Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीर बीच शिष्टाचार भेटवार्ता


उपराष्ट्रपति यादव र बङ्गलादेशी कार्यवाहक राजदूत कबीर बीच शिष्टाचार भेटवार्ता

काठमाडौं–सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूसंग नेपालस्थित बङ्गलादेशी दुतावासका कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

लैनचारस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुक बीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुका बारे छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेश बीच सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र राष्ट्रको रूपमा स्थापना भएदेखि नै मैत्रीपूर्ण र सद्भावपूर्ण सम्बन्ध कायम रहेको बताउनुभयो । ‘दुई देश बीच उच्चस्तरीय भ्रमणहरूको आदान–प्रदान, द्विपक्षीय संयन्त्र र बैठकहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ’ उहाँले भन्नुभयो, ‘हाम्रो दुई देशबीचको व्यापार पछिल्ला वर्षहरूमा बृद्धि भएको र थप व्यापार विस्तार र विविधीकरण गर्न सक्नुपर्दछ ।’

उपराष्ट्रपति यादवले बङ्गलादेशले तेस्रो देशसँगको व्यापारको लागि चिटगाँव र मङ्गला बन्दरगाह मार्फत ट्रान्जिट सुविधा प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । ‘रोहनपुर–सिङ्गाबाद रेलवे मार्गको शीघ्र सञ्चालनले यी समुन्द्री बन्दरगाहहरू मार्फत ट्रान्जिट सहकार्य प्रवद्र्धन गर्न महत्त्वपूर्ण हुनेछ’ उहाँले भन्नुभयो, ‘विमान बङ्गलादेश र हिमालयन एयरलाइन्स मार्फत हवाई उडानले पर्यटन प्रवद्र्धन एवं नेपाल र बङ्गलादेश बीच जनसम्पर्कलाई सहज बनाएको छ । ’

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् सम्भावना र बङ्गलादेशको ऊर्जा आवश्यकताहरूले दुई देशबीच ऊर्जा सहकार्यलाई विस्तार गर्ने प्रचुर अवसर प्रदान गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश डेभलपमेन्ट बोर्ड र भारतको विद्युत् व्यापार निगम लिमिटेड बीच ३ अक्टोबर २०२४ मा काठमाडौँमा त्रिपक्षीय पावर सेल्स एग्रीमेन्ट (पीएसए) मा हस्ताक्षर हुनु प्रशंसनीय कार्य भएको बताउनुभयो । ‘यस ऐतिहासिक सम्झौता नेपाल–बङ्गलादेश सम्बन्धमा कोसेढुङ्गाको रूपमा रहेको छ र यसले दक्षिण एशियामै क्षेत्रीय र उपक्षेत्रीय ऊर्जा सहकार्यलाई प्रवर्धन गर्ने अपेक्षा छ’ उहाँले भन्नुभयो, ‘नेपाल र बङ्गलादेश दुवै देशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक धरोहर, साहसिक खेलकुद र जैविक विविधता झल्काउने प्रशस्त प्रसिद्ध पर्यटकीय गन्तव्यहरू छन । नेपाल बङ्गलादेशका लागि महत्त्वपूर्ण पर्यटक गन्तव्य रहिआएको छ।’

उपराष्ट्रपति यादवले नेपाल र बंगलादेश बीच सांस्कृतिक सम्बन्ध र जनसम्पर्क प्रगाढ रहेको उल्लेख गर्नुभयो । ‘नेपाली विद्यार्थीहरूका लागि बङ्गलादेश चिकित्सा, दन्तचिकित्सा र इन्जिनियरिङका क्षेत्रमा उच्च अध्ययनका लागि एक आकर्षक गन्तव्य रहीआएको छ’ उहाँले भन्नुभयो, ‘बङ्गलादेश सरकारले वार्षिक रुपमा सोही संकायहरुमा २० भन्दा बढी छात्रवृत्ति प्रदान गरिरहेकोमा नेपाल धन्यवाद दिन चाहन्छ ।’

उहाँले नेपाल र बङ्गलादेश बीच उपक्षेत्रीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आपसी चासोका विषयहरूमा सहकार्य हुँदै आएकोमा खुशी समेत व्यक्त गर्नुभयो । ‘यस्ता सहकार्य भविष्यमा पनि जारी रहनु पर्दछ’ उहाँले भन्नुभयो’ ‘नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई एक मित्र राष्ट्रको रूपमा उच्च महत्त्व दिन्छ । हाम्रो दुई देश र जनता बीचको सम्बन्ध भविष्यमा अझ प्रगाढ हुने विश्वास लिएको छु ।’ भेटवार्ताका क्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बङ्गलादेशको राष्ट्रिय दिवसको अवसरमा महामहिम राष्ट्रपति श्री महम्मद शाहबुद्दिन र बंगलादेशी जनतालाई न्यानो अभिवादनसहित हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यवाहक राजदूत मोहम्मद हुमायूँ कबीरले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध गहिरो रहेको उल्लेख गर्दै दुई देशले पर्यटन विकासमा जोड दिनुपर्ने बताउनु भयो । ‘नेपालसंग सगरमाथा छ, बङ्गलादेशसंग ‘सि बीच’ छ, जुन पर्यटनको आकर्षणको केन्द्र बन्न सक्छ ’उहाँले भन्नुभयो, ‘ हरेक वर्ष ४० हजार बङ्गलादेशी नेपाल भ्रमण गर्छन्, यसलाई बढाउन सकिन्छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
लागू औषध ब्राउन सुगर सहित २ जना ब्यक्ती पक्राउ

लागू औषध ब्राउन सुगर सहित २ जना ब्यक्ती पक्राउ

वीरगंज शोभा यात्रा हिंसा बिरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

वीरगंज शोभा यात्रा हिंसा बिरुद्ध जनकपुरमा विरोध प्रदर्शन, गृहमन्त्रीको पुतला दहन

इजरायली सेनाले गाजाको अधिकांश भागमा आक्रमण बढाउने रक्षामन्त्रीको घोषणा

इजरायली सेनाले गाजाको अधिकांश भागमा आक्रमण बढाउने रक्षामन्त्रीको घोषणा

Leave a ReplyCancel reply

लोकप्रिय

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Home Minister Sudhan Gurung Resigns Amid Corruption Allegations and Political Pressure

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d