Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

जातीय राजनीतिमा केन्द्रित यादवको चुनावमा हार पका

काठमाडौं- सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग भारी मतान्तरले पराजित भएका जनता समाजवादीका अध्यक्ष उपेन्द्र याद संसद छिर्ने बारा-२ को उपचुनावमा होमिएका छन्।

मधेस आन्दोलनका नेता यादव मंसिर ४ मा भएको निर्वाचनमा जनमत पार्टीका राउतसँग १८ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए। सीके राउत ३५ हजार ४२ मतसहित विजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा सीमित भएका थिए।

नेकपा एमालेको समर्थन हुँदा पनि यादव पराजित भएपछि उनले आफ्नो पार्टीका नेता रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर क्षेत्र रिक्त गराउँदै मैदानमा होमिएका हुन्।

मंसिरमा जुन मतान्तरसहित यादव पराजित भए त्यसले उनी र उनको पार्टीलाई निकै कमजोर स्थितिमा पुर्‍याएको छ। जातीय राजनीतिमा केन्द्रित हुने गरेका उपेन्द्रलाई चुनावमा जित निकाल्नका लागि मुद्दामा अडिक हुन नसक्न‍े स्वभाव पनि तगारो बन्‍ने देखिन्छ।

यादव मधेसमा आलोचित हुन थालेपछि उनले आफ्नो शक्ति टिकाइराख्न मधेसको जातीय समीकरणमा खेल्न थालेको हुन्। उनले मधेस आन्दोलनबाट आएका नेता कार्यकर्तालाई विस्थापित गर्दै आफूलाई सहज हुने जातीय अगुवाहरुलाई प्राथमिकतामा राखेका छन्।

उनले पार्टीको केन्द्रदेखि तल्ला संगठन संरचनासम्मै आन्दोलनबाट स्थापितहरुलाई पाखा लगाएका छन्। परिणामतः उनी कमजोर अवस्थामा पुगेका छन्।

२०६४ को पहिलो संविधान सभा निर्वाचनबाट संसदीय राजनीतिमा आएका यादव पटक-पटक मन्त्री र उपप्रधानमन्त्री बने पनि मधेसको मुद्दा सम्बोधन गराउने मामिलामा सधैं चुकेका छन्। यस विषयलाई जनताले आफूमाथि उपेन्द्रले गरेको धोकाको रुपमा बुझेपछि सप्तरीमा चुनाव हराएका हुन्।

२०७२ मा संविधान जारी हुँदा यादव सहित सबै मधेसी नेताहरुले ६ महिनाभन्दा लामो समय मधेस बन्द लगायतका आन्दोलन गरे। तर सफल भएनन्। मुद्दा सम्बोधन नहुँदै यादवले अन्य सहयात्री दललाई छाडेर निर्वाचनमा होमिने निर्णय गरे। मधेसमा त्यसको आलोचना भयो। तर यादवले वास्ता गरेनन्। पछि मधेस केन्द्रित अन्य दलहरु पनि निर्वाचनमा जान बाध्य भए।

निर्वाचन लगत्तै यादव एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न गए। जबकि मधेसमा भएको लामो आन्दोलनको मुख्य निशानामा तिनै ओली थिए।

यादवले ओलीसँग हातेमालो गरेपछि उनको पार्टीमा बिस्तारै समस्या देखिन थालेको थियो। रेणु यादव सहितको एउटा समूह उनको पार्टीबाट फुट्न लाग्दा उनले राजपासँग एकता गरेर फुटलाई जोगाए र जसपा बनाए। तर, ओलीको कदमलाई हेर्ने दृष्टि नमिल्दा जसपा फुट्यो। यसले यादवमाथि मधेसको मुद्दाभन्दा पनि सत्ताको खेलमा बढी केन्द्रित भएको आरोप लाग्दै आएको छ। जसले उनलाई यस चुनावमा पनि नराम्रो गरी धक्का दिने निश्‍चितजस्तै देखिन्छ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौती

संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौती

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d