नेपालगंज – जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका वडा नम्बर १ विशालनगर चोक नजिकै लागू औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगंज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.ऐ.बस्ने बर्ष २९ को सतिस कुमार सोनीले चलाएको भे ८ प ८७८ नंम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २६ को आकास वढईले लगाएको पाईन्टको दाँया खल्तिबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ५ ग्राम ७९० मिलि ग्राम सहित मोटरसाईकल र दुबै जना मनिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको ।