Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

मधेशमा अस्पतालहरुको स्वीकृति र नविकरणमा ठूलो रकम चलखेलको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

मधेशमा अस्पतालहरुको स्वीकृति र नविकरणमा ठूलो रकम चलखेलको आशंका, अख्तियारले थाल्यो अनुसन्धान

जनकपुरधाम, जेठ १९ गते ।

मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथि भ्रष्टाचारको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

निजी स्वास्थ्य संस्थाबाट आर्थिक लेनदेनमार्फत इजाजत तथा नविकरणको प्रक्रिया अघि बढाइएको उजुरी आएपछि अख्तियारको केन्द्रीय कार्यालय, टंगालले छानबिन सुरू गरेको हो।

मन्त्रालयले अस्पतालहरूलाई इजाजत दिने क्रममा मापदण्डको उल्लंघन गर्दै गम्भीर अनियमितता गरेको आरोप उजुरीमा उल्लेख छ।

२०७५ सालको जनस्वास्थ्य सेवा ऐन अनुसार २५ देखि २०० शय्याका अस्पतालहरूलाई इजाजत दिने अधिकार प्रदेश सरकारको मातहतमा पर्छ। तर, मन्त्रालयका निमित्त सचिव राजेश मिश्र, महाशाखा प्रमुख डा. वर्षा प्रकाश, तथा फोकल पर्सनहरू आशिष मिश्र र सन्तोष ठाकुरको मिलेमतोमा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई समेत स्वीकृति दिइएको बताइएको छ ।

उजुरी अनुसार, ५ देखि १० प्रतिशत मात्र मापदण्ड पुरा गरेका अस्पतालहरूलाई समेत अवैधानिक रूपमा इजाजत दिँदा करोडौं रुपैयाँ घूस संकलन गरिएको छ ।

मन्त्रालयको मूल दर्ता किताबमा ती संस्थाहरू नदिई छुट्टै किताबमा दर्ता गरिएको तथा सरकारलाई बुझाउनुपर्ने राजस्व कम देखाएर दाखिला गरिएको आरोप पनि उजुरीमा छ।

यही विषयमा स्पष्टिकरण माग्दै अख्तियारले मन्त्रालयलाई पत्राचार गरेको छ। आयोगले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा संचालन, अनुमति र नविकरण स्वीकृति पाएका स्वास्थ्य संस्थाको विवरण, प्रक्रिया र संकलित राजस्वसम्बन्धी सम्पूर्ण कागजात तत्काल पठाउन भनेको छ।
साथै, जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ तथा जनस्वास्थ्य नियमावली २०७७ को नियम ११, १२(५), १३(३) र अनुसूची ८ पालना भएको/नभएकोबारे राय समेत पेस गर्न निर्देशन दिइएको छ।

अख्तियारले अख्तियार ऐन २०४८ को नियम १९(१क) अनुसार छानबिनमा पूर्ण सहयोग गर्न मन्त्रालयलाई अनुरोध गरेको छ। आयोगले प्रदेशका उच्च स्वास्थ्य अधिकारीहरूको संलग्नता रहेको भन्दै अनुसन्धान गम्भीर रूपमा अघि बढाएको जनाएको छ।

Share this:

  • Facebook
  • X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

मधेशमा विपद् जोखिम न्यूनिकरण गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

आंशिक दृष्टिविहीन भएका वालकको इन्जिनियर बन्ने सपना

आंशिक दृष्टिविहीन भएका वालकको इन्जिनियर बन्ने सपना

अमेरिकामा एक व्यक्तिले धेरै मानिसहरूलाई आगो लगाइदिए

अमेरिकामा एक व्यक्तिले धेरै मानिसहरूलाई आगो लगाइदिए

Leave a ReplyCancel reply

लोकप्रिय

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

Green Media Network Pvt. Ltd. Launches Green E-Television and New Sankalp National Daily

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

National Unity Campaign Condemns Arrest of Leaders in Dhanusha, Demands Immediate Release

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Two Arrested with Narcotics, Cash, and Gold in Siraha’s Lahan Municipality

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Over a Dozen Foreign Students Arrive in Saptari to Explore Madhesh Culture

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Lack of Plant Quarantine Services at Madar Customs Causes Hardship for Agri-Traders

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Clash Between Armed Police and Smugglers in Dhanusha’s Baidehi Duhabi; Six Officers Injured

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Bangladesh’s Former Prime Minister Sheikh Hasina Sentenced to Six Months in Jail for Contempt of Court

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

Serbia Announces $110 Million Funding for AI Research and Green Technology Initiatives

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d