काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादव अहिले नेकपा एमालेको विरोध गर्न नसक्ने स्थितिमा पुगेका छन्। उनी यसअघि सप्तरी-२ मा नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा होमिएका थिए।
दुई–दुई पटक संसद विघटन गर्ने एमालेसँग गठबन्धन गरेर गत मंसिर ४ को चुनावमा होमिएका थिए। एमालेले पूर्ण साथ नदिएको र आफूलाई निर्वाचन हराएको भन्दै पुरानै गठबन्धनमा फर्किएका यादवलाई अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले विरोध गरेको थियो।
उनले विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका छन्। बाराको पचरौता नगरपालिकामा आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन्।
आफ्नो निहित स्वार्थका लागि राष्ट्रपति पदको दुरुपयोग गरी एमालेले दुईपटक संसद विघटन गरेको थियो। अहिले पनि जनमत पार्टीको आन्तरिक एजेन्डा मधेस विखण्डन नै भएको भन्दै जनमत पार्टीको भने उनले विरोध गरेका छन्।
यसअघि नागरिकता विधेयकको विरोध गरेका उपेन्द्र अहिले भने नागरिकता विधेयकको समर्थनमा उभिएका छन्। आफ्नो स्वार्थका लागि बोली फेर्ने उपेन्द्रलाई यसअघि नै मधेसका जनताले बहिष्कार गरिसकेको भन्दै अहिले भने बहिष्कार हुने आँकलन गरिएको छ।
प्रतिगमनकारी शक्ति विरूद्ध र लोकतन्त्रको रक्षाका लागि अहिलेको गठबन्धन बनेको यादवले जिकिर गर्दै उनले आफू संघीयता र लोकतन्त्रमाथि प्रहार भइरहेको भन्दै जनतालाई भ्रमित पार्दै गएका छन्।












