Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

नेपाललाई फेरेको तर इतिहासमा बिरूप हुन पुगेको दिन


नेपाललाई फेरेको तर इतिहासमा बिरूप हुन पुगेको दिन

तेस बेला प्रज्वल शम्सेर प्रधान सेनापति थिए। सिंहदरबारमा रहेको प्रधान मंत्री कार्यालयको मिटिंग हल, जहाँ प्रायस: प्रमले प्रतिनिधी मंडलहरूबाट ज्ञापन पत्र आदि बुझ्ने काम गर्दथे, त्यस दिन मंत्रीको रूपमा हामी केही बोलाईएका थियौं। म संचार मंत्री थिए।

सेनापतिको ब्रिफिंग थियो। धेरै कुराहरू भनियो, बताईयो। सेनाले निर्धारण गरेको क, ख, ग र घ गरी माओवादी प्रभाव बिस्तारको चार क्षेत्र बारे विवरण दिईदैथ्यो। चार जिल्लाको ‘क’ क्षेत्रमा सिमीत पारिएको माओवादीको बिस्तार दुई बर्ष पुरा नहुदै पच्चीस जिल्लामा भैसकेको रोचक विवरण सेनाको तर्फबाट सचित्र बताईएको थियो। माओवादीलाई हरेक उल्लेखमा ‘आतंककारी’ सम्बोधन गरिएर यी सब भनिईदै गर्दा प्रम गिरिजा बाबुको मौनता थियो। उहाँ ध्यानपुर्वक सुनिरहनु भएको थियो। तत्कालिन प्रधान सेनापतिले माओवादीले रचेको सैन्यब्यूहको सबिस्तार चर्चा गरिरहेका थिए। अपरिष्कृत हातहतियार तथा बिस्तारित आधार क्षेत्रको सहयोगमा दुई बर्ष नबित्दै ‘चार जिल्ला’बाट ‘पच्चीस जिल्ला’मा फैलिएको माओवादीलाई नियन्त्रण गर्न सेनाले केही बिषयहरूमा बडो जोड दिईरहेको थियो। माओवादी बिरूद्धको प्रत्याक्रमण सेना कै एकल नेतृत्वमा हुनुपर्ने, अत्याधुनिक हातहतियार तथा फौजी बन्दोबस्तीका समानहरूका लागि सरकारले निर्बाध सहयोग गर्नुपर्ने, सेनाको संख्यामा यथेष्ठ बढोत्तरी हुनुपर्ने र सेनाको परिचालन सेनाको परमाधिपत्ति राजाको आदेशबाट हुनुपर्ने कुरा उनले बुझिने भाषामा बोलिरहेका थिए। प्रम गिरिजा बाबु तिर हेर्दै जननिर्वाचित सरकारले सेना परिचालनका लागि राजालाई सिफारिश गर्नुपर्ने कुरा तथा राजनीतिक पार्टीहरूका बीच यस निम्ति सहमति हुनुपर्ने कुरा बोल्दा प्रमले हामी तिरपनि हेर्नु भएको थियो। यसको अर्थ थियो।

छलफल शुरू भयो। मैले सेनापतिलाई सोधेको थिए, तपाईले भनेको ‘आतंक’ को यत्रो तीब्र बिस्तारको अन्तरनिहीत प्रेरक तत्व के होला त ? थप प्रष्ट्याउदै भने माओवादी मध्य पश्चिमांचलको चार जिल्लालाई सघन प्रभाव क्षेत्रमा बदल्न लगभग एक दशक लाग्यो। अनि ती चार जिल्लाबाट थप पच्चीस जिल्लामा सघन कारवाहीको बिस्तार गर्न जम्मा दुई बर्ष मात्र लाग्यो। यसर्थ, मैले जान्न खोजेको यति तीब्र रफ्तारमा माओवादी बिस्तारको प्रेरक बिषय के हुन सक्छन् त?

मलाई लाग्यो, सेनापति त यसको जवाफ दिन पूर्व विचारित र तम्तयारै थिए। हत्केलाका औलाहरूको रेखाको गिन्ती गर्दै उनले भने एक सुरमा भने- मुलुकमा सुशासन नहुनु, चरम भ्रष्टाचार हुनु, कुनै पनि सरकारले पुरा समय काम गर्न नसक्नु, राजनीतिक अस्थिरता आदि त हो नि यसका कारण ! त्यहाँ सेनापतिसंगको प्रतिसंवाद ठिक थिएन। दरबारीया अखबारहरूले माओवादीलाई समर्थन गर्दै लगभग यस्तै कारणहरू लेखिरहेका हुन्थे तेस बेला। मैले प्रम गिरिजा बाबु तिर लक्ष्य गरी कुरा राखे-०४८ देखि ०५१ सम्म त यि माओवादीहरू संसद मै थिए। ०५२ को फागुण १ देखि यिनीहरू जनयुद्धको थालिनी नै गरे। के संसदीय कालको पहिलो तीन बर्षको शासनबाट सिर्जित अव्यवस्था नै माओवादी जनयुद्धको प्रेरक तत्व रहेको निष्कर्षमा हामी पुग्न सक्छौ र ?

म तेस बैठकमा कतिपयबाट चक्षु प्रश्नको घेरामा परिसकेकोले थप बोल्नै पर्यो; -मध्य पश्चिमांचलका चार जिल्लामा केन्द्रीत माओवादीको दुई बर्ष नबित्दै पच्चीस जिल्लामा बिस्तारको कारण केही सामाजिक र अर्थ राजनीतिका मुद्दाहरू हुनसक्छ, जस्ले बृहद् संख्याका मानिसलाई हतियार उठाउन हौस्याएको छ। मैले उठाएको आर्थिक-सामाजिक मुद्दाका बारेमा प्रमले सोध्नु भएपछि मात्र मैले भने कि सामाजिक बिभेद, जातीय उत्पीडन र राज्यबाट नागरिकको सामुदायिक पहिचानको सवाललाई पनि माओवादीले उठाएका छन्। बिभिन्न जातीय समुदायहरूको मुक्तिका सवाल पनि माओवादीले उठाएका छन्। यसको पनि खोजी गर्ने हो कि ? मिटिंग सकियो। कारणको खोजी र तेसको निदान तेस बैठकको उद्देश्य थिएन, ब्रिफिंग बैठक थियो त्यो ।

मलाई गिरिजा प्रसाद कोईरालाको बिश्वास पात्र भनिन्थ्यो। यद्यपि यसको केही दिन पछि नै म संचार मंत्रीबाट सारिएर अन्तै पुर्याईए, मलाई कृषि मंत्रालयको पदभार दिईयो। यस पछि यौटा अर्को घटना तर्फ मेरो अन्तरमन गयो। म संचार मंत्री रहेकै बेला, शायद यस घटनाको केही साता अघि बुद्ध एयरबाट बिराटनगरबाट काठमांडू आउदै थिए। अघिल्लो दिनसम्म जिल्लाका कार्यक्रमहरूमा ब्यस्त रहेकोले पत्रपत्रिका तर्फ धेरै ध्यान दिन सकेको थिईन। प्लेन उडन लाग्दा अखबार दिईयो, कांतिपुर दैनिक थियो। बडो चाख एवं विश्मयका साथ पढन लागे, मुख्यपृष्ठको प्रमुख समाचार नै थियो-“संचार मंत्री गुप्ता राष्ट्रिय सुरक्षा समितिबाट हटाईने।” मुलुकको सुरक्षा मामिलाका बारेमा प्रमको अध्यक्षतामा यो एक समिति वा परिषद थियो। प्रमका अतिरिक्त रक्षा मंत्री, गृहमंत्री र प्रमले चाहेका १,२ मंत्री, प्रधान सेनापति तथा सुरक्षा निकायका मानिसहरू यसमा रहन्थे। अरू बेला यस समितिका बारेमा धेरै केही सुनिन्न्। तर, त्यो द्वन्दको बेला थियो, यसको बढी चर्चा थियो। द्वन्दको समयमा संचार क्षेत्रको भुमिकाको कारणले होला म पनि तेसमा मनोनित गरिएको थिए। यस समितिमा केही भएको थियो। केही बिचारोत्तेजक कुराहरू, शायद मै बाट। यद्यपि यो समाचार अनायास आएको थियो, त्यो पनि कांतिपुरमा। म सोचमग्न हुदै काठमांडू ओर्लेर सोझैं बालुवाटार गए। केही समय पछि प्रमलाई भेटेर मलाई तेस समितिमा नराख्न अनुरोध गरे। उहाँले भन्नु भयो, हो यो सेनाले तिमीलाई, खुमबहादुरलाई तथा गोबिन्दलाई(जोशी)लाई मन पराउदैनन्। यिनैले दरबारलाई पनि अनापसनाप भनेका छन्। राजाले पनि यस्तै कुरा गर्छन्। तर, आजलाई यति भन्नु ठिकै होला कि सेनालाई म मन परेको थिईन। सुचना तथा संचार मंत्रीको रूपमा केन्द्रीय सुरक्षा समितिमा म रहिन। त्यहाँ मेरो भुमिका मन परेको थिएन। गोबिन्द राज जोशीका कुराहरू पनि तिनीहरूलाई मन नपरेको देखिन्न्थ्यो।

म संचार मंत्री नरहेपछि सुरक्षासंग सम्बन्धित बैठकहरूबाट मेरो किनारा भैसकेको थियो । तर, माओवादी जनयुद्द भनौं वा जे भनौं, यसमा व्यापक जन सहभागिताको उत्प्रेरक तत्व गंभीर र विचारणीय रहेकोले यसको खोजि हुनु पर्नेमा म प्रतिवद्ध नै थिए। राज्यले बिचारशील भएर यसको खोजि गर्नुपर्ने मेरो मत थियो। आज पनि मेरो मान्यता रहेको छ; चन्द्र शम्सेरले इस्तिहार जारी गरेर बिश्वयुद्ध ताका नेपाली युवाहरूलाई अनिवार्य रूपमा बेलायती सेनामा भर्ना हुन लगाएको जस्तो उर्दी यसको अन्तर्निहित कारण होईन। यो रोजगारीको सवाल वा अराजकता मच्चाउने तत्कालिन युवाहरूको चाहना मात्र थिएन।पहिलो संविधान सभाको कक्ष भित्र देखिएको बैचारिक, सामुदायिक, जातीय, क्षेत्रीय, भाषिक, पहिचानको आकांक्षा आदिको सशक्त उपस्थिति यसको अकाट्य उदाहरण थियो। तर, दुर्भाग्य भनौं- माओवादी र मधेसीले समेत यसलाई प्राण वायु दिन सकेन ।

मलाई लाग्दछ, जनयुद्ध पश्चात यसका परिणामहरूलाई संस्थागत गराउन न सकेकोले नै आजको दिनसम्म आई पुग्दा यत्रो ठूलो अभियान अतितको अपराधीक ब्याख्यामा रूपान्तरित हुन गयो। आज सामाजिक संजालमा फागुण १ गतेलाई सार्वजनिक बिदा दिईने भनिएपछिको तरंग तथा अदालतबाट तेसमा रोक लगाईनुबाट यस्तै देखिएको छ।

आज माओवादी जनयुद्ध युरोपीयनहरूको ईसायीकरणको वाहक, भारतको तानाबाना, राजाको षडयन्त्र, बौद्धिकता बिहीन कर्म, फगत हिंसात्मक उद्यम, लुटपाटको प्रवृति, नेपालको लागि भारतको भूराजनीतिक षड्यन्त्रको बल र तत्कालिन अक्षम शासन व्यवस्थाको परिणाम र केही चतुरहरूको धूर्तकर्म आदि जे भनिएपनि यो पूर्ण सत्य भने होईन । यी सब त स्वयं माओवादीले नै तेस जनयुद्धको स्वामित्व परित्याग गरेपछिको स्वत: उत्पन्न हुने प्रतिकृयाहरू हुन्। माओवादी पार्टी ‘राज्यको रूपान्तरण खोज्नेहरूको पार्टी’ न रहेर सत्ता लम्पटहरूको पार्टी हुन गएको आजको यस अवस्था यसो हुनु वा देखिनु स्वभाविक नै हो ।

जे होस्, यति ठूलो अभ्यास एवं परिणामको यति छिटो स्वख:लनको अर्को उदाहरण बिरलै भेटिएला। तर, दुर्भाग्य नै हो यो कि यसको मूल्यांकनसम्म गर्न कोही माओवादी आज बाँकी रहेनन् ।

(अघि देखि कै संझना, जो ब्युताई रहन्छ मनलाई)

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
प्रकृति लम्साल मृत्यु प्रकरणमा थप ५ जना पक्राउ, पक्राउ पर्नेको संख्या ११ पुग्यो

प्रकृति लम्साल मृत्यु प्रकरणमा थप ५ जना पक्राउ, पक्राउ पर्नेको संख्या ११ पुग्यो

हमासले रिहा गर्‍याे थप ६ इजरायली बन्धक

हमासले रिहा गर्‍याे थप ६ इजरायली बन्धक

निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

Leave a ReplyCancel reply

लोकप्रिय

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

A wave of new faces in the direct election, 125 MPs elected from the Rashtriya Swayamsevak Sangh (RSS).

National Assembly: Newly elected members take oath (Photos)

National Assembly: Newly elected members take oath (Photos)

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d