Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौती

संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौती

काठमाडौं । बारा-२ मा उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जितका लागि सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेसमा निर्भर हुनु परेको छ। आफ्नो पार्टीको बलियो प्रभाव भएको बारा-२ मा संगठन नै नभएको जनमत पार्टीको उम्मेदवारले आच्छु आच्छु पार्नु यादवका लागि ठूलो चुनौतीको विषय बनेको छ।

केही महिनाअघि यहाँ भएको निर्वाचनको मत परिणाम हेर्ने हो भने यादवलाई चुनाव जित्‍न कठिनाइ हुन नपर्ने भए पनि उपेन्द्र मैदानमा होमिदा भने समस्या भएको हो। मंसिरमा भएको निर्वाचनमा यो क्षेत्रमा जसपाका उम्मेदवार विजयी मात्र भएका थिएनन्, सो दलले समानुपातिकतर्फ पनि सबभन्दा धेरै मत ल्याएको थियो।

उनले १३ हजार २४२ मत ल्याउँदा दोस्रो भएको दल कांग्रेसले ११ हजार १७९ मत ल्याएको थियो। तेस्रोमा एमालेको ९ हजार १९३ मत थियो। चौथोमा जनमत पार्टीको ८ हजार ८४६ मत थियो भने पाँचौंमा लोसपाको ४ हजार २२५ मत छ। अनि माओवादीको ३ हजार २५६ मत छ।

यसपालि बारा-२ मा सत्ता गठबन्धनका तीनै दल कांग्रेस, माओवादी र लोसपाले जसपालाई सघाएका छन्। जसपासहित यी तीनै दलको समानुपातिक मत जोड्ने हो भने ३१ हजार ९ सय २ मत हुन्छ। जबकि जनमत पार्टीको करिब ९ हजार मात्रै मत छ। र एमालेले आफ्नै उम्मेदवार उठाएको छ।

त्यसमाथि मंसिरको निर्वाचनमा जसपाबाटै बागी उठेर ११ हजार ४३ मत ल्याएका रामकिशोर प्रसाद यादव र कांग्रेसबाट असन्तुष्टि जनाउँदै उम्मेदवार बनेर १० हजार ७५० मत ल्याएका रवीन्द्रप्रसाद यादवले यसपालि उपेन्द्र यादवलाई नै समर्थन गरेका छन्।

पहिलो कारण, उनलाई पाँच महिनाअघि जसले सप्तरी-२ मा ठूलो मतान्तरले चुनाव हरायो, त्यही व्यक्तिका कारण बारा-२ मा पनि उनी अप्ठ्यारोमा छन्। अर्थात बारा-२ मा उम्मेदवार नै नरहेका जनमत पार्टीका अध्यक्ष सिके राउतका कारण संसद पुग्ने यादवको योजना धरापमा पर्न सक्ने देखिएको छ।

बारा-२ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भए पनि यो निर्वाचन क्षेत्रका गाउँटोलमा चर्चा सिके राउत र उपेन्द्र यादवको छ। बारा-२ को यो उपनिर्वाचन सप्तरी-२ को ‘रि-म्याच’ जस्तो देखिएको छ। त्यसैले यहाँ यादवले कुशवाहालाई होइन सिके राउतलाई हराउनु पर्नेछ! सजिलो ठानिएको यो निर्वाचन क्षेत्रमा यादवलाई गाह्रो पर्नुको अर्को कारण कांग्रेसको मत ट्रान्सफर नहुनु पनि रहेको छ।

यसअघि भएको निर्वाचनमा कांग्रेसले माओवादीलाई समर्थन गरेपछि कांग्रेसबाटै बागी उम्मेदवारी परेको थियो भने अहिले उपनिर्वाचनमा पनि जसपालाई समर्थन गरेपछि फेरि कांग्रेसजनहरु रुष्ट बनेका हुन्। मंसिरमा जसका विरुद्ध अभियान चलाइयो अहिले उसैका लागि मत माग्‍न नसकिने भन्दै कांग्रेसीहरु आक्रोशित बनेका छन्।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
यादवलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले बारा–२ को उपनिर्वाचनमा पनि कडा चुनौती

यादवलाई सप्तरीमा पराजित गरेका सीके राउतकै दलले बारा–२ को उपनिर्वाचनमा पनि कडा चुनौती

विश्वव्यापी मञ्‍चमा भारतको नाम लिन पनि पाकिस्तान लजाउँदै

विश्वव्यापी मञ्‍चमा भारतको नाम लिन पनि पाकिस्तान लजाउँदै

चिनियाँ नेताहरुले विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम गरेको भन्दै आलोचना

चिनियाँ नेताहरुले विश्‍व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम गरेको भन्दै आलोचना

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d