Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

राजविराजमा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि बिरोध प्रदर्शन

राजविराजमा रहेको बिटौरी र ब्लक जग्गाको समस्या समाधानका लागि बिरोध प्रदर्शन

उमेश कुमार साह
राजविराज। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाकमा रहेका बिटौरी र ब्लक जग्गाको समस्या समाधान भएको भन्दै सात बुदे माँग राख्दै पिडितहरु बिहीबारदेखी सडक संघर्षमा उत्रेका हुन्।

नगरवासीले पुस्तौदेखी बिटौरी र ब्लक जग्गा समस्या समधानको माग गर्दै यसअघि दर्जनौं पटक राजविराज नगरपालिका तथा प्रमुख जिल्ला अधिकारी मार्फत सरोकारवाला निकाय र प्रधानमन्त्रीसम्म ज्ञापनपत्र पठाई ध्यानाकर्षण गराउदाँ पनि कुनै सुनुवाई नभएकाले बाध्य भई चरणबद्ध आन्दोलनको घोषणासहित सडक संघर्षमा उत्रेको संघर्ष समितिले जनाएको छ।

संघर्ष समितिका संयोजक इर्साद अन्सारीले बिटौरी र ब्लक जग्गा समस्या समाधानका लागि निर्णायक आन्दोलनको संज्ञा दिदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् । संघर्ष समितिले नगरको करिब ६८ विगहा क्षेत्रफलमा बिटौरी तथा ब्लक जग्गामा पुस्तौदेखी बसोवास गर्दै आएका करिब ५ हजार २ सय परिवार अहिलेसम्म लालपूर्जा पाउन नसकेको भन्दै अविलम्ब लालपूर्जा उपलब्ध गराउनु पर्ने प्रमुख संघ माग उठाएका छन् ।

संघर्ष समितिले बिटौरी र ब्लक जग्गा समस्यासंगै राजविराज हटियामा निर्माणाधीन व्यवसायीक कम्प्लेक्सको निर्माण कार्य यथास्रिघ सम्पन्न गरी व्यवसायीलाई हस्तान्तरण, नयाँ बसपार्कको अधुरो निर्माण कार्य अविलम्ब पूरा गरि संचालन, राजरंगशालाको स्तरोन्तरी, खाँडो नदी तटबन्ध क्षेत्रका जग्गाको नापी र राजविराज–कंचनपुर सडक खण्ड निर्माण कार्यमा देखिएको समस्याको समाधान लगायतका मागहरु पनि संघर्ष समितिले अघि सारेका छन् ।
यसअघि राजविराज नगरपालिकामा कार्यवाहक नगर प्रमुख इसरत प्रवीणको अध्यक्षतामा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री एवं राजविराज नगरपालिकाका पूर्व मेयर अनिस अन्सारीले बिटौरी र ब्लक जग्गा समस्याको अविलम्ब समाधान नगरिए नगरपालिका कार्यालयमा तालाबन्दी, राजविराज बजार बन्द र चक्काजाम लगायतका कार्यक्रम गरिने चेतावनी दिएका थिए।

स्थानीय शिव मन्दिरको प्राङ्गणबाट सयौंको संख्यामा निस्केको जुलुस स्थानीय जनआन्दोलन चौकमा पुगि बिरोध सभामा परिणत भएको थियो । बिरोधसभामा संघर्ष समितिका संयोजक अन्सारी, पूर्व गृहराज्य मन्त्री रामकुमार चौधरी, उद्योग बाणिज्य संघ सप्तरीका पूर्व अध्यक्ष मनोज मुन्धडा, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्याल, समाजसेवी सुवि यादव, काँग्रेसका युवा नेता शम्भुलाल देव, बिरेन्द्र साह, प्रभातकुमार ललन, इन्द्रकुमार देव, अनिल देव, नेवि संघ सप्तरीका सभापति राकेश ठाकुर लगायतले ज्ञापन पत्र बुझाएको थियोे।

पहिलो चरणमा संघर्ष समितिले फागुन १८ गते राजविराज बजार बन्द, फागुन २१ गते नगरका घर तथा पसल पसलमा कालो झण्डा झुण्ड्याउने, फागुन २५ गते राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी, फागुन २८ गते राजविराजस्थित नापी र मालपोत कार्यालयमा तालाबन्दी तथा चैत ४ देखी गजेन्द्र चौकमा अनिश्चितकालिन रिले अनशन लगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । यता राष्ट्रिय मुक्ति पार्टीको काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकले समेत नगरवासीको पीडासँग जोडिएको बिटौरी र ब्लक जग्गाको समस्या समाधान गरि अविलम्ब लालपूर्जा प्रदान गर्नु पर्ने निर्णय गरेको छ ।

राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र महतोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्दै बिटौरी तथा ब्लक जग्गाको लाल पूर्जा बितरण प्रक्रिया अविलम्ब सुरु गर्नु पर्ने सरकारसँग माग गरिएको जनाएका छन् ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

सहिद रमेश रामको शालिक अनावरण गर्नुहुँदैः अध्यक्ष प्रचण्ड

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

मुस्लिम र मधेशी समुदायलाई फेरि हात लिने प्रचण्ड रणनीति

धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

धनुषामा घरभित्र गाडिएको अवस्थामा महिलाको शव फेला, श्रीमान र १० महिने छोरी बेपत्ता

Leave a ReplyCancel reply

लोकप्रिय

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d