीबुहारी भए डाइनियाँबाली, सुपौल गाउँकीभए सुपौलबालीकनियाँभनीबोलाइने प्रचलन रहेको छ । यसैगरी लहानवाली, मिर्चैयावाली, जनकपुरवाली, जलेश्वरवाली, पटियापारावाली यस्तै यस्तै बधूकामाइतीगाउँसँगजोडेर बोलाइने गरिन्छ । यसरी गाउँकानामका पछाडि जोडेर लामो फेहरिस्त बनाउन सकिन्छ । यस सानो लेखमा धेरै लामो विवरण दिनु उपयुक्तनभएकाले प्रतिनिधिमुलकतवरले मात्रउल्लेख गरिएको हो ।
सन्तानको जन्म पश्चात्को फरक नामकरण
मधेसीमहिलाका सन्तानजन्मिए पछि तिनका सन्तानकानामका पछाडि फल्नाके माँय, अम्माआदि सम्बोधनगरिन्छ । जस्तै सन्तानको नाम गुड्डु राखिएको छ भने गुड्डुके माँय, रमिता राखिएको छ भने रमिताके माँयवाअम्मा यस्तै यस्तै नामले बोलाइने गरिन्छ । मङ्लीके मम्मि, बुध्निके माँय सन्तानकानामका पछाडि फल्नाके मम्मिभनीबोलाइने प्रचलनविद्यमान छ । मधेसीमहिलाकाव्यक्तिगत नामबाट प्रायजसो बोलाइने गरिँदैन । सहर बजारतिर बस्ने युवाहरूले महिलाकाव्यक्तिगत नामबाट सम्बोधन गरेको भने भेटिन्छ ।
पितृसत्तात्मक सामाजिक संरचनाको हावी
मधेसी समुदायमा घरपरिवारदेखि समाजकाकुनै विषयवस्तुकाबारेमा निर्णय गर्दा पुरुषकै सर्वेसर्वापन हुन्छ । पुरुषसत्ताहावीभएकाले मधेसी महिलाका निर्णय गर्ने अधिकार कुण्ठित भएको पाइन्छ । यस समुदायमामहिलाले कुनै कामगर्दा आप्mनो परिवारको मूली पुरुषसँगआदेश लिएर मात्रकामगर्नुपर्ने हुन्छ । बहुसङ्ख्यकमधेसी महिलाहरू आपूmखुसी निर्णय गर्न स्वतन्त्रभने हुँदैनन् । विवाहितमहिलाहरू घुम्टो भित्र बस्नु पर्ने बाध्यता, नाटक आदिमञ्चनगर्ने स्टेजमाअभिनयकालागिभागलिने अवसर नपाउने अवस्थाले मधेसी समुदायमापितृसत्तात्मकविचारधाराले जरो गाडेको देखिन्छ ।
यसरी हेर्दा के देखिन्छ भने मधेसी समुदायकामहिलाका पृथक् र विशिष्ट पहिचानको समस्या छ । यसबाटवास्तविकपहिचान सङ्कटमा पर्नुका साथै तिनकाआत्मसम्मान र स्वाभिमानमा समेत ठेस पुगेको देखिन्छ । यस्तो सन्दर्भमाबधूलाई उसको आत्मविश्वास बढाउन, मनोबल उँचो पार्नकानिम्तिउसकै विवाहपूर्वको निश्चितव्यक्तिवाचक नामबाट सम्बोधनगरिनु उपयुक्तहुने देखिन्छ । यसकानिम्तिमधेसी महिलाहरू एकपटक गम्भीर भएर सोच्दै परामर्श गरी ठोस निष्कर्ष निकाल्नु बुद्धिमानी हुने देखिन्छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको मांग

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

श्रीमानले श्रीमतीलाई कुटपिट गरि ससुराले ज्यान मार्ने धम्कि

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

आफ्नो श्रीमतीको नाममा कामै नगरी ४९ लाख भुक्तानी लिएपछि

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d