Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

कोटिहोम जेठ ३१ गते सम्म चल्ने, बुधबारसम्म झन्डै ६ करोड संकलन


कोटिहोम जेठ ३१ गते सम्म चल्ने, बुधबारसम्म झन्डै ६ करोड संकलन

पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम संकलन भएको छ।

महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले अहिले सम्म सबै तिरको रकम ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको जानकारी दिए।

उनका अनुसार नगद रसिद मार्फत ४ करोड ५३ लाख १३ हजार ६८, क्युआर मार्फत ३१ लाख ७ हजार २ सय ७३, चेक मार्फत १४ लाख ४१ हजार ७ सय १० जौ चरुमा भेटी स्वरूप आएको १९ लाख ७४ हजार १ सय ९४, जिन्सीमा आएको भेटी १४ लाख ८४ हजार ५ सय ६८, गोप्य दान मार्फत २२ हजार ४ सय ७२, दान पेटीकामा ३५ लाख ४४ हजार २ सय ९० गरी जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ सङ्कलन भएको छ।

कोटिहोममा राखिएका ११ हजार कलश मध्ये अहिले सम्म ४ हजार ४ सय ९ जना भक्तजनले बुकिङ गरिसकेको उनले जानकारी दिए। उनले कोटिहोम सकिना साथ पत्रकार सम्मेलन गरेर सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने उद्घोष गरे।

‘कुनै पनि धर्म गुरुले यसरी महायज्ञको आय व्यय सार्वजनिक गरेको रेकर्ड छैन म नै पहिलो हो’ उनले भने, ‘यहाँ सङ्कलन भएको सम्पूर्ण रकमको अडिट सहित पत्रकार सम्मेलन गरेर सार्वजनिक हुन्छ अनावश्यक हल्लाको पछाडि नलाग्न सम्पूर्ण भक्तजनलाई म आग्रह गर्दछु।’

उनले अहिले सम्म उठेको रकमले यहाँको पण्डाल खर्च पनि नपुग्ने बताउँदै यहाँहरूको सहयोग र सद्भावको खाँचो रहेको बताए।

उनले कोटिहोममा जग्गा दान गर्ने क्रम पनि बढ्दै गएको जानकारी दिए। भोलि नै स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गर्ने जानकारी प्राप्त भएको उनले जानकारी दिए। आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए। यसअघि अन्नपूर्ण गाउँपालिका १५ रोपनी जग्गा प्राप्त भइसकेको छ।

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै गएपछि पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ ३१ गते सम्म सञ्चालन हुने महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले उद्घोष गरे।

पोखरामा महानगर पालिकाका मेयर, उपमेयर, प्रवक्ता प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडा अध्यक्षको साथ र सहयोगमा जेठ ३१ सम्म सञ्चालन हुने उनले जानकारी दिए।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन्। उनले जेठ २६ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहे पनि कोटिहोमको समय थपसँगै बालयोगेश्वरको अनुरोधमा जेठ ३१ गते सम्म रहने छिन्।
पोखरा पछि कहाँ कहाँ हुदैछ कोटिहोम

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बुधवार पोखरा जारी कोटिहोमबाट अन्य प्रदेशमा पनि कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन्।

काठमाडौं पछि पोखरामा भएको कोटिहोम देशभरका सातै प्रदेशमा गरिने उनले जानकारी दिए। उनका अनुसार २०८२ मङ्सिरमा कोसी प्रदेशमा ऐतिहासिक श्री कोसी कोटिहोम विराट ज्ञान महायज्ञमा, २०८२ फागुनमा २ नं प्रदेशमा श्री मिथिला कोटिहोम विराट ज्ञान महायज्ञ हुँदैछ।

त्यसै गरी २०८३ को वैशाखमा लुम्बिनी प्रदेशमा ऐतिहासिक श्री लुम्बिनी कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ मङ्सिरमा सुदूर पश्चिममा प्रदेशमा ऐतिहासिक श्री गोदावरी वैद्यनाथ कोटिहोम विराट ज्ञान महायज्ञ, २०८३ फागुनमा कर्णाली प्रदेशमा श्री कर्णाली कोटिहोम विराट ज्ञान महायज्ञ, २०८४ को वैशाखमा पोखरामा अति रुद्र विश्व कल्याण विराट ज्ञान महायज्ञ हुने भएको छ।

यी सबै महायज्ञ पश्चात् २०८४ साउन र भदौमा काठमाण्डौमा विशाल १ हजार ८ कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको उनले जानकारी दिए। त्यस्तै २०८४ को माघ महिना चितवनमा कोटिहोम विराट ज्ञान महायज्ञ हुने भएको छ।

त्यसै गरी ७७ जिल्लाका पवित्र तीर्थ स्थल, मन्दिर परिसर, आध्यात्मिक ऊर्जा सम्पन्न स्थलहरूमा १ सय ८ भागवत महापुराणको सङ्कल्प अनुरूप केही समय भित्र भागवत सप्ताह हवन रुद्राभिषेक यज्ञ शाल निर्माण र महायज्ञलगायतका कार्यक्रमहरू क्रमशः सञ्चालन गरिने भएको छ।

कोटिहोमाको उत्तरार्ध तर्फ आउँदै गर्दा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको सङ्ख्या बढ्दै गएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

मानव सेवा फाउन्डेसनको आश्रममा रहेका अनाथ वाल वालिकाको अभिभाव बन्न १ लाख, शिलालेखमा नाम लेखाउनका लागि ५० हजार र आजीवन सदस्य बन्नका लागि २५ हजार सहयोग गर्ने व्यवस्था रहेको छ।

बुधबार चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहेको थियो। विश्व वातवरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम पनि सञ्चालन भएको छ। भोलि नै काठमाण्डौबाट ३० जना कवि आउने छन् भने चित्रकारहरू पनि सहभागी भएर विभिन्न खालका चित्र कोर्ने आयोजकले जनाएको छ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ। कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

Congress-led Government to Be Formed in Madhesh Soon: President Deuba Announces

Congress-led Government to Be Formed in Madhesh Soon: President Deuba Announces

Rare Oil Painting of Mahatma Gandhi to Be Auctioned in London

Rare Oil Painting of Mahatma Gandhi to Be Auctioned in London

Leave a ReplyCancel reply

लोकप्रिय

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

Embassy urges Nepalis in Qatar: Those who wish to return home should contact

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

CPN-UML Selects 16 Lawmakers Under Proportional Representation System

Government of India issues gas management rules, identifying priority areas

Government of India issues gas management rules, identifying priority areas

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

North Korea’s Kim Yo Jong warns of ‘unimaginably dire consequences’ in joint military exercises

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

Mass attack on Dalit village in Rautahat, 6 people including two women injured

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

83 children killed in Lebanon conflict in one week, UNICEF concerned

Amending the Drug Act is a priority for the government: Tosima Karki

Amending the Drug Act is a priority for the government: Tosima Karki

People have high expectations for the new government, demanding good governance and development.

People have high expectations for the new government, demanding good governance and development.

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d