सिरहाको लहान नगरपालिकामा आजदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा ईन्जिनियर शत्रुधन प्रसाद चौधरीले औपचारिक जिम्मेवारी पाएका छन् ।
नगर प्रमुख महेश प्रसाद चौधरीले नव – आगन्तुक प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषाललाई विदाई गरेको थियो ।
अधिकृत भुषाल लहान नगरपालिकामा २०७६ भदौ १७ गते
प्रमुख प्रशासकीयको जिम्मेवारी पाएका थिए । ऊनी चितवन जिल्लाको कालिका नगरपालिकामा सरुवा सहमति लिई जानुभएकोमा नगरपालिकाद्वारा बधाई , शुभकामनाका साथै विदाई कार्यक्रम गरिएको नगरपालिका स्रोतले जनाएको छ ।











