Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

भैंसी सुत्केरी भत्ताले फस्टायो भैँसीपालन व्यवसाय


भैंसी सुत्केरी भत्ताले फस्टायो भैँसीपालन व्यवसाय

काभ्रेपलाञ्चोक–पनौती नगरपालिका–१२ का यज्ञ खत्रीकोे गोठमा हाल सात भैँसी छन् । केही वर्षअघि विभिन्न रोगको प्रकोप र दूधको उचित मूल्य नपाउँदा भैँसीपालन छाडेका खत्रीलाई नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमले जाँगर चलाएको हो । ‘विभिन्न रोगको समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनःभैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन्’, उनी भन्छन् ।

खत्रीलाई नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहन भत्ताले पुनः व्यावसायिक भैंसीपालनमा लगायो । वर्षौँदेखि गाई पाल्दै आएकी पनौती नपा–३ निवासी विमला सापकोटाले तीनचारवटा भएको गोठमा एउटा भैँसी थपिन् । नगरले ल्याएको अनुदानपछि भैँसी थपेकी उनले दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएकी छन् । उनी भन्छिन्, ‘गाईभैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र भैँसी सुत्केरी प्रोत्साहन भत्ताले अहिले अर्को भैँसी थप्ने सोचाइमा छु ।’

पनौती–१२ कै भावना थापा पाल्न धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुने गरेपछि गोठमा भैँसी घटाउँदै जाने कृषक नगरको कार्यक्रमले आत्मबल बढाउँदै भैँसी थप्नतर्फ लागेको बताउछिन् । ‘अब त्यो समस्या हटेको छ, भैँसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहत मिलेको छ’, उनी भन्छिन् । उनले पनि हालै दुई भैँसी थपेर पाडापाडी हुर्काउन थालेकी छन् । उनी भन्छिन्, ‘सुरुमा त भैँसीलाई सुत्केरी भत्ता सुन्दै छक्क परियो, अहिले उक्त कार्यक्रम भैँसीपालक कृषकलाई वरदान नै सावित भएको छ ।’

पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले नगरको सो सुत्केरी भत्ता कार्यक्रम सुरुभएपछि फार्म नै स्थापना गरी १७ भैँसी पालको छन् । उनी भन्छन् ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपियो ।’

भैँसीपालक कृषक नगरले पाँच वर्षअघि सुरु गरेको यस कार्यक्रम अभियानबाट सहयोग मिल्नुका साथै थप आत्मबल बढेको बताउँछन् ।

पनौती नगरले आव २०७४÷७५ बाट ‘भैँसी संरक्षण–सम्बद्र्धन अभियान’ अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो । जननिर्वाचित जनप्रतिनिधिले नगरको कार्यसम्पादन कार्यभार सम्हालेपछि सुरु भएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषय बन्न पुगेको थियो । अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ । त्यस आवको तथ्याङ्कअनुसार नगरको कृषकका घरगोठमा चार हजार सात सय ४७ भैँसी थिए । त्यस समयमा वार्षिक रुपमा पाँच सय भैँसी खरिद भएर अन्य स्थानबाट नगर भित्रन्थे । करिब रु छ करोड भैँसी खरिदमा रकम बाहिरिएको थियो ।

सञ्चालनका बेला पनौती नगरमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो । उत्पादितमध्ये १५ हजार लिटर काभ्रेपलाञ्चोकमै खपत हुने गरेको र २५ हजार काठमाडौं उपत्यका लैजाने गरिन्थ्यो । नगरमा उक्त अभियान सुरु गरेदेखि हालसम्म भैँसीको सङ्ख्यासमेत झण्डै दोब्बर नजिक पुगेको छ भने दैनिक ७० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

नगरले दूध उत्पादन र नगरमा भैँसीको अवस्थाबारे अध्ययन कार्यक्रम सुरु गरेको थियो । भैँसी संरक्षण अभियानअन्तर्गत प्रारम्भिक चरणमा भैँसी सुत्केरी भत्ता वितरण गरिएको तत्कालीन नगरप्रमुख भीम न्यौपानले बताए । उनका अनुसार पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको थियो । नगरको कृषि तथा पशुपक्षी शाखाले उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम बनाएको थियो ।

शाखाले बीमा गरेवापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था मिलाउँदै खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आएको छ । शाखाका प्रमुख लिलाप्रसाद सापकोटा कार्यक्रम सुरुवातताका आव २०७५र७६ मा दुई सय १७ भैँसीलाई रु पाँच लाख ७५ हजार भत्ता दिइएको जानकारी दिए । उनका अनुसार आव २०७६÷७७ मा चार सय ४४ भैँसीलाई रु १२ लाख, आव २०७७÷७८ मा छ सय ४१ भैँसीलाई रु १७ लाख ५० हजार र आव २०७८÷७९ मा एक हजार भैँसीलाई रु ३० लाख सुत्केरी भत्ता दिइएको छ ।

हालको तथ्याङ्कअनुसार पनौतीमा सात हजार आठ सय ५८ भैँसी छन् । भैँसीको सङ्ख्या वृद्धि भएको छ । खास गरी मुर्रा जातका भैँसी यहाँ पालिन्छ । हाल दैनिक उत्पादित करिब ७० हजार लिटरमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ । अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्यासँगै दूध उत्पादन दोब्बर भएको हो ।

‘त्यतिबेला सुरु भएको अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले किसानको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर उकास्सिएको छ’, पनौती–३ कुशादेवीका शिक्षासेवी रामप्रसाद अधिकारीले भने । उनका अनुसार नगरको अभियान निकै उदाहरणीय छ । सुरुवाती आवमा तीन सय पाडी वितरण गरिएकोमा नगरले हालसम्म एक हजारको सङ्ख्यामा वितरण गरिसकेको छ । नगरको चालु आवको बजेट, नीति तथा कार्यक्रममा नगरमा सञ्चालित भैँसी सुत्केरी भत्ता कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
सुबिसु केवल नेटवर्क लिमिटेड शाखाले लहानका मेयरलाई गरे सम्मान

सुबिसु केवल नेटवर्क लिमिटेड शाखाले लहानका मेयरलाई गरे सम्मान

लायन्स क्लव अफ लहान फुलवारीलेद्धारा बिभिन्न प्रजातिका बिरुवा रोप्ने

लायन्स क्लव अफ लहान फुलवारीलेद्धारा बिभिन्न प्रजातिका बिरुवा रोप्ने

विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियानमा मन्त्री गहतराज

विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियानमा मन्त्री गहतराज

Leave a ReplyCancel reply

लोकप्रिय

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Hero Who Disarmed Gunman in Sydney Attack Identified as Ahmed Al Ahmed

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

Ukraine Drops NATO Ambitions in Exchange for Western Security Guarantees

UNESCO Declares Diwali as Intangible World Heritage

UNESCO Declares Diwali as Intangible World Heritage

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

Probe Committee Begins On-Site Investigation Into Bardiya Citizenship-Linked Deaths

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

PM Karki Says Work Underway to Appoint Academic Experts as University Chancellors

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Candlelight Vigil Held in Kathmandu to Honor Gen-Z Protest Martyrs

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Military Faction in Benin Announces Coup on National TV, Government Says Situation ‘Under Control’

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

Durga Prasai Warns of ‘People’s Revolt’ if Demands Are Not Met After Meeting PM Karki

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d