Harshit Nepal
Advertisement
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
आजको पत्रिका
No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle
No Result
View All Result
Harshit Nepal
No Result
View All Result

प्रभाकरका लागि खेलाडी चिन्ने अवसर


प्रभाकरका लागि खेलाडी चिन्ने अवसर

काठमाडौं । परिवर्तित प्रशिक्षण टिम र वर्षाका कारण अपर्याप्त तयारीका बीच नेपाल क्रिकेट टोली केन्यासँगको एकदिवशीय र ट्वेन्टी-२० शृंखलाका लागि आज (सोमबार) राति नैरोवी प्रस्थान गर्दैछ । नेपालले त्यहाँ पाँच टी-२० अन्तर्राष्ट्रिय र तीन एकदिवशीय खेलको शृंखला खेल्नेछ ।

आईसीसी विश्वकप लिग टूका बाँकी शृंखलामा राम्रो प्रदर्शन गरी एकदिवशीय मान्यता कायम राख्ने तथा टी-२० मा वरीयता सुधार गर्ने नेपाली क्रिकेटको अहिलेको प्राथमिक लक्ष्य हो । त्योभन्दा अगाडि केन्या भ्रमण चाहीं नवनियुक्त प्रशिक्षक मनोज प्रभाकरका लागि खेलाडी चिन्ने र टिमको क्षमता बुझ्ने उपयुक्त अवसर हो ।

सन् १९९० को दशकमा भारतीय क्रिकेटका सनसनी प्रभाकरले दुई साताअघि एक वर्षका लागि नेपाल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । साउन २८ मा काठमाडौं ओर्लिएका उनले नेपाल टिममा दुई दिनमात्र विशेष प्रशिक्षण गराउन पाएका छन् । नियमितको झरीले असर गरेपछि नेपाल टिमले जिम र इण्डोर हलमा समय विताएको थियो । शनिबार र आइतबार मात्र मैदानमा प्रशिक्षण भएको हो ।

थोरै समय प्रशिक्षणका बावजुत पनि प्रशिक्षक प्रभाकरले राम्रो तयारी भएको बताएका छन् र केन्या टुरबाट धेरै अपेक्षा राखेका छन् । ‘हामीले राम्रो प्रशिक्षण गरेका छौं । सबै युवा खेलाडीहरु प्रदर्शनका लागि तयार छन् । उनीहरुमा सिक्ने र त्यसलाई लागू गर्ने उत्साह छ,’ प्रभाकरले भने, ‘हामीसँग युवा कप्तान छन् । उनी जहिले पनि टिमका लागि नेतृत्व लिएर खेल्न तयार रहन्छन् । यो राम्रो लक्षण हो ।’

सन् २०१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक भएयता प्रभाकर एकदिवशीय मान्यताप्राप्त टिमको प्रमुख प्रशिक्षक बनेका छन् । टिमको ब्याटिङ सुधार्ने योजनामा आधारमा नेपाल क्रिकेट संघबाट नियुक्ति पाएका प्रभाकरले नेपाल आएको भोलिपल्टै ब्याटरहरुलाई लामो फम्र्याटको क्रिकेटमा अभ्यस्त गराउने प्रयास गर्ने बताएका थिए ।
राष्ट्रिय टिमका १६ जना क्रिकेटरलाई त्रिवि मैदानमा प्रशिक्षण गराउँदा प्रभाकरले सुरुमा सबैप्रति अनभिज्ञता जनाएका छन् । यसको अर्थ उनी टिमप्रति निरपेक्ष रहन प्रयासरत छन् । प्रशिक्षक प्रभाकरले एक एक गरी खेलाडीसँग उसको पोजिसनबारे जानकारी लिएर प्रशिक्षण गराएका थिए ।

सामान्यतः कुनै पनि देशमा प्रशिक्षकको जिम्मेवारी लिएकाहरु त्यहाँको टिमको इतिहास र वर्तमान खेलाडीहरुको पृष्ठभूमीबारे चासो राख्ने गर्छन् । प्रभाकरले खेलाडीप्रति पूर्ण अपरिचित रहेको देखाएर नेपाली टिममा पुनर्जीवनको प्रयास गरेका हुनसक्छन् । यसो हो भने केन्या भ्रमण उनका लागि सबैभन्दा उत्कृष्ट अवसर हुनसक्छ ।

केन्यामा एकदिवशीय र टी-२० खेलमा गरेको प्रदर्शनको आधारमा प्रभाकरले यही टोलीका खेलाडीलाई निरन्तरता दिनेछन् वा नयाँ खेलाडीको खोजी गर्नेछन् । खेलाडी नचिन्दा वा चिन्ने प्रयास नगर्दा प्रभाकरलाई खेलाडीकै क्षमताअनुसार उनीहरुको पोजिसन निर्धारण गर्ने अधिकार रहनेछ । छोटो प्रशिक्षणसत्रका दौरान उनले त्यस्तै तयारी गरेका छन् । उनले भनेकै छन्, ‘केन्या टुर हाम्रो लागि राम्रो अभ्यास खेल हुनेछ ।’

केन्या भ्रमणमा नेपाल टिमका नियमित ओपनर कुशल भुर्तेल छैनन् । प्रभाकरले टी-२० का लाग आशिफ शेखको ओपनिङ जोडीका रुपमा पवन सर्राफलाई प्रयोग गर्नेछन् । पछिल्लो दुई वर्षदेखि नियमित टिममा रहेका पवन मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । प्रशिक्षकको जिज्ञाशामा पवन आफैंले ओपनिङ गर्ने बताएका थिए ।

एकदिवशीयमा भने आशिफ र ज्ञानेन्द्र मल्लको जोडीलाई परीक्षण गरिनेछ । ६ महिनापछि टिममा फर्किएका पूर्वकप्तान ज्ञानेन्द्रको ब्याटिङ शैलीमा प्रभाकर प्रभावित छन् । सम्भवतः देव खनाल, दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलले क्रमसः तेस्रो, चौथो र पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् ।

नेपाली कप्तान सन्दीप लामिछानेले पनि नयाँ प्रशिक्षकमातहत केहि नयाँ प्रयोग हुने बताएका छन् । बिदाइ कार्यक्रममा उनले भनेका छन्, ‘प्रशिक्षकका लागि यो पहिलो शृंखला हुनेछ । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न उत्साहित छौं । हामी केही नयाँ प्रयोग गर्ने तयारीमा छौं । केही नयाँ खेलाडीसँगै पूराना खेलाडीको पनि पुनरागमन भएको छ ।’

आईसीसी क्रिकेट विश्वकप लिग टू मा लगातार तीन शृंखला खेलेको नेपाल टिम केन्या भ्रमणमा टी-२० खेलतर्फ लय लिने प्रयासमा हुनेछ । नेपालले पछिल्लो पटक गत फागुनमा ओमानमा टी-२० विश्वकप छनोट खेलेको थियो । तर निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल टी-२० विश्वकपमा छनोट हुन सकेन ।

त्यसपछि नेपालले लिग टु मा तीन वटा एकदिवशीय शृंखला खेलिसकेको छ । वैशाखमा नेपालले जिम्बावे ए टिम विरुद्ध घरेलु मैदानमा टी-२० शृंखला खेलेको थियो ।

नेपाल र केन्याबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय आउने बिहीबार नैरोबीस्थित जिमखाना क्लब ग्राउण्डमा हुनेछ । अगष्ट २५ देखि ३० सम्म पाँच खेलको टी-२० शृंखलापछि नेपालले केन्यासँग सेप्टेम्बर २, ३ र ५ मा तीन वटा एकदिवशीय खेल खेल्नेछ ।

वरीयता सुधारको आश

आईसीसी टी-२० वरीयतामा नेपाल अहिले १४औं स्थानमा छ । केही दिनअघि सार्वजनिक वरीयतामा नेपाल एक स्थान तल झरेको हो । कुनै समय टेष्ट राष्ट्रलाई हराएर विश्वकपमै सनसनी मच्चाएको केन्या भने पछिल्लो समय ओरालो लागेको अवस्थामा छ र हाल ३०औं स्थानमा छ ।

केन्यालाई हराएर नेपालले वरीयतामा सुधार गर्ने अपेक्षा राखेको छ । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले वरीयतामा सुधारका लागि केन्या भ्रमण महत्वपूर्ण रहने बताए । ‘नेपालमा वर्षातका बेला म्याच खेल्न नपाइरहेको अवस्थामा केन्या जाँदैछौं । पाँच टी-२० नेपालको लागि महत्वपूर्ण छ,’ सोमबार विदाई कार्यक्रममा अध्यक्ष चन्दले भने, ‘वरीयतामा हामी भन्दा तलको टिमलाई जित्दा धेरै अंक नपाएपनि यसले सहयोग पुग्नेछ ।’

यसैवर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुन नसकेको नेपालले २०२४ को टी-२० विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ । ‘कमसेकम २०२४ को विश्वकपका लागि अहिलेदेखि नै तयारी गर्नुपर्नेछ,’ चन्दले थपे ।

२०२४ मा हुने विश्वकपमा आयोजक वेष्ट इन्डिज र अमेरिकासहित अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपका शीर्ष ८ टिम सिधै छनोट हुनेछन् ।

आसन्न विश्वकपमा वेष्टइन्डिज शीर्ष ८ मा रहे वरीयताका आधारमा तीन उत्कृष्ट टिम सिधै छनोट हुनेछन् । वेष्ट इन्डिज शीर्ष ८ मा नपरेमा अन्य २ टिम मात्र हुनेछ । नोभेम्बरअघि नेपाल लगायत अन्य एशोसिएट राष्ट्रहरुको खेलले पनि वरीयतामा प्रभाव पार्नेछ ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on X (Opens in new window) X

Like this:

Like Loading...

Related

हर्षित नेपाल

हर्षित नेपाल

Next Post
केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन

केन्या भ्रमणका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा, ज्ञानेन्द्र मल्लको पुनरागमन

७७ वर्षपछिको हिरोसिमा र नागासाकी

७७ वर्षपछिको हिरोसिमा र नागासाकी

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

भित्री वस्त्र लगाएर सुत्दा क्यान्सर हुँदैन

Leave a ReplyCancel reply

लोकप्रिय

एमालेको विरोध गर्न नसक्‍ने स्थितिमा उपेन्द्र, हारतर्फ अग्रसर

Upendra Yadav expresses gratitude to voters after defeat

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Indian PM Narendra Modi Congratulates Nepal on Successful Elections

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Home Minister confident that the next government will fulfill the demands raised by the Genji movement

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Rastriya Swatantra Party Dominates Early Results as Vote Counting Continues Across Nepal

Oli said – Congratulations, Balen Babu!

Oli said – Congratulations, Balen Babu!

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Oli defeated by over 49,000 votes, Balen’s unprecedented victory in Jhapa-5

Middle East war: Tensions escalate further

Khamenei’s body to be laid to rest in Tehran’s Grand Mosque

Middle East war: Tensions escalate further

Middle East war: Tensions escalate further

हर्षित नेपाल पत्रिका द्धारा सञ्चालित हर्षित नेपाल डटकम अनलाईन
www.harshitnepal.com
कपिलवस्तु-०२, कपिलवस्तु । लुम्बिनी प्रदेश
+९७७-०७६-५६१६४०
harshitnepal445@gmail.com

बिशेष सहयोगी

राजा अधिकारी
+९७७-९८४७३४४०४८
अजय बिश्वकर्मा
+९७७-९८०४७०६१४८
धिरज महतो
रमेश साह
+९७७-९८४७३४४०२५

हाम्रो टिम

  • संचालक : शिव राज अधिकारी
  • +९७७-९८०७७४०४००
  • सम्वाददाता : अर्जुन श्रेष्ठ
  • सम्वाददाता : विमला अधिकारी
  • सम्वाददाता : विवेक विन्द्रा

बजार व्यवस्थापक

व्यवस्थापक : सपना धामी
कम्प्युटर अपरेटर : लडु श्रीवास्तव
मुद्रण : कालिका अफसैट प्रेस कपिलवस्तु

सोसियल मिडियामा

Facebook Twitter YouTube instagram

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

No Result
View All Result
  • NEPAL NEWS
  • Politics
  • WORLD NEWS
  • Business
  • Opinion
  • Entertainment
  • Sports
  • Health
  • Education
  • Lifestyle

© 2022 - All Rights Reserved to . Harshitnepal.com || Website by : Nitra Host.

%d